default_image

अन्य

December 24, 2023

विशाल सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाका ओपन स्पाइकर विशाल बहादुर विक प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । आयोजक द गोर्खा स्पोर्ट्सलाई च्याम्पियन बनाउन विशालले सानदार प्रदर्शन गरेका थिए । एक दिने प्रतियोगिताको चार खेलमा विशालले अल राउन्डर प्रदर्शन गरेका थिए । उनी नै प्रतियोगिताको […]

December 24, 2023

गोर्खालाई अन्तर्राष्ट्रिय पुरुष भलिबल कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइज युथ क्लब अष्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली राष्ट्रिय टोलीका स्पाइकर विशाल बहादुर विक सम्मिलिथ गोर्खाले उपाधि जित्न सफल भएको हो । अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल लाकेम्वामा भएको […]

December 23, 2023

गोल्डेन गेट क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिताको शनिबार क्वाटरफाइनल प्रवेश गरेका छन् । समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा गोल्डेन गेटले रोयल्सलाई ८५–६७ ले पराजित ग¥यो । गोल्डेन गेटका उर्गेनले २० स्कोर गरे । प्रसोन मल्ल ठकुरीको १९ स्कोरको मद्दतमा बूढानीलकण्ठले योद्धालाई ७४–४२ ले हरायो । […]

December 23, 2023

ब्याडमिन्टनमा दिक्षिता र टेबल टेनिसमा जायशा विजयी

काठमाडौं (हाम्रो खेलकुद)– चौथो अन्तरस्कुल खेलकुद प्रतियोगिताको ब्याडमिन्टनमा न्यू डायमण्डकी दिक्षिता लामिछाने र टेबल टेनिसमा ग्रिन भ्यालीकी जायशा तामाङ विजयी भएकी छिन् । त्रिभुवन विश्वविद्यालयको मास्र्टस प्रोग्राम इन स्पोर्टस साइन्सको चौथो ब्याचको आयोजनामा शनिबार अन्तर स्कुल खेलकुद प्रतियोगिता भएको थियो । प्रतियोगितामा गल्र्स ब्याडमिन्टन र टेबल टेनिसमा बानेश्वरको श्रृष्टी एकेडेमी, न्यू डायमण्ड एकेडेमी, ग्रिन भिलेज […]

December 23, 2023

तुल्सिलाल स्मृति बुद्धिचाल हुने

काठमाडौं ( हाम्रो खेलकुद)- ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता यसै महिना हुने भएको छ। नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुल्सिलाल अमात्यको स्मृतिमा ललितपुरको च्यासल स्थित तुल्सिलाल प्रतिष्ठान हलमा लिग कम नकआउट आधारमा प्रतियोगिता हुने महासंघले शनिबार पत्रकार सम्मेलनमा जानकारी दियो। पुस […]

December 23, 2023

रशिला र प्रिन्सलाई ललितपुर मेयर कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याडमिन्टन खेलाडीद्वय रशिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधि रक्षा गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रशिला महर्जन र एपिएफका प्रिन्स दाहालले दोश्रो संस्करणको दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी रक्षा गरेका […]

December 23, 2023

रिनालाई चापागाउँ डोजोको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- चापागाउँ कराते डोजोले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप टिम कातामा स्वर्ण पदक जितेकी रिना श्रेष्ठ नगद पुरस्कारसहित सम्मान गरेको छ । डोजोले उनलाई शनिबार सम्मान पत्रसहित २५ हजार रुपैयाँले सम्मान गरेको हो । दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता एवम् नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […]

December 23, 2023

अन्तर्राष्ट्रिय पुरुष भलिबल कपको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाका अध्यक्ष दिपेन राईले भाेलि आइतबार हुने पहिलो संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । प्रतियोगितामा नेपाली समुदायका विभिन्न १४ टोलीको सहभागिता रहेकाे छ । […]

December 22, 2023

खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयन

ठमाडौं (हाम्रो खेलकुद)– नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेसँगै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै खेलकुदमा नयाँ अध्याय सुरु भएको बताएका छन् । घिसिङले सदस्य सचिवको कार्यभार सम्हाल्ने क्रममा खेलकुद बीमालेख कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । खेल संघको संस्थागत […]

December 22, 2023

समृद्धि यु १९ बास्केटबलको प्रिक्वाटरफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा प्रिक्वाटरफाइनल पुग्ने १६ टिमको शुक्रबार टुंगो लागेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा टाइम्स बास्केटबल क्लब, आईएसए नेपाल, गोल्डेन गेट बास्केटबल क्लब, एन्जल्स हार्ट कलेज, ग्रिनफिल्ड कलेज, बूढानीलकण्ठ बास्केटबल क्लब, सीसीआरसी कलेज, कीर्तिपुर बास्केटबल क्लब प्रिक्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ मा […]

Success

Thank you for your time.