default_image

lokpriya

February 24, 2019

महर्जन यू-२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकका रुपमा रहेका प्रशिक्षक बालगोपाल महर्जनले नेपाल यू-२३ पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । एन्फाले आइतबार स्विडिस प्रशिक्षक योहान कालीनलाई सिनियर राष्ट्रिय टोलीको भूमिकामा नियुक्त गरेसँगै यू-२३ टोलीको जिम्मेवारी महर्जनलाई सुम्पिएको हो । यसअघि कालीनले नै यू-२३ टोली हेर्ने भनिएपनि मलेसियाविरुद्ध […]

February 24, 2019

नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले मलेसियाको राष्ट्रिय टोलीविरुद्ध मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । खेल मलेसियाको क्वालालम्पुरमा मार्च २५ मा खेलिनेछ । स्विडिस प्रशिक्षक योहान कालीनलै राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पिएलगत्तै एन्फाले मैत्रीपूर्ण खेल तय गरेको हो । कालीनले यसै खेलबाट टोलीको बागडोर सम्हाल्नेछन् । यद्यपी उनलाई राष्ट्रिय टोलीका सबै सदस्य […]

February 24, 2019

प्रशिक्षक कालीन २ वर्षका लागि अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्विडिस नागरिक योहान कालीनलाई दुइ वर्षको लागि राष्ट्रिय पुरुष फुटबल टोलीको जिम्मेवारी सुम्पिएको छ । आइतबार एन्फा परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै कालीनले आगामी दुई वर्ष राष्ट्रिय टोलि सम्हाल्ने जानकारी दिए । पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस :

February 24, 2019

एनसिएल टी–२० का लागि खेलाडी दर्ता खुला

काठमाडौं (हाम्रो खेलकुद) – चैत १ गतेबाट विराटनगरमा आयोजना हुने एनसिएल वुमन्स टी–२० क्रिकेट लिगका लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको छ । आयोजक एनसिएलले अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया शनिबारबाट शुरु भएको जानकारी गराएको छ । खेलाडी दर्ता प्रक्रिया १० फागुनबाट १८ फागुनसम्म जारी रहनेछ । खेलाडी दर्ताका लागि एनसिएल स्पोर्ट्स प्रालिको आधिकारिक वेबसाईट […]

February 24, 2019

बायर्नको जितसँगै डर्टमुन्डसँग अंक बराबर

एजेन्सी – जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबारको खेलमा हर्था बर्लिनलाई १-० ले पराजित गर्दै बायर्न म्युनिखले लिगको शीर्ष स्थानको बोरुसिया डर्टमुन्डसँग अंक बराबर गरेको छ । खेलको ६२ औं मिनेटमा जाभी मार्टीनेजले हामेस रोड्रीग्वेजको कर्नरमा हेडरमार्फत गोल गरे । खेलको अन्तिम ६ मिनेट बर्लिनले १० खेलाडीमा रहेर खेल्यो । करीम रेकिकले रोबर्ट लेवान्डोस्कीलाई फल हानेपछि रेफ्रीले उनलाई […]

February 24, 2019

मेसीको ५०औं ह्याट्रिकमा बार्सिलोनाको जित

एजेन्सी – कप्तान लिओनेल मेस्सीले ५०औं ह्याट्रिक पूरा गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ । खेल अवधिभर दुई पटक पछाडी परेपनि मेसीले लगातार गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो । खेलको २२ औं मिनेटमा विसाम बेन यड्डरको पासमा जेसस नाभासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको […]

February 23, 2019

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद लाहोर पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत शनिबार क्वेटा ग्ल्याडीयटर्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । उनको कसिलो बलिङका बाबजुद लाहोर ४ विकेटले पराजित भयो । सन्दीपले आफ्नो ४ ओभरको कोटा पूरा गर्दै २० रन खर्चेर १ विकेट हात पारे । छैटौं ओभरमा बलिङ पाएका […]

February 23, 2019

मोफसलमा मनाङको अर्काे हार, यसपटक एपीएफको शिकार

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले मोफसलको गोल्डकपमा लगातार खराब प्रदर्शनलाई निरन्तरता दिंदा शनिबार १७औं आहा रारा गोल्डकप फुटबल प्रतियेगितामा विभागीय नेपाल एपीएफ क्लबसँग पराजित भएको छ । बाई पाएर सिधै क्वाटरफाइनल खेल खेलेको मनाङ आहा राराको आफ्नो पहिलो खेलमै एपीएफसँग १–० ले पराजित हुदै पहिलो चरणबाटै बाहिरिएको हो । […]

February 23, 2019

सेभिल्लाले बार्सिलोनाको आतिथ्यता गर्दै

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा आज राति सेभियाले शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ बजेपछि सेभिल्लाको घरेलु मैदान रामन साञ्चेज पिज्वानमा हुनेछ । घरेलु टोली सेभिल्ला बार्सिलोनालाई रोक्ने लक्ष्यमा मैदान उत्रनेछ । सेभिल्लाले बार्सिलोनालाई पछिल्लोपटक २४ जनवरीमा भएको कोपा डेल रेको क्वाटरफाइनलमा २–० ले पराजित गरेको थियो […]

February 23, 2019

डिपिएलको ‘गोल्डेन बुट’ दीपेन्द्रलाई !

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल)को उपाधि सिवाईसी अत्तरियाले जितेको छ । विजयी टोलीका कप्तान दीपेन्द्रसिंह एेरीले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै सुनको जुत्ता प्राप्त गरेका छन् । आज भएको फाइनल खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । १ सय २४ रनको लक्ष्य पक्ष्याएको १९.५ ओभरमा ७ विकेटको […]

Success

Thank you for your time.