default_image

अन्तर्राष्ट्रिय

December 9, 2020

अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्‍याएका प्रशिक्षक सावेलाको निधन

एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाका पुर्व खेलाडी तथा पुर्व प्रशिक्षक एलेजान्द्रो सावेलाको निधन भएको छ । आफ्नो सहकर्माी डिएगो म्याराडोनाको निधन भएको दुई साता नबित्दै सावेलाको ६६ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको बुझिएपनि यसबारे आधिकारिक तथ्य बाहिर आएको छैन । म्याराडोना र सावेलाले १९८० को दशकमा अर्जेन्टिनाको टोलीबाट सँगै खेलेका थिए । मिडफिल्डर […]

December 9, 2020

रोनाल्डो भन्छन् – ‘मेस्सी मेरो दुश्मन होइनन्’

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार बार्सिलोनालाई पराजित गरेपछि लिओनेल मेस्सीसँगको सम्बन्धबारे बोलेका छन् । विश्व फुटबलमा पछिल्लो एक दशक आधिपत्य जमाएका यी दुईबीच २ वर्षपछि भएको प्रतिस्पर्धामा रोनाल्डोको युभेन्टस ३-० ले विजयी रहयो । रोनाल्डोले दुवै हाफमा १-१ पेनाल्टी गोल गर्दै जितको आधार तय गरे । बार्सिलोनाका […]

December 9, 2020

चेल्सी रोकियो, सेभिया विजयी

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा समूह ‘ई’ बाट नकआउट चरणमा स्थन सुरक्षित गरिसकेको लन्डन क्लब चेल्सी रसियन क्लब क्रास्नाडोरसँग बराबरीमा रोकिदा स्पेनिस क्लब सेभियाले सहज जित निकालेको छ । यो समूहबाट चेल्सीले ६ खेलबाट १४ अंक जोड्यो । सेभियाले १३ अंक तथा क्रास्नोडरले ५ अंक जोड्दै युरोपा लिगको प्ले अफलाई स्थान पक्का गर्दा रेनेस १ […]

December 9, 2020

बोरुसिया डर्टमुन्ड समूह विजेता

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्ड समूह विजेताको रुपमा युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । मंगलबार राति रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गमाथि २–१ को पूनरागमन जित निकाल्दै डर्टमुन्ड समूह ‘एफ’ को विजेता बनेको हो । यो समूहबाट इटालियन क्लब लाजियाले पनि समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ […]

December 9, 2020

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग बाहिर

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा जर्मन क्लब आरबी लाइप्जिगसँग ३–२ ले पराजित भएसँगै युनाइटेड समूह चरणबाटै बाहिरिएको हो । यो समुह ‘एच’ बाट लाइप्जिगसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी ले नकआउट चरणमा स्थान पक्का गर्दा युनाइटेड युरोपा लिगमा खुम्चिएको छ । […]

December 9, 2020

बार्सिलोनाविरुद्ध युभेन्टसलाई अग्रता

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जी को खेलमा इटालियन च्याम्पियन युभेन्टसले बार्सिलोनाविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । खेलको १३ औं मिनेटमा फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । रोनाल्डोलाई नै पेनाल्टी क्षेत्रभित्र रोनाल्ड अरौजोले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । २० औं मिनेटमा युभेन्टसले अमेरिकी […]

December 9, 2020

पिएसजी र इस्तानबुलले १५ मिनेटमै खेल छाडे

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र टर्कीको इस्तानबुल बासाकसेइरले पहिलो हाफको १५ मिनेटमा नै मैदान छाडेका छन् । खेलको १५ औं मिनेटमा सहायक रेफ्रीले इस्तानबुलको बेन्चतर्फ इंगित गर्दै मुख्य रेफ्रीलाई कार्ड दिनका लागि संकेत गरेका थिए । त्यसो गर्ने क्रममा उनले रंगभेदी टिप्पणी गरेको आरोप इस्तानबुलका […]

December 8, 2020

डर्टमुन्डलाई समूह विजेता बन्ने मौका

एजेन्सी – युइएएफ च्याम्पियन्स लिगमा समूह ‘एफ’ बाट जर्मन क्लब बोरुसिया डर्टमुन्डले नकआउट चरणमा स्थान बनाइसक्दा इटालियन क्लब लाजियो र बेल्जियन क्लब ब्रगमध्ये एक टोली अर्काे चरणमा प्रवेश गर्नेछ । मंगलबार राति रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गले घरेलु मैदानमा बोरुसिया डर्टमुन्डको आतिथ्यता गर्दा लाजियो र क्लब ब्रगबीच आज राति नै प्रतिस्पर्धा हुदैछ । दुवै खेल […]

December 8, 2020

मेस्सी विरुद्ध रोनाल्डो : यस्तो छ इतिहास

एजेन्सी – विश्व फुटबलमा हालसम्मकै ठूलो व्यक्तिगत प्रतिस्पर्धाका रूपमा लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई लिन सकिन्छ । यी दुई झन्डै २ वर्षपछि आमनेसामने हुँदैछन् । पछिल्लो एक दशक विश्व फुटबलमा व्यक्तिगत कीर्तिमान र सफलताको वर्षा नै गराएका दुई खेलाडीबीच च्याम्पियन्स लिगमा भेट हुन लागेको हो । युभेन्टसले बार्सिलोनाको घरेलु मैदानमा खेल्दा रोनाल्डो र मेस्सीबीचको प्रतिसपर्धाले […]

December 8, 2020

अपराजित रहने चेल्सीको लक्ष्य

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले आज राति समूह चरणको अन्तिम खेलमा रसियन क्लब क्रास्नोडरसँग प्रतिस्पर्धा गर्दैछ । खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा क्रास्नोडरविरुद्ध मैदान उत्रदा चेल्सी समूहमा अपराजित रहने लक्ष्यसहित मैदान उत्रनेछ । समूह ‘ई’ बाट चेल्सी ५ खेलमा ४ जित र […]

Success

Thank you for your time.