default_image

lokpriya

December 1, 2019

जेसिज कपमा न्यू वेष्ट प्वाइन्टको ह्याट्रिक

अर्जुन कार्की, बागलुङ म्याग्दीको बेनी बजारमा भएको १८ औं नरेश मोबाइल अन्तर मावि जिल्ला स्तरिय जेसिज कप फुटबलको उपाधि न्यु वेष्ट प्वाईन्ट आवासिय मावि बेनीले जितेको छ । बुद्ध एकेडेमी बोडिङ बेनीलाई शनिबार फाइनलमा ८–१ ले हराउँदै न्यू वेष्ट प्वाइन्टले लगातार तेस्रो पटक उपाधि जित्न सफल भएको हो । सुरुवातदेखि आक्रमक खेलेको वेष्ट प्वाईन्टको जितमा […]

December 1, 2019

ब्रिजवाटर कप फुटबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)– ब्रिजवाटर इन्टर नेसनल कलेजले मध्यपुर युथ एसोसिएसनको सहकार्यमा ब्रिजवाटर कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सानोठिमीस्थित मध्यपुर युथ एसोसियनको फुटबल मैदानमा प्रतियोगिता मंसिर २९ गतेबाट सुरु भएर पुस १२ गते सम्म चल्ने छ । प्रतियोगितामा ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले १ लाख र दोस्रो हुने टोलीले ५० […]

November 30, 2019

‘फाइनलमा भारतसँग स्वर्ण जित्नकै लागि खेल्नेछौं’ – कप्तान अरुणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले सोमबार भारतविरुद्ध हुने फाइनल खेलमा स्वर्ण पदकको लागि नै प्रतिस्पर्धा गर्ने बताएकी छिन् । नेपालले शनिबार सेमिफाइनलमा साविक उपविजेता श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपाल दक्षिण एसियाली स्तरको सागको फाइनलमा प्रवेश गरेको यो नै पहिलो अवसर हो । […]

November 30, 2019

ऐतिहासिक जितसँगै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३औं साग अन्तर्गत महिला भलिबलमा कम्तीमा पनि रजत पदक पक्का गरेको छ । शनिबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पार्दै फाइनलमा प्रवेश गरेपछि नेपालले कम्तीमा पनि रजतपदक पक्का गरेको हो । नेपाल सागको महिला भलिबलमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि नेपाल […]

November 30, 2019

साग महिला भलिबल-पहिलो सेटमा नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गरि रहेको छ । त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा जारी दोस्रो सेमिफाइनलमा पहिलो सेटमा नेपालले श्रीलंकालाई २५-१४ को सोझो सेटमा पराजित गरेको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा […]

November 30, 2019

श्रृंखलालाई पाँचपोखरी सुपर-८ क्रिकेटको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको जीत बहादुर स्मृती पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगिताको उपाधि श्रृखंला छिम्ती क्रिकेट क्लबले जितेको छ । शनिबार फाइनलमा आयोजक पाँचपोखरी क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । योसँगै विजेता श्रृखंलालले ७५ हजार र उप विजेता पाँचपोखरीले ३५ हजार प्राप्त गर्यो । टस हारेर ब्याटिङ थालेको पाँचपोखरीले ७.५ […]

November 30, 2019

एपीएफलाई चन्द्रागिरी गोल्डकपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लबले तेस्रो चन्द्रागिरी गोल्डकपको उपाधि जितेको छ । नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा भएको खेलमा एपीएफले टाइब्रेकरमा ५-४ को जित दर्ता गरेको हो । निर्धारित समयको खेल १-१ को बराबरी र थप गरिएको समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरमा लिइएको […]

November 30, 2019

स्वदेशको साग त्याग्दै विदेश लागिन् तुलसा

काठमाडौं (हाम्रो खेलकुद)– ठूला प्रतियोगिता खेल्न विदेश पुगेका खेलाडी मध्ये केहि उतै लुक्ने गरेको घटना नेपाली खेलकुदमा नौलो होइन । सन् २०१४ को एसियाली खेलकुदमा भाग लिएका ५ खेलाडी फर्केनन् । त्यसअघि कोरियामा नै फुटबल टोली ३ जना भागेका थिए । यी त केहि उदाहरण हुन् । कति खेलाडी यसरी भागे त्यसको तथ्याङ्क अहिले सम्म […]

November 30, 2019

मार्चपासमा नेपालको झण्डा कमलले बोक्ने

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा आइतबार १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनमा हुने मार्च पासमा नेपालको झण्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् । राष्ट्रिय टिम तयारी समिति र प्राविधिक समितिको संयुक्त बैठकले मार्च पासमा झण्डा बोक्नमा क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस गर्दै विकल्पमा कमलको नाम राखेको थियो […]

November 30, 2019

स्मिथले तोडे ७३ वर्ष पुरानो दुर्लभ कीर्तिमान

एजेन्सी – अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले टेष्ट क्रिकेटमा ७३ वर्ष पुरानो दुर्लभ कीर्तिमान तोडेका छन् । पाकिस्तानसँगको दोस्रो डे नाइट टेष्टमा दोस्रो दिन सुरुवाती २३ रन जोड्दै टेष्ट क्रिकेटमा सर्वाधिक छिटो ७ हजार रन पुरा गर्ने ब्याट्सम्यानको कीर्तिमान बनाएका छन् । स्मिथले ७० टेष्ट खेलेको १ सय २६ इनिङमा यो सफलता हात पारेका हुन् […]

Success

Thank you for your time.