default_image

अन्तर्राष्ट्रिय

November 13, 2025

जोर्डन कपमा इत्तिहादको जित- प्रीतिको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका‌ लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]

November 13, 2025

नेपाल र बंगलादेश खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]

November 12, 2025

लिग ‘टु’ को संघर्ष : विश्वकप सपना र ओडिआई मान्यता नै जोखिममा

मुकेश सिंह थापा पछिल्ला केही वर्षमा नेपाली क्रिकेटले विश्व क्रिकेटमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) मैदानमा खचाखच भरिने दर्शक, देशभर फैलिएको क्रिकेटप्रतिको उत्साह, र सन्दीप लामिछानेजस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडीको उदयले नेपाली क्रिकेटलाई प्रेरणादायी यात्रामा अघि बढाएको छ। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको सफलता, सरकारी बजेट विनियोजनमा उल्लेखनीय वृद्धि […]

November 12, 2025

इडब्लुभी सुरु हुँदै, आज २ खेल

काठमाडौं (हाम्रो खेलकुद)- जन जी आन्दोलनका स्थगित एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को बाँकी खेल आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज दुई खेल हुनेछन्। कर्णाली यशविसले र मधेश युनाइटेडबीच पहिलो खेल हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुने बताइएको छ । त्यस्तै साँझ ५ बजे सुरु हुने खेलमा शीर्ष स्थानको ललितपुर […]

November 10, 2025

बार्सिलोनाको जितमा लेवान्डोव्स्कीको ह्याट्रिक

एजेन्सी – बार्सिलोनाले आइतवार सेल्टा भिगोमाथि ४-२ को रोमाञ्चक जित निकाल्दै ला लिगामा शीर्ष स्थानमा रहेको रियल माड्रिडसँगको दूरी ३ अंकमा झारेको छ। यो खेलमा रोबर्ट लेवान्डोव्स्कीले ह्याट्रिक गर्दै बार्सिलोनालाई शानदार जित दिलाए। रियल र रायो भालेसानोको खेल बराबरीमा सकिएपछि बार्सिलोनाले जित निकाल्दै शीर्ष स्थान नजिक पुगेको हो। खेलको १०औं मिनेटमा मारकोस अलोन्सोको ह्यान्डबलपछि बार्सिलोनाले […]

November 10, 2025

पिएसजीको कठिन जित

एजेन्सी – जाओ नेभेसले खेलको इन्जुरी समयमा गोल गरेपछि आइतवार पेरिस सेन्ट–जर्मेन (पिएसजी ) ले लियोनलाई ३-२ ले हराएको छ। यो जितसँगै पिएसजी पुनः लिग वानको शीर्ष स्थानमा पुगेको छ। गत साता नाइसविरुद्ध पनि अन्तिम समयमा गोल गरेर जितेको पिएसजीले यसपटक पनि अन्तिम क्षणमा ३ अंक सुरक्षित गर्‍यो। खेलको २६औं मिनेटमा भिटिन्हाको पासमा वारन जाएर […]

November 10, 2025

म्यानचेस्टर सिटीसँग लिभरपुल पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई ३-० ले हराएको छ। प्रशिक्षक पेप ग्वार्डिओलाको करिअरको १ हजार खेलमा सिटी दमदार प्रदर्शनका साथ जित निकाल्यो । घरेलु मैदान इत्तिहाद रंगशालामा आइतवार सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड, निको गोनजालेज र जेरेमी डोकूले गोल गरे। हालान्डले सुरुवातमै पाएको पेनाल्टी गुमाए । यद्दपी उनले नै २९औं मिनेटमा हेडरमार्फत […]

November 9, 2025

शरदको सन्न्यास – एउटा युगको अन्त्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको इतिहासमा शरद भेषावकर एउटा नाम मात्रै होइन, एउटा भावनात्मक अध्याय हुन्। दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उनले नेपाली क्रिकेटलाई उचाइमा पु-याउँदै असंख्य क्षणहरू दिएका छन् । जसले क्रिकेटप्रेमीलाई गर्व, आशा र आत्मविश्वास दिलायो। ३७ वर्षका यो शालीन र समर्पित अलराउन्डरले आज हङकङ सिक्सेसका दौरान अन्तिमपटक राष्ट्रिय टोलीको जर्सी […]

November 9, 2025

नेपाल काभा महिला यु १९ भलिबलमा दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल श्रीलंकामा भएको काभा महिला यु १९ भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ। कोलम्बोमा आज भएको फाइनलमा कीर्गिस्तानसँग ३-२ ले पराजित हुँदै नेपाल दोस्रो स्थानमा सिमित भएको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो र चौथो सेट जितेको नेपाल पाँचौं तथा निर्णायक सेटमा ४ अंकले पछाडि पर्यो । कीर्गिस्तान २२-२५,२५-२०,२५-२१,१३-२५ र १५-११ ले विजयी भएको थियो। […]

November 9, 2025

गुप्ताले दृष्टिविहिन महिला टि ट्वान्टी विश्वकपमा अम्पायरिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि ट्वान्टी विश्वकप कप क्रिकेटमा अम्पायरको भूमिका निर्वाह गर्ने भएका छन् । कात्तिक २५ (नोभेम्बर ११) मा भारतको नयाँ दिल्लीमा सुरु हुने विश्व कप मंसिर ७ (नोभेम्बर २३) मा श्रीलंकामा फाइनल हुनेछ। गुप्ता आज भारत गएका छन् । नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, […]

Success

Thank you for your time.