default_image

lokpriya

March 23, 2019

मेसी फर्केको खेलमा अर्जेन्टिना पराजित

एजेन्सी – नियमित कप्तान लिओनेल मेसी विश्वकपपछि टोलीमा फर्किएको पहिलो खेलमा अर्जेन्टिना भेनेजुएलासँग ३-१ ले पराजित भएको छ । रुसमा सम्पन्न फिफा विश्वकपका दौरान राउन्ड अफ १६ मै फ्रान्ससँग पराजित भएपछि अर्जेन्टिनाको चुनौती समाप्त भएको थियो । मेसीले त्यसयता भएका ६ अन्तर्राष्ट्रिय खेलमा टोलीमा सामेल भएनन् । ३१ वर्षीय मेसीले शुक्रबार भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेलमा पहिलो […]

March 22, 2019

एएफसी यू–२३ च्याम्पियनसिपको छनोटः ओमानसँग नेपालको झिनो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एएफसी यू–२३ च्याम्पियनसिपको छनोटअन्तर्गतको पहिलो खेलमा हार बेहोरेको छ । नेपालले ओमानसँग १–० को हार बेहोरेको हो । कतारस्थित दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा शुक्रबार भएको एकपक्षीय खेलमा नेपालले सुरुवाती गोल खाएपनि त्यसपछि थप गोललाई रोक्न सफल भयो । ओमानका अल मल्कीले १३औं मिनेटमा गरेको गोल नै नेपालको हारमा निर्णायक […]

March 22, 2019

सावित्रा र इन्दुमति सर्वाधिक गोलकर्ता, डालीमा सर्वोत्कृष्ट

विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी र भारतकी इन्दुमति कासिरेथान पाँचौ महिला साफ च्याम्पियनसिपको संयुक्त सर्वाधिक गोलकर्ता भएका छन् । दुवै खेलाडीले प्रतियोगितामा ४-४ गोल गरे । भारतकै डालीमा छिब्बर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिइन् । उनले फाइनलमा भारतलाई अग्रता दिलाउने क्रममा फ्रिकिकमा सिधै गोल गरेकी थिइन् । डालीमाले प्रतियोगिता […]

March 22, 2019

नेपाल फाइनलमा पराजित, भारत च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद) – नेपाल लगातार पाँचौ पटक साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ । विराटनगरस्थित शहिद रंगशालामा भारतले नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । यससँगै भारत लगातार पाँचौपटक च्याम्पियन बन्यो । नेपालको भने उपाधि यात्रामा भारत लगातार बाधक बन्यो । नेपाल सबै संस्करणमा […]

March 22, 2019

ओमानविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२३ च्याम्पियनसिपको छनोटअन्तर्गतको ओमानबिरुद्धको खेलको लागि नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ । कतारमा शुक्रबारदेखि सुरु हुने खेल स्थानीय समयअनुसार साँझ ५ बजे (नेपाली समयानुसार ७ः४५ बजे) दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा हुनेछ । ओमानविरुद्ध नेपाली टोलीको कप्तानी बिमल घर्तीमगरले गर्नेछन् । नेपालको गोलपोस्ट अर्पण कार्कीले सम्हाल्ने छन् । डिफेन्समा सुमन […]

March 22, 2019

सावित्रा सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सावित्रा भण्डारीले राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने पुर्व कप्तान जमुना गुरुङको कीर्तिमानलाई तोडेकी छिन् । यससँगै उनी महिला राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्नेको दोस्रो स्थानमा उभिएकी छिन् । साफ च्याम्पियनसिप अन्तरगत शुक्रबार भएको फाइनल खेलमा भारतविरुद्ध गोल गर्दै सावित्राले जमुना गुरुङको २५ गोलको कीर्तिमानलाई तोडेकी हुन् । सावित्राले जारी प्रतियोगिताको चारै […]

March 22, 2019

भारत र नेपाल १-१ को बराबरीमा

विराटनगर (हाम्रो खेलकुद) – पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत खेलिरहेका छन् । पहिलो हाफको समाप्तिमा खेल १-१ को बराबरीमा रहेको छ । भारतले खेलमा अग्रता लिएपनि सावित्रा भण्डारीको गोलसँगै नेपाल उपाधि होडमा फर्किएको हो । विराटनगरस्थित सहिद मैदानमा जारी खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिव ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल […]

March 22, 2019

फाइनलको लागि टोलीमा परिवर्तन नहुने

विराटनगर (हाम्रो खेलकुद) – पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्दैछन् । उपाधि भिडन्तका लागि नेपालले सेमिफाइनलमा उत्रेको टोली नै उतार्ने भएको छ । नेपालले सेमिफाइनलमा श्रीलंकालाई ४-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यसअघि समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध पनि नेपालले ३-० को जित दर्ता गर्दा सोहि टोली उतारेको थियो […]

March 22, 2019

उपाधि जिते प्रदेशले जनही २ लाख दिने

विराटनगर (हाम्रो खेलुकद) – प्रदेश नम्बर १ सरकारले विराटनगरमा जारी पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप जिते जनही २–२ लाख दिने घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का मिडिया अफिसर आयुष खड्काका अनुसार आज हुने भारतविरुद्धको फाइनल खेलमा जित हात पार्दै उपाधि जिते टिमका प्रत्येक खेलाडीलाई जनही २–२ लाख दिने घोषणा गरेको बताइएको […]

March 22, 2019

अष्ट्रियामाथि पोल्यान्डको कठिन जित

एजेन्सी – पोल्यान्डले सन् २०२० को युरोकपको समूह ‘जी’ को छनोट खेलमा कठिन जित निकालेको छ । हापेल स्टेडियम वेनमा बिहीबार राति भएको खेलमा पोल्यान्डले अष्ट्रियामाथि १–० को कठिन जित निकालेको हो । पोल्यान्डको जितमा इटालियन क्लब एसी मिलानका २३ वर्षीय फरवार्ड क्रिजिस्टफ पियाटिकले दोस्रो हाफमा निर्णय गोल गरे । उनले मैदान प्रवेश गरेको १० […]

Success

Thank you for your time.