default_image

अन्तर्राष्ट्रिय

December 8, 2020

म्याक्सवेल र वेड चम्कँदा भारतलाई बलियो लक्ष्य

एजेन्सी – ओपनर म्याथ्यु वेड र आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेलको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि२० खेलमा भारतलाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ । सिड्नीमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन ओपनर म्याथ्यु वेडले ५३ बलमा […]

December 8, 2020

नकआउट चरण पुग्न युनाइटेड र लाइप्जिग खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको निकै नै महत्वपुर्ण खेलमा आज राति जर्मन क्लब आरबी लाइप्जिग र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुदैछ । खेल रेडबुल एरिना लाइप्जिगमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । समूह ‘एच’ मा शीर्षस्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई बराबरी नै अघिल्लो चरण प्रवेश गर्न पर्याप्त हुनेछ । पीएसजी पराजित भएको अवस्थामा युनाइटेड […]

December 8, 2020

पीएसजीलाई इस्तानबुलको चुनौती

एजेन्सी – यूईएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा टर्किस क्लब इस्तानबुल बेसाकसेहिरसँग प्रतिस्पर्धा गर्दैछ । खेल पार्क दि प्रिन्सेस पेरिसमा राति १ः४५ बजे हुनेछ । इस्तानबुलमाथि सहज जित निकाल्दै साविकको उपविजेता समेत रहेको पीएसजी नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । समूहमा दोस्रो स्थानमा […]

December 8, 2020

अष्ट्रेलियाविरुद्ध भारतले पहिला बलिङ गर्ने

एजेन्सी – भारतले अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम टि२० आई खेलमा पहिला बलिङ गर्ने भएको छ । सिड्नी क्रिकेट मैदानमा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन । यता अष्ट्रेलिया कप्तान अरोन फिन्च टोलीमा फर्किएका छन् । फिन्च फर्किदा अलराउन्डर मार्कस स्टोइनिस बेन्चमा बसेका […]

December 8, 2020

बार्सिलोना र युभेन्ट्स भिड्दै

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा इटालियन च्याम्पियन युभेन्ट्सको आतिथ्यता गर्दैछ । खेल नोउक्याम्पमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । यो खेललाई आधुनिक फुटबलका दुई हस्ती लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको छ । अघिल्लो महिना नै रोनाल्डो र मेस्सीबीच प्रतिस्पर्धा हुने […]

December 8, 2020

अष्ट्रेलियामाथि भारतलाई क्लिनस्विपको अवसर

एजेन्सी – अष्ट्रेलियासँगको तीन टि२० आई सिरिजमा पाहुना टोली भारतलाई क्लिनस्विपको अवसर छ । तीन टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा ११ रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै भारतले टि२० सिरिज एक खेल अगावै जितिसकेको छ । तेस्रो खेल आज सिड्नीमा हुँदै छ । खेल नेपाली समय अनुसार १ : ५५ पछि सुरु […]

December 8, 2020

भ्यालेन्सिया बराबरीमा रोकियो

एजेन्सी – घरेलु मैदानमा एइवरका गोलरक्षक मार्काे डिमिट्रोभले उच्च प्रदर्शन गरेपछि स्पेनिस ला लिगामा भ्यालेन्सिया गोलरहित बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा बल पोसेसनमा घरेलु टोलीले नै पकड बनाएपनि गोलको उल्लेख्य मुभ बनाउन सकेको थिएन । खेलको पहिलो मिनेटमा नै गोन्कालो डुइडेजको प्रहारलाई एइवरका गोलरक्षक मार्काे डिमिट्रोभले बचाएका थिए । २४औं मिनेटमा घरेलु […]

December 8, 2020

पूनरागमन जितसँगै साउथह्याम्टन पाँचौ स्थानमा उक्लियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले ब्राइटनमाथि पूनरागमन जित हात पारेको छ । साउथह्याम्टनले ब्राइटनलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेर इस्ट सससेक्समा सोमबार राति भएको खेलमा साउथह्याम्टनको जितमा जान्निक भेस्टरगाआर्ड र ड्यानी इंग्सले गोल गरे । घरेलु टोलीका लागि पास्कल ग्रसले गरेको गोल सान्त्वना बन्यो । […]

December 7, 2020

फिफा विश्वकप २०२२ को छनोट समूह सार्वजनिक

एजेन्सी – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप २०२२ का लागि युरोपेली राष्ट्रहरुको छनोटको समूह सार्वजनिक भएको छ । सोमबार भएको ड्र समारोहमा युरोपका ५५ राष्ट्र १० समूहमा विभाजित भएका हुन् । समूह ए मा पोर्चुगल, सर्बिया, आयरल्यान्ड गणतन्त्र, लक्जेमबर्ग र अजरबैजान छन् । समूह बी मा सन् २०१० को विजेता स्पेनसँगै स्विडेन, ग्रिस, […]

December 7, 2020

मेस्सी र रोनाल्डो भिड्दै

एजेन्सी – पछिल्लो एक दशक विश्व फुटबलमा बेग्लै पहिचान बनाउन सफल सुपरस्टारद्वय लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा आमनेसामने हुँदैछन् । युभेन्टसले बार्सिलोनाको आतिथ्यता गर्दा यी दुई खेलाडी क्लब फुटबलमा सम्भवत अन्तिम पटक आमनेसामने हुनेछन् । सन् २००८ देखि २०१७ सम्म ब्यालोन डी’ओर उपाधि एकआपसमा जितेका यी दुई रोनाल्डो युभेन्टस नपुग्दासम्म स्पेनिस लिगमा नै […]

Success

Thank you for your time.