October 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका लिजेन्ड ब्याटर शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। चन्द्रपाउललाई प्रशिक्षक नियुक्त गर्नुका साथै उनीसँग दीर्घकालीन सम्झौता भएको जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दीर्घकालीन सम्झौताको बारेमा भने थप खुलाइएको छैन। खतिवडाले चन्द्रपाउलसँगको यो सम्झौताले टिमलाई […]
October 12, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालले आज आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा संयुक्त अरब इमिरेट्स (युएई) लाई अत्यन्त रोमाञ्चक खेलमा १ रनले हराएको छ। यो सँगै नेपालले महत्वपूर्ण २ अंक जोड्यो। नेपालले सुपर सिक्समा ४ अंक बनाएको छ। नेपालको जितमा आसिफको अर्धशतक अनि दीपेन्द्र सिंह ऐरीको सानदार बलिङ जितलो प्रमुख कारण […]
October 12, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालले आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितको लागि १ सय ४१ रनको चुनौती दिएको छ। नेपालको लागि आदिफ शेखले अर्धशतक बनाए। ओमान क्रिकेट एकेडेमीको मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङको निर्णय गरे। नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ […]
October 12, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालले आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा आज संयुक्त अरब इमिरेट्स (युएई) विरूद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। ओमान क्रिकेट एकेडेमीको मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङको निर्णय गरेका हुन्। जापान विरूद्धको खेलको सुरूवाती ११ लाई प्रशिक्षक स्टुवार्ट लले निरन्तरता दिएका छन्। नेपाल र […]
October 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध आज सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि फुटबल समर्थकले शान्तिपूर्ण धर्ना प्रदर्शन गरेका छन् । पछिल्लो केही वर्षयता नेपाली फुटबलमा देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता विरुद्ध उनीहरूले सामूहिक रूपमा आवाज उठाएको बताएका छन्। बिहान झन्डै १० बजेदेखि झन्डै एक घन्टा चलेको धर्नामा सहभागी हुनु […]
October 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको मैत्रीपूर्ण ‘मुनाल भलिबल कप’ को उपाधि कर्मचारी टिमले जितेको छ। शनिबार भएको फाइनल खेलमा कर्मचारी टिमले भेट्रान ए टिमलाई पराजित गर्दै प्रतियोगिताको पहिलो संस्करणको उपाधि जितेको हो। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने पिपर फेजेन्ट कन्जर्भेशन ल्याण्डस्केपमा आयोजना गरिएको यो प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत जैविक विविधता संरक्षण र स्थानीय समुदायबीच एकताको […]
October 12, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच ओमानमा जारी आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सको आज हुने खेल सम्भवतः यसपटकको सबै भन्दा रोचक र प्रतिस्पर्धात्मक हुन सक्ने सम्भावना छ। ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयअनुसार दिउँसो ४:१५ बजे खेल सुरु हुनेछ। दुबै टोलीका लागि विश्व कप छनोट […]
October 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन फुटबल क्लबसँग आज दिउँसोको लागि तय भएको बैठक स्थगित गरेको छ। होम-एन्ड-अवेको आधारमा पुस ९ गतेदेखि हुने लिगको विषयमा आज दिउँसो २ बजे एन्फा र ए डिभिजन क्लबबीच बैठक तय भएको थियो। तर बैठक सुरू हुन करिब ३ घण्टा अगाडि क्लबहरूले दिएको सुझाव र […]
October 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीकी सदस्य प्रीति राई सम्मिलित इत्तिहाद जोर्डनको प्रोफेसनल लिगमा विजयी भएको छ। नजिरा ओमान एफसीलाई शनिवार ३-१ गोलले हराएसँगै इत्तिहाद लिगको शीर्ष स्थानमा पुगेको छ।खेलको चौथो मिनेटमा गोलको सामना गरेको इत्तिहादले त्यसपछि उत्कृष्ट पुनरागमनका साथ ३ गोल फर्कायो । इत्तिहादका लागि मी स्वेलमले ४०औं बराबरी गोल गरिन् । स्वेलमले नै […]
October 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि स्कटल्याण्डका ब्याटर जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ। मुन्से टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटिङका लागि परिचित खेलाडी हुन्। उनले स्कटल्याण्डको तर्फबाट ५० भन्दा बढी टि ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनको आगमनले टोलािको माथिल्लो क्रम थप बलियो हुने विराटनगरले विश्वास लिएको जनाएको […]