default_image

अन्तर्राष्ट्रिय

November 27, 2025

एमबाप्पेले ४ गोलमा रियलको रोमाञ्चक जित

एजेन्सी – किलियन एमबाप्पेले ४ गोल गरेपछि रियल मड्रिडले च्याम्पियन्स लिगमा बुधवार ओलिम्पियाकोसलाई ४–३ ले हराएको छ। ग्रीसमा भएको खेलमा घरेलु टोली ओलिम्पियाकोसले चिकीन्होको टाढाबाट प्रहार गरेको गोलले आठौं मिनेटमा अग्रता लियो। तर त्यसपछि एमबाप्पे रोकिएनन्। उनले ७ मिनेटभित्रै ह्याट्रिक पूरा गरे । एमबाप्पेले २२ औं मिनेटमा पहिलो गोल भिनिसियसको पासमा, २४ औं मिनेटमा दोस्रो अर्दा […]

November 25, 2025

निरजको शतकमा नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)- निरज कुमार यादवको शतकमा एसिसी पुरुष यु–१९ प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को अजमानस्थित करवान ग्रुप मैदानमा आज भएको उद्घाटन खेलमा साउदी अरबियालाई ८ विकेटले हराएको छ। जितको लागि २ सय १९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर निरज र वंश […]

November 25, 2025

१० खेलाडीमा सिमित एभर्टनसँग युनाइटेड स्तब्ध

एजेन्सी – म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा सोमवार १० खेलाडीमा सिमित एभर्टनसँग स्तब्ध भएको छ। कियरन ड्युज्बरी होलको सानदार गोलको मद्दतले युनाइटेडलाई १-० ले हराउँदै एभर्टनले ऐतिहासिक जित हासिल गरेको हो । रुबेन अमोरिमले युनाइटेडको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको दिन टोलीले हार बेहोरेको छ । इद्रिसा गेइले १३औँ मिनेटमा आफ्नै टोलीका माइकल किनलाई हानेपछि […]

November 24, 2025

रियल हारबाट जोगियो

एजेन्सी – जुड बेलिङघमले एक गोल र एक असिस्ट गरेपछि रियल माड्रिडले एल्चेसँग २-२ को बराबरी खेलेको छ।‌ बराबरी पछि पनि रियल ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । आइतवार खेलमा रियल दुई पटक पछि परेको थियो। एल्चेका एलेइक्स फेबासले ५५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ७८ औं मिनेटमा रियलका डिन ह्युसेनले बेलिङघमको […]

November 24, 2025

आर्सनलसँग टोटनहम पराजित

एजेन्सी – एबेरेची इजको शानदार ह्याट्रिकसँगै आर्सनलले आइतवार उत्तर लन्डन डर्बीमा टोटनहमलाई ४–१ ले हराएको छ । योसँगै प्रिमियर लिगको शीर्ष स्थानमा आर्सनलले ६ अंकको अग्रता बनाएको छ। अगस्टमा क्रिस्टल प्यालेसबाट आर्सनलमा आएका इजले पहिलो हाफको अन्त्य र दोस्रो हाफको सुरुवातमा गोल गरे। त्यसअघि ३६ औं मिनेटमा लेयान्ड्रो ट्रोसार्डले मिकेल मेरिनोको पासमा गोल गर्दै आर्सनललाई […]

November 23, 2025

दृष्टिविहीन टि ट्वान्टी विश्व- भारत च्याम्पियन, नेपाल दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)-‌भारतले दृष्टिविहीन महिला टि ट्वान्टी क्रिकेट विश्वकपको पहिलो संस्करणको उपाधि जितेको छ। श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो। भारतले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनाउन सक्यो। नेपालका लागि सरिता घिमिरेले ३३ रन, […]

November 23, 2025

प्रशिक्षक ल यु १९ टोलीमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रमुख प्रशिक्षक स्टुअर्ट ल नेपाल यु १९ टोलीलाई परामर्श दिन र अनुगमन गर्न टोलीमा आबद्ध भएका छन्। युएईमा जारी एसिसी पुरुष यु १९ प्रिमियर कप मा भाग लिइरहेका नेपाली युवा टोलीको परामर्श र अनुगमनका लागि प्रशिक्षक ल औपचारिक रुपमा आबद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार […]

November 23, 2025

न्युक्यासलसँग सिटीको‌ हार

एजेन्सी – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शनिवार स्तब्ध भएको छ। हार्भी बार्न्सको उत्कृष्ट प्रदर्शनमा न्युक्यासल युनाइटेडले सिटीलाई २-१ ले हराएको छ। बार्न्सको दुई गोलकै कारण सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी घटाउने मौका गुमाएको छ। सेंट जेम्स पार्कमा भएको खेलमा दुवै टोलीले पहिलो हाफमा केही मौका गुमाए। ६३ औं मिनेटमा बार्न्सले गोल गर्दै न्युक्यासललाई […]

November 20, 2025

महिला कबड्डी विश्वकपमा अर्को जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले बंगलादेशमा जारी महिला कबड्डी विश्वकपमा आज अर्को सफलता प्राप्त गरेको छ। आज‌ भएको खेलमा नेपालले केन्यालाई २८-२१ ले हराएको छ। नेपालले हिजो खेलेका २ खेलमा एउटामा जित र अर्कोमा हार बेहोरेको थियो। ढाकामा जारी प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग नेपाल ३१-१५ अन्तरले पराजित भएको थियो। त्यसअघि हिजैकै […]

November 20, 2025

फिफा वरीयतामा नेपालको ओरालो यात्रा

एजेन्सी – पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता थप ओरालो लागेको छ। फिफाको बुधवार जारी गरेको नयाँ वरीयतामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) सदस्य राष्ट्रमा नेपाल‌ तेस्रोबाट चौथो स्थानमा झरेको छ। फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा ओर्लिएको‌ छ। अघिल्लो वरीयता भन्दा नेपाल २ स्थान […]

Success

Thank you for your time.