default_image

अन्य

March 14, 2024

खम्बूले सुरु गरिन् हिमालयन चेस एकेडेमी

काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापित हिमालयन चेस एकेडेमीको बिहीबार उद्घाटन भएको छ । थापाथलीमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् । राखेप सदस्य घिसिङले भने, ‘चेसको विकासको लागि निजी […]

March 14, 2024

एनएनआइपिए स्पोर्टस अवार्डलाई केडिया ग्रुपको साथ

काठमाडौं (हाम्रो खेलकुद)– एनएनआइपी स्पोर्टस अवार्डलाई केडिया ग्रुपले प्रायोजन गरेको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड यसपटकबा केडिया ग्रुपले प्रायोजन गर्ने सम्झौता बिहीबार भएको हो । अवार्ड चैत १२ गते ललितपुरको शंखमुल पुल नजिक यल दरबारमा हुने भएको छ । केडिया ग्रुपका अध्यक्ष विमल केडिया र […]

March 12, 2024

कीर्तिमानी धावक मानन्धर सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – क्यामेलिया स्कुलले आफ्नो रजत महत्सवमा कीर्तिमानी धाकव बैकुण्ठ मानन्धरणलाई सम्मान गरेको छ । सोही अवसरमा करातेका उदीयमान खेलाडी आर्यन रन्जितलाई सम्मान गरिएको थियो । मानन्धरले दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी स्वर्ण पदक जितेका थिए । मानन्धरले सन् १९८४ को पहिलो साफ, १९८५ र १९८७ […]

March 11, 2024

मुवाँथाई टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ५ खेलाडीले थाइल्यान्डको बैंककमा हुने १९औं विश्व मुवाँथाई च्याम्पियनसिपमा भाग लिने भएका छन्। टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको‌‌ छ। मार्च १२ देखि २० सम्म हुने प्रतियोगिताको पुरुष ५४ केजीमा गुणराज रुचाल, ५१ केजीमा सुशिल शाह ठकुरी र सञ्जय राई (प्रो) र ५७ केजीमा गुमान घर्ती मगरले प्रतिस्पर्धा गर्नेछन् । महिला ५१ […]

March 10, 2024

चौथो मन्जुश्री ट्रेल रेस अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- चौथो मन्जुश्री ट्रेल रेस अर्को महिना आयोजना हुने भएको छ। रेस चैत २३ गते‌ सुरु हुने बताइएको छ। एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा आयोजना हुन लागेको चौथो संस्करण अन्तर्गत मन्जुश्री ट्रेल रेसको आवेदन खुलाइएको आयोजकले जनाएको छ। जस अन्तर्गत मन्जुश्री ट्रेल रेसको १ सय माइल र १ सय किलोमिटरको उत्कृष्ट ५ […]

March 10, 2024

तोरनल्ह भलिबल रनिङ कप अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता तोरनल्ह भलिबल रनिङ कप २०२४ आयाेजना हुने भएकाे छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप ओबर्नस्थित ओबर्न बास्केटबल सेन्टरमा मार्च १७ तारिख अर्थात चैत ४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायकाे महान पर्व तोरनल्हको अवसरमा हरेक वर्ष भलिबलसँगै खेलकुदका […]

March 9, 2024

सुदिप,सुमन र विकेश शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- श्रीमती मंगला देवी सिंह स्मृति खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न हुँदा काठमाडौका सुदिप तामाङ , सुमन लामा र भक्तपुरका विजेश राज कर्णिकार ४ अंक सहित संयुक्तरूपमा अग्रस्थानमा छन्। सुदिपले तेस्रो चरणको खलमा ललितपुर कै  काठमाडौका कुमार महर्जनलाई र चौथो चरणको खेलमा पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई हराएका थिए।‌ […]

March 9, 2024

एसियाली र्‍याफ्टिङमा नेपाललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ । उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले कास्य जित्यो । डाउन रिभरमा ६० अंक जोडेको नेपाल चौथो […]

March 7, 2024

रविलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- पूर्व नम्बर एक गल्फर रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं  प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन्। साविक विजेता एमेच्योर सदभाव आचार्यलाई ७ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै रविले उपाधि जितेका छन्। रविले सात वर्षपछि करियरको पहिलो उपाधि जितेका हुन। सन् २०१७ को अप्रिलमा सूर्य नेपाल एनपीजीए म्याच […]

March 7, 2024

थ्री वाइ थ्री बास्केटबलको ब्राण्ड एम्बास्डर अभिनेता शाही

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्ड हलमा शनिबार सुरु हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधामा प्रतिस्पर्धा हुनेछ । ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ ८ टोलीको सहभागिता रहने प्रतियोगितामा विदेशी टोलीका रूपमा ‘बंगलादेश नेभी’ र ‘बंगलादेश युनिभर्सि’टीको क्लबले […]

Success

Thank you for your time.