December 22, 2023
काठमाडौं ( हाम्रो खेलकुद)- राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ सेनाको हवल्दारमा बढुवा भएका छन्। मानबहादुर नायकबाट शुक्रबार हवल्दारमा बढुवा भएका हुन् । २०७१ मा सेनामा प्रवेश गरेका मानबहादुर २०७२ मा लेस नायक र २०७५ मा नायकमा बढुवा भएका थिए। त्रिभुवन आर्मी क्लबको भलिबल टोलीका सदस्य समेत रहेका उनले सेनामा २०७४ मा स्वीकृती पदक र […]
December 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)- पिकलबल संघ नेपालको आयोजनामा फागुनमा नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको छ। सातदोबाटो स्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते आयोजना गरिने शुक्रबार पत्रकार सम्मेलनमार्फत संघले जानकारी दिएको छ। नेपालको २४ सहित,भारत, थाइल्याण्ड, बेलायत,स्पेनका गरि १ सय २० खेलाडीको प्रतियोगितामा सहभागिता रहने बताइएको छ। टोलीका व्यवस्थपक ज्याक्सन सुवेदीले ३ विधा एमेच्योर, […]
December 22, 2023
हिमाल खरेल,बिर्तामोड स्ट्रेन्थ लिफ्टिङ वर्ल्ड तथा आइबिपी च्याम्पियनसिपको १० औँ संस्करणमा झापाबाट सहभागी तीनैजना खेलाडीले स्वर्ण पदक जितेका छन् । भारतको हैदरावादस्थित लालबहादुर शास्त्री इन्डोर स्टेडियममा डिसेम्बर २१ तारिख सम्पन्न प्रतियोगितामा झापाका खेलाडीले स्वर्णसहित दोहोरो पदक जितेको झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले जानकारी दिए । प्रतियोगतामा सहभागी झापाका खेलाडीहरुले ३ स्वर्ण र […]
December 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बूढानीलकण्ठले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ जित हासिल गरेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले बिहीबार काभ्रे एकेडेमीलाई ७९–६५ ले पराजित ग¥यो । बूढानीलकण्ठका तेन्जिङ शेर्पाले २७ स्कोर गरे । पुरुषमै गोल्डेन गेटले उर्गेन लामाको २० स्कोरमा समृद्धिलाई ८९–३७ ले पराजित गर्यो । सिसिआरसीले ह्वाइटहाउसलाई ६८–५४ ले हराउँदा […]
December 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा भएको मोर्डन पाइथान गेम्समा नेपाली मुवाँथाइ खेलाडीले बिहीबार ४ स्वर्ण जितेका छन् । प्रतियोगितामा नेपालबाट समान २ पुरुष/ महिला गरी ४ खेलाडी सहभागी भएकोमा चारैले स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका उपाध्यक्ष समेत रहेका टिम प्रशिक्षक राहुल मोक्तानले जनाएका छन् । पुरुष ६५ केजीमा मुकेश लुइटेल खत्रीले भारतका […]
December 21, 2023
हिमाल खरेल, बिर्तामोड झापाको दमकले ताप्लेजुङको दोभानमा सम्पन्न अन्तरजिल्ला क्लबस्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । ताप्लेजुङको मुकेश मेमोरियल क्लबलाई सोझो सेटमा हराउँदै दमकको पाथिभरा टाइगर भलिबल क्लब च्याम्पियन बनेको हो । दोभान बजारमा आज बिहीबार भएको फाइनल खेलमा दमकले ताप्लेजुङलाई २५–१४, २५–१९ र २५–१९ को सेटमा पराजित गर्यो । उपाधिसँगै झापाले ३ […]
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चाइना चेस संघको आमन्त्रणमा नेपालसहित ८ राष्ट्र सम्मिलित साङ्घे होल्डिङ्ग कप पाँचौ एससिओ अन्तर्राष्ट्रिय टिम चेस प्रतियोगिता चीनको साङ्डोङ प्रदेशमा सम्पन्न भएको छ । आयोजक चनिको ३ टोलीसहित सहित नेपाल, मङ्गोलिया, इरान, किर्गिस्तान, काजकिस्तान, ताजिकिस्तान र रसिया देशका सुपर जिएम सहित विश्व स्तरीय खेलाडीको सहभागिता प्रतियोगितामा रहेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ […]
December 19, 2023
हिमाल खरेल, बिर्तामोडकोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गर्ने मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता यो वर्ष पहाडी जिल्ला संखुवासभामा हुने भएको छ । सदरमुकाम खाँदबारीमा हुने प्रतियोगिता फागुन १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए । कोशी प्रदेश भलिबल संघ र संखुवासभा जिल्ला खेलकुद विकास समितिको सहकार्यमा हुने […]
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद )- कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ । जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ १८ देखि २० गतेसम्म कराते प्रतियोगिता हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइयो। गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा राष्ट्रिय टिमको प्रारम्भिक तयारीलाई […]
December 18, 2023
काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरि नगरपालिका-१० सतुगंल बोसिगाउँको धनबहादुर खेलकुद प्रतिष्ठानका खेलाडीले भारतको मुम्बईमा शनिबार भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा ११ स्वर्णसहित १५ पदक जितेका छन् । अस्मिता थापा मगर, अन्जली महर्जनले, एलिना थिङ र सन्दिप राईले काता र कुमितेमा दुबैमा स्वर्ण पदक जितेका छन्। ममता शाहशंकरले कातामा स्वर्ण र कुमितेमा कास्य पदक जितेकी छन् । राकेश […]