default_image

अन्तर्राष्ट्रिय

August 29, 2022

केनको दुई गोलमा टोटेनहमो जित

एजेन्सी – फरवार्ड ह्यारी केनको दुई गोल मद्दतमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । टोटेनहमले घरेलु टोली नटिङघम फरेस्टलाई २–० ले पराजित गरेको हो । दि सिटी ग्राउन्ड नटिङघममा आइतबार राति भएको खेलको पाँचौं मिनेटमा केनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिन सफल भयो । उनले डिजान कुलुसेभ्स्कीको पासमा गोल गर्न सफल […]

August 29, 2022

नेयमारको गोलमा पिएसजी हारबाट जोगियो

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार जुनियरको पेनाल्टी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा हारबाट जोगिएको छ । पिएसजीले घरेलु मैदानमा मोनाकोसँग १–१ गोलको बराबरी खेलेको हो । मोनाकोका केभिन भोलान्डले गोल गरेका थिए । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको २०औं मिनेटमा केभिन भोलान्डको गोलबाट पिएसजी खेलमा पछि परेको थियो । उनले […]

August 29, 2022

बार्सिलोनाको सानदार जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा रियल भालाडोलिडमाथि ४–० को फराकिलो जित आत्मसात गरेको हो । बार्सिलोनाको सहज जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा पेड्रो र सर्जी रोबर्टाेले समान एक गोल गरे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएका […]

August 29, 2022

बेन्जेमा र भिनिको गोलमा रियल म्याड्रिडको जित

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र ब्राजिली विंगर भिनिसियस जुनियरको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ । रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली स्पान्योलमाथि ३–१ को सहज जित निकालेको हो । रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा भिनिले एक गोल गरे । स्पान्योलका जोसेलुले एक गोल फर्काए । आरसीडिइ […]

August 28, 2022

डर्टमुन्डको जित

एजेन्सी – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा जित निकालेको छ । डर्टमुन्डले घरेलु टोली हर्था बर्लिनमाथि १–० को झिनो जित निकालेको हो । डर्टमुन्डको जितमा पहिलो हाफमा एन्थोनी मोडेस्टेले गरेको गोल नै निर्णायक बन्यो । उनले ३२औं मिनेटमा सली ओजानको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोलमा डर्टमुन्डले […]

August 28, 2022

मिलानको जित, अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा साविक विजेता एसी मिलानले जित निकाल्दा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकिएको छ । मिलानले घरेलु मैदानमा बोलोग्नालाई २–० ले पराजित गरेको हो । मिलानको जितमा राफयल लियो र ओलिभर जिरुडले गोल गरे । मिलानोमा शनिबार राति भएको खेलको २१औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले सुरुवाती अग्रता लिदा […]

August 28, 2022

सानेको गोलमा बायर्न हारबाट जोगियो

एजेन्सी – स्वीस गोलरक्षक यान सोमेरको जर्मन बुन्डेसलिगाको इतिहासमै कीर्तिमानी १९ बचाउँ गरेपछि साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको छ । बायर्न घरेलु मैदानमा बोरुसिया बोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरीमा रोकिएको हो । लगातार पोस्ट आक्रमण बुनिरहेको बायर्नका लागि अन्तत लिरोए सानेले गोल गर्दै टोलीलाई हारबाट जोगाउन सफल भए । एलिएन्ज एरिना […]

August 28, 2022

आर्सनलको लगातार चौथो जित

एजेन्सी – उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेको लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो जित निकालेको छ । फुलहमसँग पछि परेको स्थिति उल्ट्याएर आर्सनलले २–१ को जित निकाल्दै लगातार चौथो जित आत्मसात गरेको हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्ड र गाब्रियलले गोल गरे । फुलहमका एलेक्सान्डर […]

August 27, 2022

चेल्सीको जितमा स्टर्लिङको दुई गोल

एजेन्सी – इंग्लिस विंगर फरवार्ड रहिम स्टर्लिङको दुई गोलमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको चेल्सीले लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए । स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको २८औं मिनेटमा घरेलु टोली चेल्सी १० खेलाडीमा […]

August 27, 2022

हालान्डको ह्याट्रिकमा सिटीको सानदार पूनरागमन जित

एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार पूनरागमन जित दर्ता गरेको छ । सिटीले घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्ट्याएर क्रिस्टल प्यालेसमाथि ४–२ को जित निकालेको हो । एक गोल बर्नाडो सिल्भाको नाममा रह्यो । क्रिस्टल प्यालेसका जोआचिम एन्डरसनको गोल सान्त्वना बन्यो । प्यालेसले […]

Success

Thank you for your time.