default_image

lokpriya

October 15, 2025

नेपाल टि ट्वान्टी विश्व कपका लागि छनोट

मस्कट (हाम्रो खेलकुद)- नेपालले तेस्रो पटक टी-ट्वान्टी विश्व कप खेल्ने पक्का भएको छ। ओमानको मस्कटमा भैरहेको विश्व कप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल दुई खेल अगाडि नै १० औं संस्करणको विश्व कपमा छनोट हुन सफल भएको हो। नेपाल लगातार दोस्रो पटक विश्व कपमा पुगेको हो। आज कतारले जापानलाई र युएईले सामोआलाई हराएपछि नेपाल […]

October 14, 2025

नेपाल भियतनामसँग फरि पराजित, छनोटको संभावना सकियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोटको दोस्रो लेगमा पनि नेपाल भियतनामसँग १-० गोल अन्तरले पराजित भएको छ। लगातरको चौथो हारमा नेपालको छनोट यात्रामा पूर्ण विराम लागेको छ। भियतनाममा आज भएको खेलको पाँचौ मिनेटमा नै भियतनामले अग्रता बनायो। नेपालका डिफेन्डर सुमन श्रेष्ठले आत्मघाती गोल गरे। ट्रोङ् टाएनलेको कर्नरमा नुयन हिउले हानेको बल सुमनको खुट्टामा लागेर […]

October 14, 2025

विश्व कराते छनोटमा ४ खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिता अक्टोबर १७ देखि १९ तारिखसम्म हुनेछ । त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार फ्रान्स जाँदै छ । एक पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । स्वनिम मानन्धरले पुरुष एकल […]

October 14, 2025

‘फुटबल संकटमा पर्नुमा एन्फा दोषी’ – खेलाडी संघ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले एन्फा नेतृत्वको गैर जिम्मेवारीका कारण घरेलु फुटबलमा अहिले चरम संकट देखिएको बताएको छ। खेलाडी संघले भनेको छ, ‘ अहिले पनि देशमा वा विदेशमा फुटबलका धेरै समर्थक छन् । तर, मुख्यतः नेतृत्व कै कारण फुटबल माथि समर्थकहरुको विश्वास विस्तारै टुट्न थालेको केहि वर्ष भयो । ‘ फुटबल खेलाडी संघका […]

October 14, 2025

गौघाट ग्रीन रनको उपाधि युवक र दीपशीखालाई

खजुरा, बाँके (हाम्रो खेलकुद)- जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशीखा शाहीले जितेका छन् । ११ बर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत बर्षदेखि सुरु भएको गौघाट ग्रीन रन कर्णालीको जुम्लाका युवकराज र बाँकेको कोहलपुरकी दीपशीखा च्याम्पियन बनेका हुन् […]

October 14, 2025

सन्दीप प्लेयर अफ दी म्याच

मस्कट (हाम्रो खेलकुद)- आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा कतार विरूद्धको खेलमा नेपालका स्टार बलर सन्दीप लामिछाने प्लेयर अफ दि म्यान बनेका छन्।‌ ५ रनको नाटकीय र अपत्यारिलो जितमा सन्दीपको बलिङ नै नेपालको जितको कारण बन्यो। सन्दीपले १० औं ओभरमा नेपाललाई ब्रेकथ्रु दिए। ओपनर इमाल लियानागे र जुबेर अलि क्रिजमा […]

October 14, 2025

सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालको रोमाञ्चक जित

मस्कट (हाम्रो खेलकुद)- सन्दीप लामिछानेको सानदार बलिङमा आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज कतारलाई ५ रनले हराएको छ।अपराजित नेपालले ६ अंक जोड्दै छनोटको संभावनालाई मजबुत बनाएको छ। कतार विरूद्धको खेल नाटकीय बन्यो।कतारका दुई खेलाडीको अर्धशतकमा जित नजिक पुगे पनि सन्दीपको तारिफयोग्य बलिङमा नेपालले ५ रनको रोचक जित दर्ज […]

October 13, 2025

सन्दीपको २ सय ५० औं अन्तर्राष्ट्रिय विकेट

मस्कट (हाम्रो खेलकुद)- नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछानेले अन्तराष्ट्रिय क्रिकेटमा‌ २ सय ५० बिकेटको सफलता प्राप्त गरेका छन्। आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा कतार विरूद्धको दोस्रो विकेट लिएसँगै आफ्नो २ सय ५० औं विकेट पूरा गरेका छन्। उनले ओपनर लियानागेलाई बोल्ड आउट गरेसँगै यो सफलता प्राप्त गरेका हुन्। […]

October 13, 2025

नेपालले टस हार्यो , ललितको ठाउँमा आदिललाई मौका

मस्कट (हाम्रो खेलकुद)- नेपालविरूद्ध आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा कतारले टस जितेर फिल्डिङ रोजेको छ। यो सँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ। प्रशिक्षक स्टुवार्ड लले सुरूवाती ११ एक परिवर्तन गरेका छन्। लेग स्पीनर ललित राजवंशीको स्थानमा अल राउन्डर आदिल‌ अलामलाई मौका दिइएको छ। हिजो नेपालले युएईलाई १ रनले […]

October 13, 2025

विश्व कप छनोटमा नेपाल र कतार भिड्दै

मस्कट (हाम्रो खेलकुद)- नेपालले ओमानमा जारी आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा आज कतारसँग खेल्दैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ। हिजो नेपालले युएईलाई १ रनले हराएर सनसनी मच्चाएको थियो। अन्तिम ओभरमा नेपालले खेल आफ्नो पक्षमा पार्दै जारी छनोटमा अपराजित यात्रालाई कायमै राखेको छ। आज यही सिलसिलालाई निरन्तरता […]

Success

Thank you for your time.