September 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी अनु अधिकारीले रसियाको मस्को सहरमा आयोजना हुने ¥याङकिङ प्रतियोगिता समेत रहेको कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । उनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल, राखेपका सदस्य पुरेन्द्र विक्रम लाखे र प्रशिक्षक दीपक श्रेष्ठलगायतले बिदाई गरे । खेलाडीलाई […]
September 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नरहरिपुर डोजोले प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ३ स्वर्ण, २ रजत र ३ कांस्यसाथ नरहरिपुर समग्रमा टिम च्याम्पियन बन्यो । शंखधर शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा वादोकाइ दोश्रो भयो । वादोकाइले ३ स्वर्ण र २ कांस्य जित्यो । २ स्वर्ण, १ रजत र […]
September 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । पुरुष ४५ केजीमा रोशनले विष्णुदेवी डोजोका सुनिल ठगुन्ना तथा ५० केजीमा बुद्धले एनएसकेका धनबहादुर सुनुवारलाई फाइनलमा पराजित गरे । पुरुष एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धर पहिलो तथा चन्द्रागिरीका सन्दिप […]
August 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यमा परेका प्रशिक्षक तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीलाई शनिबार राहत वितरण गरेको छ । संघले समस्यमा परेकालाई नगद, खाद्यान्न र स्वास्थ्य सामाग्री राहत स्वरुप वितरण गरेको हो । सबै मिलाएर ३ लाख ५० हजार बराबरको सहयोग वितरण गरिएको वादोरियो कराते संघले कार्यक्रमका […]
August 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कराते खेलाडी कृष्णबहादुर राईको बुधबार निधन भएको छ । कोभिड संक्रमण भएपछि साउन २९ गते पुलिस अस्पतालमा भर्ना गरिएका राईको बुधबार दिउँसो १२ः१५ बजे मृत्यु भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । सिन्धुलीको बोलञ्जोर गाँउपालिका ७ खुर्कोटका राईले […]
August 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकामा बसोबास गरिरहेका करातेका पुर्व अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीसँगै प्रशिक्षक तथा च्याम्पियन मार्सल आर्ट्स युएसएले अस्वस्थ्य रहेका कराँतेका निर्णायक जस बहादुर पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । करातेका पुर्व अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी तथा च्याम्पियन मार्सल आर्ट्स युएसएले नेपालमा कराते भित्र्याउने करातेका संस्थापक थानेश्वर राईको उपस्थितिमा संकलित १ हजार ६ […]
July 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो पटक ओलम्पिकमा कराते समावेश हुँदा नेपाली खेलाडीले त्यसमा भाग लिन नपाउँदा निराशा हुनु स्वभाविक भएपनि आउने प्रतियोगिताका लागि तयार रहनुपर्ने प्रशिक्षक दीपक श्रेष्ठले बताएका छन् । कराते पहिलो पटक टोकियो ओलम्पिकमा समावेश गरिएको थियो । सोही ओलम्पिकलाई लक्षित गर्दै २ खेलाडीलाई आन्तरिक तयारीमा राखिएको पनि थियो । तर, कोरोना महामारी र […]
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बाराको निजगढ –२ सिंगौलमा आयोजित ‘निजगढ सिटीकप’ मार्शल आर्टस् फेस्टिबलमा बागमती प्रदेश टिम च्याम्पियन बनेको छ । २९ देखि ३१ असारसम्म भएको मार्शल आर्टस् फेस्टिबल अन्तर्गत पुरुष खुल्ला आइटिएफ तेक्वान्दोमा बागमति प्रदेशका निराजन दिम्बम र महिला खुल्ला फुलकन्ट्याक्ट करातेमा तारा घलानले स्वर्ण जित्दै जनही नगद ५० हजार हात पारेका छन् । […]
June 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गैर आवासिय नेपाली संघको एनआरएनए स्पोर्ट्स एकेडेमीले समस्यामा परेका खेलकर्मी तथा खेलाडीलाई खाद्य सामग्री सहयोग गरेको छ । प्रवासी नेपाली खेलाडी र खेल प्रेमीहरुको खेलकुद निकाय, यस गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले नेपालमा फैलिरहेको कोरोना महामारीको दोस्रो लहर र महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको कारण समस्यामा परेका काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने […]
June 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठको संयोजकत्वमा कालिका नगरकोटी गुठी समाजद्धारा सञ्चालित आइसोलेसन वार्डलाई अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । कोभिड–१९ को दोस्रो लहर चलेसँगै गुठीले सञ्चालन गरेको आइसोलेसन वार्डलाई समाजसेवी एवम् सभासद बिमल केडियाको विशेष सहयोगमा प्राप्त अक्सिजन सिलिन्डर प्रदान गरिएको दोहोरो स्वर्णधारी मन्देकाजीले जानकारी गराए […]