July 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) नाम र लोगोको ट्रेडमार्क विवादलाई उद्योग विभागले अन्त्य गरिदिएको छ। जोरा स्पोर्टस म्यानेजमेन्ट प्रा.लिले नेपाल क्रिकेट संघ (क्यान) ले एनपिएलको नाम र लोगो नामक ट्रेडमार्कको नक्कल गरी अनाधिकृत प्रयोग गरेको भन्दै उद्योग विभागमा उजुरी गरेको थियो । विभागले असार २४ गते उजुरीकर्ताको उजुरी दाबी नपुग्ने ठहरी निर्णय गरेको […]
July 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप मंगलवार हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे । करिब ८५ लाख रुपैयाँ बराबरको विभिन्न […]
July 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- औरियम एकेडेमीको नेतृत्वमा नेपालका ३ टोलीले डेनमार्कमा आयोजना हुने डाना कप २०२५ मा सहभागिता जनाउने भएका छन्। डाना कपमा यसपटक रातो बंगला स्कुलका यु १२ ब्वाइज टोली र यु १४ गर्ल्स टोली तथा संस्कृति इन्टरनेशनल स्कुलको यु १४ ब्वाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। औरियम एकेडेमी यो यात्राको प्रमुख संयोजन र व्यवस्थापनको भूमिकामा रहेको […]
July 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टेनिस संघले डेभिस कपको छनोट प्रकृया निष्पक्ष र पारदर्शी रहेको प्रष्ट पारेको छ । खेलाडी अभिषेक बास्तोलाको विषयमा उठेका प्रश्नको जवाफ दिदै संघले निष्पक्षता, पारदर्शीता र प्रर्दशनका आधारमा डेभिस कपमा नेपाली टोली छनोट गरिएको बताएको हो । सन् २०२४ को आइटिएफको शीर्ष २ हजारभित्र रहेकाले अभिषेक र नेपाल नम्बर एक प्रदीप […]
July 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका लकेन लिम्बू कम्बोडियन टोली किरिभोङ सोकसेन्चे फुटबल क्लबमा आबद्ध भएका छन्। थ्री स्टार क्लबका व्यवसायिक फुटबल खेल्न सुरु गरेकासिंगापुरमा हुर्किएका लकेनले दिल्ली एफसीले आई-लिग खेलेका थिए। लेकनले किरिभोङमा आबद्ध हुन पाउनु आनो लागि ठूलो सम्मान भएको छ।
July 15, 2025
एजेन्सी – रियल म्याड्रिडमा १३ वर्ष बिताएका लुका मोड्रिच फ्रि ट्रान्सफरमा एसी मिलानमा आबद्ध भएका छन्। ३९ वर्षीय मिडफिल्डरले इटालियन क्लबसँग सन् २०२६ को जुनसम्मको सम्झौतामा हस्ताक्षर गरेका छन् । एक वर्ष थप गर्ने विकल्प पनि मिलानसँग हुनेछ। अमेरिकामा भएको क्लब विश्वकपपछि रियल छाड्ने मोड्रिचले मे महिनामा घोषणा गरेका थिए । सम्झौतापछि मोड्रिचले भने,’ खेलजीवनको […]
July 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्सले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक रुपमा निरन्तरता दिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका निम्ति टोलीको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा मल्ललाई नियुक्त गरेको कर्णाली याक्स स्पोर्टस प्रा.लिका निर्देशक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् । ‘पहिलो संस्करणमा पाएको सफलतामा पूर्व अन्तर्राष्ट्रिय खेलाडी मल्लको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले पनि […]
July 14, 2025
एजेन्सी – विश्व नम्बर एक यानिक सिन्नरले पहिलो पटक विम्बल्डन उपाधि जितेका छन् । पुरुष टेनिसको प्रमुख शक्तिहरूबीच भएको अर्को उच्चस्तरीय ग्रान्ड स्ल्याम फाइनलमा कार्लोस आल्काराजलाई ३-१ ले हराउँदै सिन्नरले पहिलो पटक विम्बलडन उपाधि प्राप्त गरेका छन्। इटालीका सिन्नरले अङ्ग्रेजी टेनिसको गढ ‘अल इङ्ग्ल्यान्ड क्लब’मा स्पेनका विश्व नम्बर दुई आल्काराजविरुद्ध ४-६, ६-४, ६-४, ६-४ को […]
July 14, 2025
एजेन्सी – इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेनलाई ३-०ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । अमेरिकाको न्यूयोर्क स्थित मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । चेल्सीको जितमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे । प्रतियोगिता अवधिभर उत्कृष्ट […]
July 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले घरेलु टोली बंगलादेशलाई २-२ को बराबरीमा ल्याएपनि अन्तिम मिनेटमा गोल खाँदै ३-२ ले पराजित भयो । पहिलो हाफमा बङ्गलादेशले २-० को अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा बङ्गलादेशले अग्रता बनायो। सिना जहान […]