default_image

lokpriya

November 25, 2019

गुमनाम फुपूल्हामु

सुबास हुमागाईं, काठमाडौं योजना अनुसार नै सबै चलेको हुन्थ्यो भने फुपूल्हामु खत्री अहिले १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउन जापानबाट नेपाल फर्किंदै हुन्थिन् । तर घरेलु मैदानमा दक्षिण एसियाको खेल महोत्सव आयोजना हुने मिति नजिकिंदै गर्दा नेपाली जुडोले पाएको सर्वकालीन उत्कृष्ट खेलाडी मध्यकी फुपूल्हामु गुमनाम छिन् । र त्यसको कारण हो उनीमाथि लागेको प्रतिबन्ध […]

November 25, 2019

सन्दीपको दुवै आँखाको शल्यक्रिया, साग नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले यसै साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । सोमबार दुबै आँखाको सामान्य शल्यक्रिया गरेका सन्दीपले १५ दिन आराम गर्नु पर्ने भएपछि साग नखेल्ने उनको ब्यवस्थापन हेदै आएका नेपाली क्रिकेट टोलीका भिडियो एनालिस्ट रमन शिवाकोटीले हाम्रो खेलकुदलाई जानकारी […]

November 25, 2019

सेन्ट्रल जोन विजेतालाई सरकारले मंगलबार सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले नेपाली भलिबलमा ऐतिहासिक उपाधि जिताउन सफल महिला भलिबल टोलीलाई मंगलबार सम्मानित गर्ने भएका छन् । १३औं साग आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले नेपाली भलिबलमा ऐतिहासिक पदक जित्न सफल महिला भलिबल टोलीलाई सरकारले मंगलबार सम्मानित गर्न लागेको जानकारी गराए । सम्मान कार्यक्रम […]

November 25, 2019

तीन राष्ट्रको भलिबल टोली नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – एक सातापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलुकद (साग) का लागि पाहुना टोलीहरुको नेपाल आउने क्रम शुरु भएको छ । औपचारिक रुपमा उद्घाटन हुनु अघि नै भलिबलका खेलहरु शुरु हुने भएपछि पाहुना टोलीहरु नेपाल आउने क्रम शुरु भएको हो । त्यसका लागि बंगलादेश, श्रीलंका र माल्दिभ्सको भलिबल टिम नेपाल आईपुगेका […]

November 25, 2019

सागमा सहभागी विदेशी खेलाडीको सामूहिक दुर्घटना विमा

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने विदेशी खेलाडी तथा खेलकर्मीको आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडले सामूहिक दुर्घटना विमा गरिएको छ । मंसिर १५ गते देखि २४ गते सम्म काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा सुरु हुने सागमा नेपालसहित ७ राष्ट्रका खेलाडीको सहभागिता रहनेछ । सागमा भाग लिने […]

November 25, 2019

सागमा सुजलले नै कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर सुजल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । यसअघि सिनियर टोलीको कप्तानी गरिसकेका सुजल सागका लागि पनि कप्तान चुनिएका हुन् । राष्ट्रिय टोलीका कप्तान विराज महर्जन र त्यसपछि उपकप्तानको हैसियतले टोलीको कार्यवाहक कप्तानका रुपमा रहेका किरण चेम्जोङ टोलीमा नपरेपछि सुजलले नेतृत्व गर्ने […]

November 25, 2019

सागः भारतले पुरुष फुटबल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – खेल तालिका र टाइसिट निकालिसकेको अवस्थामा भारतले १३औं साग अन्तरगतको पुरुष फुटबलमा सहभागिता नजनाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत शुक्रबार ६ टोलीलाई समावेश गर्दै खेल तालिका र टाइसिट निकालेको थियो । भारतले सहभागिता नजाउने भएसँगै अब पुरुष फुटबलमा ५ राष्ट्रको मात्रै सहभागिता रहने भएको छ । […]

November 25, 2019

बालोन डी’ओर : छैटौं अवार्ड जित्ने मेस्सीको लक्ष्य

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी सन् २०१९ को ब्यालोन डी’ओर उपाधि जित्दै विश्व प्रतिष्ठित यस अवार्ड छैटौं पटक जित्दै कीर्तिमान कायम गर्ने लक्ष्यमा छन् । बार्सिलोनाका कप्तान समेत रहेका उनले सन् २०१५ यता यस उपाधि जित्न सकेका छैनन् । डिसेम्बर २ तारिखमा फ्रान्सको राजधानी पेरिसमा हुने समारोहमा मेस्सी उपाधिका दावेदारमध्यका एक हुन् । मेस्सीसँगै […]

November 25, 2019

साग : महिला क्रिकेटको भविष्य बदल्ने अवसर

भूपेन्द्र जिसी, काठमाडौं सफलतासँगै लोकप्रियता जोडिएर आउँछ । लोकप्रियता त्यति बेला बढ्छ जव सबैले असम्भव मानेको काम सम्भव बन्न पुग्छ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई माथि उठ्न यस्तै ठूलो सफलताको आवश्यकता छ । सन् २००७ देखी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको महिला टोली हालसम्म उपाधिविहीन छ । वर्षमा चाडपर्व जस्तै सिमित घरेलु र अन्तर्राष्ट्रिय […]

November 25, 2019

युनाइटेडको रोमाञ्चक बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेड र म्यानचेस्टर युनाइटेडको खेल रोमाञ्चक बराबरीमा टुंगिएको छ । खेलमा पछि परेर पनि जिततर्फ उन्मुख युनाइटेडले सेफिल्डसँग ३–३ गोलको बराबरी खल्दै अंक बाँडेको हो । सेफिल्डका जोन फ्लेक, ल्यास मोउसेट र ओलिभर म्याकब्रुनीले गोल गरे । युनाइटेडका ब्रान्डन विलियम्स, मासन ग्रीनवुड र मार्कुस रासफोर्डले गोल गरे । […]

Success

Thank you for your time.