default_image

अन्तर्राष्ट्रिय

April 6, 2022

चेल्सी र रियल म्याड्रिड भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा साविकको विजेता इंग्लिस क्लब चेल्सीले घरेलु मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडको आतिथ्यता गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुने छ । घरेलु मैदानमा हुने पहिलो लेगको खेलमा साविक विजेता चेल्सी रियललाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चहान्छ । पछिल्लो खेलमा ब्रेन्टफर्डसँग ४–१ […]

April 6, 2022

म्यानचेस्टर सिटीले एट्लेटिको म्याड्रिडलाई हरायो

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा जित निकालेको छ । सिटीले घरेलु मैदानमा स्पेनिस प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गरेको हो । पहिलो लेगमा सिटीको जितमा बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७०औं मिनेटमा फिल फोडेनको पासमा गोल गर्न सफल […]

April 6, 2022

लिभरपुलको सहज जित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित हात पारेको छ । लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकामाथि ३–१ को अवे जित निकालेको हो । लिसवोआ पोर्चुगलमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा इब्राहिमा कोनाट, साडियो माने र लुइस डियाजले गोल गरे । घरेलु टोली बेन्फिकाका डार्विन नुनेजले एक गोल फर्काए । […]

April 5, 2022

मछिन्द्रविरुद्ध ब्लु स्टारलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाको ब्लु स्टार एससीले एएफसी कप छनोटको प्रारम्भिक चरणमा नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको पहिलो हाफमा मोहमेद इसान र सेनाल सन्देशले गोल गरेपछि घरेलु टोली मछिन्द्रविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको हो । नवौं मिनेटमा ओमोलाजा नुरेन […]

April 5, 2022

शीर्षस्थानको मिलान रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान बराबरीमा रोकिएको छ । मिलान घरेलु मैदानमा बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान मिलानोमा सोमबार राति भएको खेलमा मिलानले पाहुना टोलीलाई दवावमा राखेपनि गोल गर्न चुक्दा बराबरीमा रोकिन बाध्य बन्यो । बोलोग्नाले पनि केही मौका गुमाउँदा जित निकाल्न सकेन । यो बरारबीसँगै शीर्षस्थानमा […]

April 5, 2022

आर्सनलको लज्जास्पद हार

एजेन्सी – शीर्ष चारको दौडमा रहेको लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । आर्सनल घरेलु टोली क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो । आर्सनलको लज्जास्पद हारमा जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो । सेलह्रस्ट पार्क […]

April 4, 2022

टोटेनहमको सानदार पूनरागमन जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर टोटेनहमले न्युक्यासलमाथि ५–१ को सानदार जित निकालेको हो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा बेन डेभिस, म्याट दोहर्थी, ह्युङ मिन सन, इमर्सन रोयल र स्टेभन वर्गवाइनले गोल गरे । […]

April 4, 2022

इन्टर मिलानसँग युभेन्ट्सको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले घरेलु मैदानमा इन्टर मिलानसँग हार बेहोरेको छ । इन्टरले युभेन्ट्सलाई १–० ले पराजित गरेको हो । एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको खेलमा युभेन्ट्सलाई हराउन पहिलो हाफमा हकान चलहानो ग्लुको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै […]

April 4, 2022

सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – सेभियामाथि साँघुरो जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले घरेलु मैदानमा १–० को जित निकालेको हो । घरेलु मैदान क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाको महत्वपूणए जितमा दोस्रो हाफमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो । उनले ७२औं मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा […]

April 4, 2022

एमबाप्पे चम्कदा पिएसजीको सानदार जित

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै ह्याट्रिक असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । पिएसजीले घरेलु मैदानमा लोरिएन्टलाई ५–१ ले पराजित गरेको हो । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पिएसजीको फराकिलो जितमा नेयमार र एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे । लोरिएन्टका […]

Success

Thank you for your time.