default_image

अन्तर्राष्ट्रिय

November 9, 2020

दिल्लीलाई फाइनलमा पुर्याएका चार नायक

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएको छ । आइतबार राती सम्पन्न दोस्रो क्वालिफायरमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको हो । सन् २००८ देखि नियमित आइपिएलमा सहभागिता जनाउँदै आएपनि दिल्लीले यसअघि क्वालिफायर र सेमिफाइनल सम्म मात्रै स्थान […]

November 9, 2020

दिल्लीको ऐतिहासिक जितको पाँच टर्निङ प्वाइन्ट

एजेन्सी – दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई दोस्रो क्वालिफायरमा १७ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो पटक फाइनलमा स्थान बनाएको छ । दिल्लीले मुम्बई इन्डियन्ससँग मंगलबार फाइनलमा उपाधिको दुबई इन्टनेशनल क्रिकेट स्टेडियममा खेल्ने छ । जितका लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ […]

November 9, 2020

लेस्टर प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

एजेन्सी – वल्भ्समाथि संघर्षपुर्ण जित निकाल्दै लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लेस्टर सिटीले वल्भ्सलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । शीर्षस्थानमा रहेको लेस्टर सिटीको ८ खेलबाट ६ जितसहित १८ अंक छ । समान खेलबाट टोटेनहम हस्टपर र लिभरपुल १७ अंक जोडेर दोस्रो र […]

November 9, 2020

इब्राहिमोभिचले मिलानलाई हारबाट जोगाए

एजेन्सी – इन्ज्युरी समयमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले गोल गरेपछि शीर्षस्थानमा रहेको एसी मिलान इटालियन सिरी ‘ए’ मा हेलास भेरोनासँगको हारबाट जोगिएको छ । २–० ले पछि परेको स्थितिमा मिलानले भेरोनासँग २–२ गोलको बराबरी खेलेको हो । मिलानो इटालीमा आइतबार राति भएको खेलमा घरेलु टोली मिलान खेलको छैटौ मिनेटमा एन्टोनिन बाराकको गोलमा पछि परेको थियो […]

November 9, 2020

ब्रुयन पेनाल्टीमा चुक्दा सिटी रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको निकै नै महत्वपुर्ण खेलमा केभिन डि ब्रुयन पेनाल्टीमा चुक्दा म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ । सिटी र लिभरपुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिभरपुलका मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दा सिटीको ब्राजिली फरवार्ड गाब्रियल जेससले बराबरी गोल फर्काएका थिए । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुलले […]

November 9, 2020

वाट्किन्स चम्कदा आर्सनलको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आर्सनल घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित भएको छ । एस्टन भिल्लाले आर्सनललाई ३–० ले हराएको हो । इमिरेट्स स्टेडियममा भिल्लाको जितमा ओली वाट्किन्सले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । आइतबार राति भएको खेलको पहिलो मिनेटमा नै जोन म्याक्जिनले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा एस्टन भिल्ला अग्रता लिनबाट […]

November 9, 2020

रियल म्याड्रिडको लज्जास्पद हार

एजेन्सी – स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिडले भ्यालेन्सियासँग लज्जास्पद हार बेहोरेको छ । कार्लाेस सोलेरले पेनाल्टीमार्फत ह्याट्रिक पुरा गरेपछि रियलले भ्यालेन्सियासँग ४–१ को लज्जास्पद हार बेहोरेको हो । भ्यालेन्सियाले थप एक गोल उपहार पाएको थियो । करिम बेन्जेमाको गोल सान्त्वना बन्यो । ला लिगामा म्याड्रिडको यो दोस्रो हार हो । म्याड्रिड यसअघि क्याडिजसँग […]

November 8, 2020

दिल्ली पहिलो पटक आइपिएलको फाइनलमा

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । आइतबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास रचेको हो । दिल्लीले उपाधिको लागि फाइनलमा मंगलबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । जितका लागि १ सय ९० रनको […]

November 8, 2020

धवन चम्कँदा दिल्लीको बलियो योगफल

एजेन्सी – ओपनर शिखर धवन र मध्यक्रमका ब्याट्सम्यान शिम्रन हेटमायरको उच्च प्रर्दशनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १ सय ९० रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८९ रन बनायो । दिल्लीका ओपनर […]

November 8, 2020

पाकिस्तानलाई एक खेल अगावै सिरिज

एजेन्सी – पाकिस्तानले जिम्बावेसँगको तीन टि२० आई खेलको सिरिज एक खेल अगावै २–० ले जितेको छ । आइतबार साँझ पाकिस्तानले दोस्रो टि२० खेलमा जिम्बावेलाई ८ विकेटले हराउँदै सिरिज जितेको हो । जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १५.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा युवा ब्याट्सम्यान हैदर अली […]

Success

Thank you for your time.