default_image

अन्तर्राष्ट्रिय

November 16, 2025

नेपाल नेत्रहीन महिला टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेर अमेरिकालाई १० विकेटले हराएसँगै भारतमा जारी नेत्रहीन महिला टि ट्वान्टी क्रिकेट को सेमिफाइनलमा पुगेको छ। नेपालले आजअमेरिकालाई ९.४ ओभरमा १७ रनमा अलआउट गर्‍यो। नेपालका लागि दिलसरा धमलाले ३ र सरिता घिमिरेले १ विकेट लिइन् । १८ रनको लक्ष्य नेपालले झनै ४ बलमा पूरा गरेको थियो। दिलसराले नटआउट […]

November 16, 2025

ब्राजिलको जित

एजेन्सी – मैत्रीपूर्ण खेलमा ब्राजिलले सेनेगललाई २-० ले पराजित गरेको छ। शनिवार लण्डनको एमिरेट्स स्टेडियममा भएको खेलमा दुवै गोल पहिलो हाफमै भएको थियो। ब्राजिलका लागि पहिलो गोल २८औँ मिनेटमा एस्टेवाओले गरे। कासेमिरोको पास डिफ्लेक्ट भएर एस्टेवाओको अगाडि पुगेको थियो । जसलाई उनले गोल‌मा परिणत गरे। त्यसको ७ मिनेटपछि कासेमिरो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। […]

November 15, 2025

नामिबियाका स्मिथ लुम्बिनी लायन्समा

काठमाडौ (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको लागि नामिबियाका अलराउन्डर जेजे (जोहानेस जोनाधान) स्मिथलाई अनुबन्ध गरेको छ । लुम्बिनीले यो सिजनका लागि अनुबन्ध गरेको स्मिथ पाँचौ विदेशी खेलाडी हुन्। लुम्बिनीले यसअघि अष्ट्रेलियाका ब्याटर डार्शी सर्द, इटलीका पेस बलर थोमस ड्राका, अफगानिस्तानका अलराउण्डर गुल्बादिन नहब र नामिवियाके बलर रुबेन ट्रम्पलम्यानलाई अनुबन्ध गरेको‌ […]

November 15, 2025

क्रोएसियाको विश्वकपमा छनोट

एजेन्सी – क्रोएसियाले शुक्रवार फारो आइसल्यान्ड्सलाई ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ का लागि स्थान पक्का गरेको छ। खेलमा पछि परेको क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो। रियेकामा भएको खेलको १६ औं मिनेटमा गेझा डेविड टुरीको गोलमा फारोले अग्रता लियो। तर २३ औं मिनेटमा जोस्को ग्भार्डिओलले गोल गर्दै खेल बराबरीमा ल्याए। ५७ औं […]

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

November 13, 2025

रोहितको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको‌ मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको‌ ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

Success

Thank you for your time.