default_image

lokpriya

April 1, 2019

सन्दीपलाई पहिलो ओभरमै विकेट!

एजेन्सी – नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि किंग्स इलाभेन पन्जावविरुद्धको सुरुवाती दुई ओभरमा उत्कृष्ट प्रर्दशन गरेका छन् । सन्दीपले पहिलो ओभरमै विकेट लिएका छन् । सन्दीप पहिलो स्पेल लिएर चौथो ओभरमा आएका १० रन खर्चेर १ विकेट लिए । सन्दीपको पहिलो बलमा मयंक अग्रवालले १ रन लिए,दोस्रो बलमा साम करनले डट र तेस्रो […]

April 1, 2019

सन्दीप पन्जाबविरुद्ध पनि पहिलो रोजाईमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि किंग्स इलाभेन पन्जावविरुद्धको खेलमा पहिलो रोजाइमा परेका छन् । दिल्लीले आजको खेलर्मा एक मात्र खेलाडी परिवर्तन गरेको छ । अमित मिश्राको ठाउँमा आवेश खानलाई मौका दिएको छ । पन्जावको घरेलु मैदान चण्डीगढमा भर्खर सम्पन्न टसमा दिल्ली क्यापिटल्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको […]

April 1, 2019

पन्जाबसँग खेल्दै सन्दीप सम्मिलित दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले आफ्नो चौथो खेल अन्तरगत किंग्स इलाभेन पन्जावसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी मोहालीमा सुरु हुने छ । दुवै टोली तेस्रो जितको खोजिमा छन् । दिल्लीले पहिलो खेलमा मुम्बईलाई ३७ रनले हराउँदा चेन्नई सुपर किंग्ससँग […]

April 1, 2019

मेसी र रोनाल्डोलाई पछार्दै बेन्जेमाको कीर्तिमान

एजेन्सी – रियल म्याड्रिडले आइतबार स्पेनिस ला लिगा अन्तर्गत हुएस्कालाई ३-२ ले पराजित गर्दै फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले विजयी गोल गरे । उक्त गोलसँगै बेन्जेमाले ला लिगामा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले समेत राख्न नसकेको कीर्तिमान कायम गरेका छन् । बेन्जेमाले लिगअन्तर्गत हुएस्कासँग गोल गर्दै आफूले सामना गरेको ला लिगाका हरेक क्लबविरुद्ध गोल गर्ने कीर्तिमान […]

April 1, 2019

यू-१६ क्रिकेट प्रतियोगिता भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश स्तरिय यू१६ क्रिकेट प्रतियोगिता चैत्र १९ देखि २५ गते सम्म टीयू क्रिकेट मैदानमा हुने भएको छ । अप्रिल १८ देखि २९ सम्म थाईल्यान्डमा हुन लागेको एसीसी यू१६ इस्टर्न रिजनको लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिने छ । प्रतियोगितामा सहभागीता जनाउने ७ प्रदेशलाई दुई समुहमा विभाजन गरिएको छ । दुवै समुहका […]

April 1, 2019

रोहितलाई १२ लाख जरिवाना

एजेन्सी – भारतीय क्रिकेट टिमका ओपनर तथा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा कारबाहीमा परेका छन् । शनिबार किंग्स इलाभेन पन्जावसँगको खेलमा सुस्त गतिमा ओभर सकेको भन्दै आईपीएल आयोजकले शर्मालाई १२ लाख भारतीय रुपैँया जरिवाना लगाएको छ । शनिबार सम्पन्न आईपीएलको नवौं खेलमा मुम्बईका बलरले पनजावसँगको खेलमा निर्धारित समय भन्दा ढिला (सुस्त) गतिमा सकेका थिए । […]

April 1, 2019

पीएसजीको जितमा एमबाप्पे नायक

एजेन्सी – फ्रान्सेली लिग अन्तर्गत आइतबार पेरिस सेन्ट जर्मेनले टुलुजलाई पराजित गर्दा युवा फरवार्ड किलियन एमबाप्पेले खेलको एकमात्र गोल गरेका छन् । निकै प्रतिस्पर्धात्मक खेलको ७४ औं मिनेटमा एमबाप्पेले गरेको गोल नै निर्णायक सावित भयो । उनले बलमा उत्कृष्ट नियन्त्रण देखाउँदै गरेको फिनिस पीएसजीको जितका लागि पर्याप्त रहयो । एमबाप्पेको यो जारी लिगमा ३१ औं […]

April 1, 2019

अष्ट्रेलियाको क्लिन स्विप !

एजेन्सी – अष्ट्रेलियाले अन्तिम वान डे खेलमा जित दर्ता गर्दै पाकिस्तानविरुद्ध पाँच खेलको वान डे सिरिज ५-० ले क्लिन स्विप गरेको छ । आईतबार राती सम्पन्न पाँचौ तथा अन्तिम वान डे खेलमा पाकिस्तानलाई २० रनले हराउँदै क्लिन स्विप गर्न सफल भएको हो । ३ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित ५० ओभरमा ७ […]

April 1, 2019

जब जिदानले आफ्नै छोरालाई खेलाए..

एजेन्सी – रियल म्याड्रिडमा पछिल्लो समय गोलरक्षक छनोटलाई लिएर निकै चर्चा हुँदै आएको छ । दुई विश्वस्तरीय गोलरक्षक एकै टोलीमा हुँदा कसलाई खेलाउने भन्ने विषयमा प्रशिक्षकलाई टाउको दुखाइ नै हुने गरेको छ । रियलले गत महिना सान्टियागो सोलारीलाई बर्खास्त गर्दै सिजनको तेस्रो प्रशिक्षकका रुपमा जिनेदिन जिदानलाई क्लबमा फिर्ता बोलायो । सिजनको सुरुवातमा जुलेन लोपेटेगुईलाई बर्खास्त […]

April 1, 2019

बेन्जेमाले रियललाई जोगाए

एजेन्सी – एक गोलले पछाडी परेको स्थितिलाई उल्टाउँदै स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल म्याड्रिडले हुएस्कालाई ३-२ ले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमा नै रियल खेलमा पछाडी परेको थियो । जुआन कामिलो हर्नान्डेजले उत्कृष्ट गोल गर्दै हुएस्कालाई अग्रता दिलाएका थिए । इस्कोले २५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । इस्कोलाई रियलबाट […]

Success

Thank you for your time.