default_image

अन्तर्राष्ट्रिय

April 3, 2022

चेल्सीको लज्जास्पद हार, म्यानचेस्टर रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले लज्जास्पद हार बेहोर्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु मैदानमा अग्रता लिनका बावजुत ब्रेन्टफर्डसँग ४–१ को लज्जास्पद हार बेहोरेको हो । स्टाफफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीलाई लज्जास्पद हार चखाउन भिटाली जानेल्टले दुई तथा क्रिस्टियन एरिक्सल र योएनी विसाले गोल गरे । चेल्सीका एन्टोनियो […]

April 3, 2022

म्यानचेस्टर सिटी र लिभरपुलको सहज जित

एजेन्सी – शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ । शीर्षस्थानको सिटीले बर्नलेलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । टर्फ मुरमा शनिबार राति भएको खेलमा सिटीको जितमा केभिन डि ब्रुएन र इल्केए गुन्डोगानले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको पाँचौ मिनेटमा […]

April 3, 2022

बेन्जेमाको दुई गोलमा रियल म्याड्रिडको जित

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोलमा शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा जित निकालेको छ । रियलले सेल्टा डि भिगोलाई उसकै मैदानमा २–१ को जित निकालेको हो । एवान्का वालाइडोस भिगो स्पेनमा शनिबार राति भएको खेलमा घरेलु टोलीका नोलिटोले एक गोल फर्काए । खेलको १९औं मिनेटमा बेन्जेमाको पेनालटी गोलबाट रियलले सुरुवाती अग्रता […]

April 1, 2022

स्पेन र जर्मनी विश्वकपको एकै समूहमा

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह चरणमा पूर्व विश्वकप विजेता स्पेन र जर्मनी एकै समूहमा परेका छन् । कतारमा आज आयोजित ड्र समारोहमा स्पेन र जर्मनी दुवै समूह ई मा परेका हुन् । आयोजक कतार, नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर एकै समूहमा परेका छन् । त्यस्तै इंग्ल्यान्डले अमेरिका, इरान र युरोपेली प्लेअफको विजेतासँग खेल्नेछ […]

April 1, 2022

फिफा विश्वकपको ‘ड्र’ आज

एजेन्सी – यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) अनुसार विश्वकपको ‘ड्र’ आयोजक राष्ट्र कतारको दोहामा स्थानिय समयअनुसार ४ बजेपछि हुनेछ । कतार विश्वकपको लागि हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट भइसकेका छन् । छनोट हुनेमा कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, […]

April 1, 2022

कतार विश्वकपमा कुन महादेशबाट कुन राष्ट्र

एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्ष विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ हुदैछ । विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुदैछ । विश्वकप फुटबलको इतिहासमा पहिलोपटक खेलहरु विन्टर सिजनमा हुन लागेको हो । यसअघि हरेक चार वर्षको अन्तरमा समरमा हुँदै आएको थियो । विश्वकप नजिकिदै गर्दा विश्वकप छनोटका खेल पनि सकिदैछ […]

March 31, 2022

महिला फुटबलमा कीर्तिमानी दर्शक

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब रियल म्याड्रिडको महिला टिमबीचको च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग ‘एल क्लासिको’ लाई कीर्तिमानी दर्शक संख्याले हेरेका छन् । बुधबार राति क्याम्प नोउमा भएको खेललाई ९१ हजार ५ सय ५३ दर्शकले प्रत्यक्ष रंगशालामा हेरेका थिए । यो महिला फुटबल इतिहासमै सबैभन्दा बढी दर्शक हो । यसअघि सन् १९९९ […]

March 31, 2022

फिफा विश्वकप कतारमा प्रयोग हुने अफिसियल बल सार्वजनिक

एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुने विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ । यसपटकको विश्वकपमा खेलकुदको सामग्री उत्पादन गर्ने कम्पनी एडिडासको उत्पादन गरेको ‘अल रिल्हा’ नामक बलको प्रयोग हुने भएको हो । बलमा प्रयोग गरिएको ‘अल रिल्हा’ को अरबीमा ‘दि जर्नी’ र यसको […]

March 30, 2022

इजिप्टलाई हराउँदै सेनेगल विश्वकपमा छनोट

एजेन्सी – टाइब्रेकरमा इजिप्टलाई हराउँदै सेनेगल कतारमा हुने फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । सेनेगलले इजिप्टलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै अफ्रिका महादेशबाट विश्वकपमा स्थान पक्का गरेको हो । मंगलबार राति भएको छनोटको फाइनल चरणको प्ले अफको पहिलो लेगमा १–० ले पराजित भएको सेनेगलले दोस्रो लेगमा १–० को जित निकाल्दै छनोट हुने […]

March 30, 2022

कोलम्विया विश्वकप छनोटबाट बाहिरियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटको आफ्नो अन्तिम खेलमा जित निकालेपनि कोलम्विया विश्वकप छनोटबाटै बाहिरिएको छ । छनोटको अन्तिम खेलमा भेनेजुएलालाई १–० ले हराएपनि कोलम्विया विश्वकपमा छनोट हुन नसकेको हो । कोलम्वियालाई विश्वकपमा छनोट हुनको लागि आफुले सफलता हात पार्ने र पेरुले हार भोग्नुपर्ने समिकरण थियो । तर, आफुले सफलता हात […]

Success

Thank you for your time.