default_image

अन्तर्राष्ट्रिय

June 17, 2020

म्याड्रिडमा अनुबन्धन नजिक थिए लेवान्डोस्की

एजेन्सी – पोल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीका एजेन्ट सिजारी कुचार्सकीले लेवान्डोस्की २०१४ मा स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्ध नजिक रहेको खुलासा गरेका छन् । जर्मन बुन्डेसलिगामा गोल मेसिनको रुपमा चिनिने लेवान्डोस्कीले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुन्डबाट रियलविरुद्ध एक्लैले चार गोल गरेका थिए । त्यो भन्दा अघि उनी सान्टियागो […]

June 17, 2020

अन्तत: पालो इंग्लिस प्रिमियर लिगको

एजेन्सी – कोरोना महामारीको सन्त्रासपछि झन्डै तीनमहिनापछि विश्वमा खेलकुद गतिविधि विस्तारै चलायमान हुँदैछ । विश्वमा सर्वाधिक रुचाइने फुटबलको चर्चित घरेलु लिगहरु सुचारु भइसकेका छन् । मेबाट सुचारु भएको जर्मन बुन्डेसलिगा सकिने संघारमा पुगिसक्दा अघिल्लो साताबाट स्पेनिस ला लिगाका खेल सुरु भइसकेका छन् ।  कोरोनाको हव बनेको युरोपेली राष्ट्र इटलीमा पनि फुटबल फर्किसकेको छ । यही […]

June 17, 2020

मेस्सी, रोनाल्डो अनि पेनाल्टी तथ्यांक

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राती बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा लेगानेसलाई २-० ले पराजित गर्यो । दोस्रो हाफको ६८ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुदृढ अवस्थामा पुर्याएका थिए । समग्रमा मेस्सीले स्पेनिस ला लिगामा गरेको यो ५६ औं पेनाल्टी गोल थियो । पेनाल्टीमा सर्वाधिक गोल गर्ने सुचिमा उनी रियल म्याड्रिड […]

June 17, 2020

कोप्पा इटालिया फाइनल : युभेन्टस कि नेपोली ?

एजेन्सी – इटालियन फुटबलको शीर्ष नकआउट प्रतियोगिता कोप्पा इटालियाको फाइनलमा आज राति युभेन्टस र नेपोलीबीच प्रतिस्पर्धा हुँदैछ । खेल स्टेडियो ओलम्पिको रोमामा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । युभेन्टसले एसी मिलानको तथा नेपोलीले इन्टर मिलानको चुनौती पन्छाउदै फाइनलमा भेट पक्का गरेको थियो । कोप्पा इटालियाको सर्वाधिक सफल युभेन्टस १४औं उपाधि जित्ने दाउमा हुनेछ । […]

June 17, 2020

च्याम्पियन्स लिग ११ दिनमै सक्ने तयारी !

एजेन्सी – युरोपियन फुटबल महासंघ (युइएफए)ले युइएफए च्याम्पियन्स लिगका बाँकी रहेका आठ खेलहरु ११ दिनमा पोर्चुगलको लिस्वनमा सम्पन्न गर्ने योजना बनाएको छ । यो आधिकारिक निर्णय भने होइन । तर, बुधबार हुने युइएफएको बोर्ड बैठकमा यो प्रस्ताव पेस गरिनेछ । जसमा धेरै सदस्यहरु सहमत हुने बुझिएको छ । युइएफएका एक पदाधिकारीका अनुसार यो प्रस्तावमा सबैजना […]

June 17, 2020

मोन्चेनग्लाडवाकको सहज जित, पाडेरवर्न रेलिगेसनमा

एजेन्सी – बोरुसिया मोन्चेनग्लाडवाकले सहज जित दर्ता गर्दै जर्मन बुन्डेस लिगाको चौथो स्थानमा उक्लदा पाडेरवर्न रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ । बोरुसिया पार्क मोन्चेनग्लाडवाकमा मंगलबार राति भएको खेलमा घरेलु वल्फ्सवर्गमाथि ३–० को जित निकाल्दै तेस्रो स्थानमा उक्लिन सफल भएको हो । मोन्चेनग्लाडवाकको जितमा जोनास हफमनले दुई तथा लार्स स्टिनडिलले एक गोल थपे । पहिलो […]

June 17, 2020

बार्सिलोनाले लेगानेसलाई हरायो

एजेन्सी – साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राती लेगानेसविरुद्ध जित हासिल गरेको छ । घरेलु मैदानमा २-० को जितसँगै बार्सिलोनाले लिग तालिकाको शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ । क्याम्प नोउमा भएको खेलको सुरुवाती समयमा लेगानेसले आक्रमणमा धेरै अवसर बुनेपनि बल पोसेसनमा दबाब बनाएको बार्सिलोनाले अन्त्यतिर अग्रता लिएको थियो । सुरुवाती समयमा […]

June 17, 2020

फातीको गोलमा बार्सिलोनालाई अग्रता

एजेन्सी – युवा फरवार्ड अन्सु फातीको गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत लेगानेसविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । खेलमा लेगानेसले आक्रमणमा धेरै अवसर बुनेपनि बल पोसेसनमा दबाब बनाएको बार्सिलोनाले अन्त्यतिर अग्रता लिएको थियो । सुरुवाती समयमा पाएको अवसर सदुपयोग गर्न नसक्दा लेगानेसले त्यसको महँगो मूल्य चुकाउनु पर्यो । मिगुएल एन्जल गुरेरोले २ […]

June 17, 2020

बायर्न म्युनिखलाई जर्मन बुन्डेसलिगा उपाधि

एजेन्सी – साविक विजेता बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन फुटबलको शीर्ष डिभिजन लिग, बुन्डेसलिगाको उपाधि जितेको छ । मंगलबारको खेलमा १० खेलाडीमा समेटिएको बायर्नले वेर्डर ब्रेमेनको मैदानमा १-० को जित दर्ता गर्दै उपाधि पक्का गरेको हो । लिगको दुई खेल बाँकी रहँदै बायर्न च्याम्पियन बनेको हो । वेर्डरविरुद्ध बायर्नको जितमा फरवार्ड रोबर्ट लेवान्डोस्कीले पहिलो […]

June 16, 2020

बायर्नलाई आज नै च्याम्पियन बन्ने अवसर

एजेन्सी – जर्मन बुन्डेसलिगामा आजदेखि ३२औं चरणको खेलहरु सुचारु हुँदैछ । शीर्षस्थानको बायर्न म्युनिखको खेलसँगै आज राति चार खेल हुनेछ । लिग लिडर बायर्नले वेर्डर ब्रेमेनको भ्रमण गर्दैछ । खेल ब्रेमेनको मैदानमा राति १२ः१५ बजे हुनेछ ।  यो महत्त्वपूर्ण खेलमा जित हात पार्दै बायर्न दुई खेल अगावै लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बन्नेछ । बुन्डेस […]

Success

Thank you for your time.