default_image

lokpriya

July 13, 2025

पहिलो हाफमा नेपाल पछाडि

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो हाफमा नेपाल विरूद्ध बंगलादेशले २-० को अग्रता बनाएको छ। बंगलादेशमा जारी च्याम्पियनसिपको १३औं मिनेटमा घरेलु टोलीले अग्रता बनायो। सिना जहान शिखाले गोल गरिन्। डिफेन्डर गंगा रोकायाले गोल लाईनबाट बचाएको बललाई उनले गोल गरेकी हुन्। त्यसपछि नेपालले बराबरी गोल फर्काउने मौका गुमायो। २८औं मिनेटमा अनिषा राईको फ्रि किक […]

July 13, 2025

महिला भलिबल लिगको अक्सन यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल ) को दोस्रो संस्करणका लागि यसै साता खेलाडीको‌ अक्सन हुने भएको छ। इडब्लुभिएकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्नेभी चापागाईले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै बिहीवार खेलाडी अक्सन‌ हुने जानकारी दिएकी छिन्। प्रत्यक्ष बोलकबोल प्रणाली अन्तर्गत टोलीले राष्ट्रिय स्टार खेलाडी, नवप्रतिभा र उदाउँदा खेलाडीबीचबाट आफ्नो टोली […]

July 13, 2025

स्वियातेकलाई पहिलो पटक विम्बल्डन उपाधि

एजेन्सी – पोल्यान्डकी इगा स्वियातेकले विम्बल्डन उपाधि जितेकी छिन्। स्वियातेकले शनिवार अमान्दा एनिसिमोवामाथि ६–०, ६–० को क्रूरतापूर्ण जित निकाल्दै पहिलो पटक विम्बल्डन उपाधि हात पारेकी हुन्। फाइनल मात्र ५७ मिनेटमा टुंगिएको थियो। यो अमेरिकी खेलाडी एनिसिमोवाका लागि कठोर अनुभव थियो । तर स्वियातेकसँग यस्तै पराजय भोग्नुपर्ने उनी मात्र एक्ली होइनन्। सन् २०२१ मा पनि स्वियातेकले […]

July 12, 2025

क्षितिजलाई ललितपुर ब्लिज चेसको उपाधि

ललितपुर (हाम्रो खेलकुद)- फिडे मास्टर क्षितिज भण्डारीले महालक्ष्मी चेस एकेडेमीकाे आयोजनामा जेजे एस क्याफे दोस्रो ब्लिज रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन्। स्विस लिग प्रणाली अनुसार नवौं चरणको एकदिने द्रुतगतिको खेलमा क्षितिजले ८ खेलमा जित र एक खेलमा बराबरी खेली साढे ८ अंकसहित ट्रफि जितेका हुन्। अन्तिम खेलमा ललितपुरका सानुराजा बज्राचार्यलाई पराजित गरेका क्षितिजले ८ […]

July 12, 2025

एन्फामाथिको ‘कन्ट्रोल फन्डिङ’ हट्यो

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि ४ वर्ष भन्दा लामो समयदेखि लगाएको कन्ट्रोल फन्डिङ हटाएको छ। फिफाको गभर्नेन्स,अडिट एन्ड कम्ल्लाइन्स कमिटी (जिएसिसी) को बिहीवार (जुलाई १०) को निर्णयबाट कन्ट्रोल फन्डिङ हटाईएको फिफाको पत्र प्राप्त भएको एन्फाले शनिवार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । सन् २०२१ को […]

July 12, 2025

नेपालगन्ज नाइट रन पनि एम्समा आबद्ध‌

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालमा रातमा आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ अब विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ। संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको […]

July 12, 2025

हेल्प नेपाल काभा क्लब च्याम्पियन्स खेल्न माल्दिभ्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा हुने काभा पुरुष क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टिप टप हेल्प नेपाल स्पोर्टस क्लबलाई आज बिदाइ गरिएको छ। च्याम्पियनसिपमा साउन १ देखि ७ गतेसम्म हुनेछ। नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ उपाधि जित्दै हेल्प नेपाल यो प्रतियोगिताको एागि छनोट भएको हो। हेल्प नेपालको यो‌ लगातार दोस्रो सहभागिता हो। यसपटक प्रतियोगितामा नेपाल, […]

July 12, 2025

स्पेन शत प्रतिशत जितसहित क्वाटरफाइनलमा

एजेन्सी – स्पेन शत प्रतिशत जितका साथ युइएफए महिला युरो २०२५ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। एस्टर गोन्जालेजले जारी युरोपमा आफ्नो चौथो गोल गरेपछि स्पेनले इटालीलाई ३- १ ले पराजित गरेको हो ।हार व्यहोरे पनि इटाली समूह ‘बी’ को दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ । शुक्रवारको अर्को खेलमा बेल्जियमसँग पराजित भएका पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको […]

July 12, 2025

नेपालको पहिलो खेल कुवेतसँग

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले टि ट्वान्टी विश्व कपको एसियाली तथा पूर्वी एसिया प्यासेफिक छनोटको पहिलो खेलमा कुवेतको सामना गर्ने भएको छ । ओमानमा असोज २२ ( अक्टोबर ८ ) गते छनोट प्रतियोगिता सुरु हुनेछ । नेपालले पहिलो दिन कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । शनिवार जारी खेल तालिका अनुसार नेपालले दोस्रो खेलमा असोज २४ […]

July 11, 2025

सचिन र सुशीललाई एसपिए कलेजको सम्मान

धनगढी (हाम्रो खेलकुद)- धनगढीमा रहेको एसपिए कलेजले सुदूरपश्चिमका क्रिकेट खेलाडी सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान गरेको छ। कलेजमा आज भएको कार्यक्रममा उनीहरूलाई जनही २५ हजार रुपैयाँ पुरस्कारका साथै मास्टर्स तहसम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदानको घोषणा गरेको छ । मलेसियामा सम्पन्न एसिसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल […]

Success

Thank you for your time.