default_image

अन्तर्राष्ट्रिय

August 13, 2020

डेम्बेले ९ महिनापछि बार्सिलोना टोलीमा

एजेन्सी – च्याम्पियन्स लिगका लागि लिस्बन भ्रमणमा निस्कनुअघि बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले टोलीको नाम सार्वजनिक गर्दा ओसमाने डेम्बेले पनि समेटिएका छन् । डेम्बेले नौ महिना पछि टोलीमा समेटिएका हुन् । सेटिनले नेपालीविरुद्ध शनिबार भएको प्रिक्वार्टरफाइनलमा पनि डेम्बेलेलाई अन्तिम १६ भित्र राखेका थिए । तर, फ्रान्सेली विङ्गरमा आत्म विश्वासको कमी देखिएका कारण मैदानमा भने उतारेनन् । […]

August 13, 2020

नेयमारले ‘म्यान अफ द म्याच’ चुपो मोटिङलाई दिए

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेयमार यूईएफए च्याम्पियन्स लिग अन्तर्गत पहिलो क्वाटरफाइनलमा एटलान्टाविरुद्ध खेलमा म्यान अफ द म्याच चुनिए । तर उनले उक्त अवार्ड आफ्नो सहकर्मी एरिक माक्सिम चुपो मोटिङलाई दिए । पीएसजीले नाटकीय पुनरागमन गर्दै खेलमा जित दर्ता गरेको थियो । खेलको पहिलो हाफमा मारियो पासालीचको गोलमा एटलान्टाले अग्रता लिएको […]

August 13, 2020

इंग्ल्यान्डलाई १० वर्षपछि सिरिज जित्ने अवसर

एजेन्सी – तीन खेलको टेष्ट सिरिज अन्तर्गत पाकिस्तान र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि साउथह्याप्टनमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार ३:४५ देखि सुरु हुनेछ । पहिलो टेष्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी भएको थियो । इंग्ल्यान्ड एक खेल अगावै १० वर्षपछि पाकिस्तानविरुद्ध टेष्ट सिरिज जित्न चाहान्छ । इंग्ल्यान्डले सन् २०१० मा घरेलु मैदानमा पाकिस्तानलाई चार […]

August 13, 2020

नेयमारले भेटे मेस्सीको कीर्तिमान

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली फरवार्ड नेयमारले एकै खेलमा धेरै ड्रिब्लिङ गर्ने बार्सिलोनाका लियोनल मेस्सीको कीर्तिमालाई बराबरी गरेका छन् । नेयमारले च्याम्पियन्स लिगको एटलान्टाविरुद्धको क्वाटरफाइनल खेलमा १६ ड्रिब्लिङ गर्दै मेस्सीले १२ वर्षअघि राखेको कीर्तिमानलाई बराबरी गरेका हुन् । मेस्सीले २००८ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा १६ ड्रिब्लिङ गर्दै यो […]

August 13, 2020

पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले खेलको अन्तिम समयमा २ गोल गरेपछि एटलान्टालाई पराजित गर्दै यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बुधबार लिस्बनमा भएको पहिलो क्वाटरफाइनलमा हारनजिक पुगेको पीएसजी २-१ ले विजयी रहयो । मारियो पासालीचले एटलान्टालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर अन्तिममा ३ मिनेटको अन्तरमा मार्किन्हस […]

August 12, 2020

डर्टमुन्डको फराकिलो जितमा हालान्डको दुई गोल

एजेन्सी – गत सिजन जर्मन बुन्डेसलिगामा उपविजेता बनेको बोरुसिया डर्टमुन्डले नयाँ सिजनको तयारीस्वरूप अष्ट्रियाको अल्टाकसँग मैत्रीपूर्ण खेलमा ६-० को फराकिलो जित दर्ता गरेको छ । अल्टाकको घरेलु मैदान क्यासपोइन्ट एरिनामा डर्टमुन्डले दुवै हाफमा ३-३ गोल गरेको थियो । डर्टमुन्डले पहिलो र दोस्रो हाफमा फरक टोली उतारेपनि आक्रमणमा निकै सुदृढ देखिएको थियो । खेलको १३ औं […]

August 12, 2020

एटलान्टा र पीएसजी भिड्दै

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगमा आज राति क्वाटरफाइनलक चरणको पहिलो खेल हुँदैछ । इटालियन क्लब एटलान्टा र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच सेमिफाइनलमा पुग्न प्रतिस्पर्धा हुनेछ । खेल पोर्चुगलको लिस्वनस्थित बेन्फिकाको खेल मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । यि दुई टोली पहिलोपटक एक आपसमा भिड्न लागेका हुन् । यो सिजन फ्रेन्च […]

August 12, 2020

रोनाल्डिन्होले ‘हाउस एरेस्ट’ मै मोडल ल्याएको खुलासा!

एजेन्सी – ब्राजिलियन फुटबलका पूर्व स्टार रोनाल्डिन्हो समय समयमा चर्चामा आउने गरेका छन् । पछिल्लो पटक पाराग्वेमा पक्राउ परेर उनी चर्चामा थिए । जाली कागजका साथ भ्रमण गरेको भन्दै उनी दाजुसँगै पाराग्वेमा पक्राउ परेका थिए । केहि समय जेलमै बिताएपछि उनी अपराधिक गतिविधि नभएकाले पराग्वेकै एक होटेलमा हाउस एरेस्टमा बस्नु परेको थियो । बार्सिलोनाका पूर्व […]

August 12, 2020

बार्सिलोनाका खेलाडीलाई पनि कोरोना संक्रमण

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणको तयारीमा रहेको क्याटलान क्लब बार्सिलोनाको एक खेलाडीलाई पनि कोरोना संक्रमण देखिएको छ । बार्सिलोनाले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै टोलीका एक खेलाडीलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । यधपी संक्रमित खेलाडी च्याम्पियन्स लिग खेल्ने टोलीमा भने नरहेको क्लबले बताएको छ । बार्सिलोनाले च्याम्पियन्स लिग टोलीमा […]

August 12, 2020

एमबाप्पे एटलान्टाविरुद्ध खेल्न तयार !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टचेलले आफ्ना युवा स्टार केलियन एमबाप्पेले च्याम्पियन्स लिगको एटलान्टाविरुद्धको क्वाटरफाइनल खेल्न सक्ने बताएका छन् । पीएसजीले आज राति इटालियन क्लब एटलान्टासँग प्रतिस्पर्धा गर्दैछ । फ्रेन्च स्टार एमबाप्पेले तीन साताअघि फ्रेन्च कपको फाइनल दौरान चोट बोकेका थिए । एमबाप्पेले २५ जुलाईमा सेन्ट इटिएनविरुद्धको फ्रेन्च कप […]

Success

Thank you for your time.