December 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष एमेच्योर गल्फर सुभाष तामाङले भारतको प्रतिष्ठित आइजीयु एमेच्योर गल्फ च्याम्पियनसिपको १ सय २२ औं संस्करणको उपाधि जितेका छन् । म्याच प्ले फर्म्याटमा भएको प्रतियोगिताको फाइनलमा सुभाषले भारतका रोहितलाई पराजित गर्दै उपाधि जितेका हुन् । उनले ९ एण्ड ७ को स्कोरका साथ भारतमा उपाधि जितेका हुन् । ३६ होलमा खेलिएको […]
December 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल व्यायाम मन्दिरको शनिबार भएको २३ औं साधारण सभाले नारायण प्रधानलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । प्रधान छैटौं पटक अध्यक्ष चुनिएका हुन् । २०१० सालमा स्थापित व्यायाम मन्दिर नेपालको अग्रणी खेल संस्था मध्येको हो । साधारण सभाले मन्दिरको बरिष्ठ उपाध्यक्षमा अजय बज्राचार्य, उपाध्यक्षमा नानी काजी डंगोल र अनिललाल श्रेष्ठ, महासचिवमा […]
December 16, 2023
विजय नेपाली, पोखरा पोखरामा अर्को महिना मुवाथाई च्याम्पियनसिप हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाथाई अर्गनाइजेसनको मुवाथाई पुस ९ गते हुने भएको हो । मार्सल आर्ट्स अन्तरगतको मुवाथाई व्यवसायिक फाइट हो । प्रतियोगितामा सहभागी हुने सबै खेलाडीले नगद प्राप्त गर्नेछन् । ‘क्रिसमस डे’ को अवसर पारेर लेकसाइडमा आयोजना हुन लागेको […]
December 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) –विपना ब्लोन र अरहान्तकेशर सिंह एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगितामा च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघका भवनमा शनिबार भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर १ अरहान्तले अमिर ब्लोनलाई ४ सेटमा ६–११, ११–७, ११–४, ११–८ ले पराजित गरे । अरहान्तको खेलजीवनको यो १४ औं एकल उपाधि हो । महिला […]
December 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली तथा एपिएफका खेलाडी डडेल्धुराका टेकराज अवस्थी उत्कृष्ट युवा पुरस्कार–२०२३ बाट सम्मानित भएका छन्। बुटवलमा नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुक्रबार टेकराज उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएका हुन् । नेपाल जेसीजले विभिन्न विधामा विशिष्ट योगदान गरेका युवालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गर्दै आएको छ। भलिबलका माध्यमबाट खेलकुद […]
December 16, 2023
ललितपुर (हाम्रो खेलकुद)– न्युजेन तेक्वान्दो एकेडेमीका दुई पदक विजेता खेलाडीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका उपाध्यक्ष विनोद कुँवरले नगदबाट पुरस्कृत गरेका छन् । गत साउनमा मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेनका सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका थिए। सक्षमले १० देखि १४ वर्षको ब्ल्याक बेल्ट पुम्सेमा र सम्राटले यू १३ देखि १५ […]
December 15, 2023
काठमाडौं (हाम्रो खेलकुद)- फेडरेसन इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोटर््स(फिक्ट्स)को नेपाल प्रतिनिधिमा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी चयन भएका छन् । इटलीको मिलानोमा हेडक्वार्टर रहेको फिक्ट्सको बोर्ड बैठकले ठकुरीलाई नेपालमा खेलकुद संस्कृतिको प्रवद्र्धनमा कार्य गर्न नियुक्त गरेको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आइओसी)बाट मान्यताप्राप्त फिक्ट्सले खेलकुदको मुल्य मान्यता एवं ओलम्पिक र प्याराओलम्पिक गेम्सको सामाजिक सांस्कृतिक महत्वलाई प्रवद्र्धन गर्दछ […]
December 13, 2023
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा दक्षिण एसियाली कराते महासंघको महासचिव चयन भएका छन्। दक्षिण एसियाली महासंघका अध्यक्ष भारतीय भरत शर्माले महासंघको कार्यसमितिलाई पूर्णता दिने क्रममा लामालाई महासंघको महासचिव मनोनयन गरेका हुन् । काठमाडौंमा सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप (मंसिर १६ र १७ गते) को अघि भएको महासंघको कंग्रेसले शर्मालाई अध्यक्ष निर्वाचित […]
December 13, 2023
काठमाडौं (हाम्रो खेलकुद)- उमित शाक्य एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिताको पुरुष एकलमा सेमिफाइनल छन् । बुधबार छविलाल पाइजा पुनलाई ११–७, ११–५, ११–५ ले हराउँदै उमित अन्तिम चारमा पुगेका हुन्। योसँगै पुरुष एकलको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंह, अमिर ब्लोन र दिपक थापा सेमिफाइनल पुगेकाथियो । सेमिफाइनलमा उमितले अरहन्त […]
December 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल हकी संघले मंगलबार वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मा भएको कार्यक्रममा हकी संघले कार्यक्रम सार्वजनिक गरेको हो । संघले पुसमा हेटौडामा अन्तरनगरपालिका हकी प्रतियोगिता आयोजना गर्ने बताएको छ । जनकपुरमा माघको अन्तिम साता मदन भण्डारी कप महिला राष्ट्रिय हकी प्रतियोगिता, धुलिखेलमा फागुनको अन्तिम साता सहाना […]