January 1, 2024
लमजुङ (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्वा राई र खोटाङकी प्रिया राईले राइनासकोट भर्टिकल दाैडको उपाधि जितेका छन् । खुल्ला पुरुषतर्फ राजनले १ घण्टा १ मिनेट १९ सेकेन्डमा दुरी पार गरि पहिलो भएका हुन् । १ घण्टा १ मिनेट २५ सेकेण्डमा दुरि पार गरि सोलुखुम्बुका अर्जुन राई दोस्रो भए । बझाङका करन […]
January 1, 2024
काभ्रे (हाम्रो खेलकुद)- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ पार्वती मावि तथा छात्रातर्फ भूमिमाता मावि प्रथम भएका छन् । गाउँपालिकाको वडा नं. १ को च्याम्राङबेंशीमा भएको प्रतियोगितामा छात्रतर्फ चक्रेश्वर माविले र छात्रातर्फ सरस्वती मावि पार्थलीले दोस्रो भए । तेस्रो स्थानमा छात्रतर्फ भिमसिनेश्वर मावि र छात्रामा चक्रेश्वर मावि तेस्रो स्थानमा रहे । गाउँपालिका सबै […]
December 31, 2023
हेटौंडा (हाम्रो खेलकुद) – एपिएफ र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड युथ स्पाेर्टस् क्लबबीच हेटौंडामा जारी केशवलाल स्मृति खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ। लिगमा अपराजित रहेको एपिएफ ११ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो । ७ अंक जोडेको न्यु डायमण्ड अन्तिम खेलअघि उपाधि नजिक पुगेकाे हाे । एपिएफले लिगको […]
December 31, 2023
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भारोत्तोलन संघको आयोजनामा अर्को साता २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको पुस २४ गतेदेखि हुने आइतबार मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पुरुष/ महिलातर्फ सिनियर, जुनियर र युथमा समान १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजक भारोत्तोलन […]
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हाङ्गचौमा असोजमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा पदक विजेता र सहभागी खेलाडीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शनिबार सम्मान गरेको छ । सो अवससमा सहभागी खेलाडीलाई आयोजकबाट प्राप्त विशेष प्रमाणपत्र पनि प्रदान गरिएको थियो । असोज ६ देखि २१ सम्म आयोजित एसियाडमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडीको […]
December 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्की संघको आयोजनामा माघको दोस्रो सातातिर पाँचौ राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने शुक्रबार संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुनेछ । त्यसमा पुरुष तथा महिलाको प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगितालाई लक्षित गरेर गरिने प्रशिक्षणमा ५० […]
December 29, 2023
काठमाडौं ( हाम्रो खेलकुद) –दिनेश प्रजापतिले नेपाल एनपीजीए म्याच प्लेको उपाधि रक्षा गरेका छन् ।शुक्रबार चौंथो वरियताका जयराम श्रेष्ठलाई हराउँदै दिनेशले उपाधि जोगाउन सफल भएका हुन् । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिताको फाइनल ३६ होलमा थियो। रोयल नेपाल गल्फ क्लबमा भएको फाइनलमा दिनेश ६/४ ले विजयी भएका हुन् । दिनेशको करियरको […]
December 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेशी हातेमालो सहकारी संस्था युएईको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा हुन लागेको नेपाली अन्तर संस्था स्तरीय युएईं व्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको तयारी पूरा भएको छ । प्रदेशी हातेमालो सहकारी संस्था युएईले यही शनिबार ३१ डिसेम्वरमा हुने भलिबल कपको सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष मनु सुनारले जानकारी […]
December 29, 2023
पोखरा (हाम्रो खेलकुद) – अर्को महिना पोखरामा आयोजना हुने चौथो संस्करणको टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा भारत र श्रीलंकाको क्लबको पनि सहभागिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने माघ १ गते देखि ६ गते सम्म हुने टाइगर कप महिला र पुरुषमा गरि १२ टोलीको सहभागिता रहने […]
December 28, 2023
खरा (हाम्रो खेलकुद) – दोश्रो राष्ट्रिय दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट पोखरामा सुरु भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदिप सोतीले देवीनगर क्लबका सुजल राज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका छन् । प्रतियोगिताका छैटौं वरियाताका एपिएफका […]