default_image

अन्य

May 8, 2025

एनएसजेएफको अध्यक्षमा अधिकारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २० औं साधारण सभाले निरन्जन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । आज भएको चुनावी साधारण सभामा अध्यक्षको पदमाअधिकारीले प्रकाश तिमिल्सिनालाई पराजित गरे । महासचिवमा अन्जन खड्का निर्वाचित भए । उनले राजु घिसिङलाई हराए । अनिल मल्ल ठकुरी सचिव बने । उनले गोबिन्द […]

May 6, 2025

आरसिटीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद )- सहिद स्मारक बी डिभिजन लिगमा रानी पोखरी कर्नर टिम (आरसिटी) ले जित हात पारेको छ। आज भएको रोमाञ्चक खेलमा आरसिटीले च्यासल युथ क्लबलाई ३-२ गोल अन्तरले हराउन सफल भएको हो। आरसिटीको यो लगातार दोस्रो जित हो। सातदोबाटोस्थिति एन्फा कम्पलेक्समा भएको खेलको ११ औं मिनेटमा अजुत गुरुङको गोलमा आरसीटीले पहिले अग्रता बनायो। […]

May 4, 2025

टाइम्सको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) अन्तर्गत आजको खेलमा टाइम्स बास्केटबल क्लब विजयी भएको छ। टाइम्सले गोल्डेनगेट बास्केटबल क्लबलाई रोमाञ्चक प्रतिस्पर्धामा ७६-७१ को स्कोरमा पराजित गर्दै विजयी सुरुवात गर्यो । कीर्तिपुरको कभर्डहलमा भएको खेलको पहिलो क्वाटरमा टाइम्सले २१-११ को अग्रता बनायो। तर दोस्रो क्वाटरमा टाइम्सलाई १३ स्कोरमा रोक्दै गोल्डेन गेटले २४ स्कोर गर्यो। […]

May 4, 2025

पुलिस भलिबलको फाइनलमा

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब पोखरामा जारी प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। पुलिसले उपाधिका लागि इरानीको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा आज पुलिसले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गर्यो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेल एकपक्षीय बन्यो। पुलिसले २५-१७, २५-१८ र २५-१५ को सहज नतिजामा […]

May 3, 2025

खेलकुदको लागि नीति तथा कार्यक्रम निराशाजनक

काठमाडौं (हाम्रो खेलकुद)- सरकारले २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नेपाली खेलकुदले परम्परागत शैलीले निरन्तरता पाएको छ । गत वर्षको तुलनामा यो पटक खेलकुदको नीति तथा कार्यक्रम कम रहेको छ। नेपाली खेलकुदकै चासोको विषय बनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा यो पटक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छैन । गत वर्षको नीति तथा कार्यक्रममा […]

May 3, 2025

राष्ट्रिय हक्कीमा आर्मी र गण्डकी उपाधि नजिक

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश राष्ट्रिय महिला हक्की प्रतियोगितामा उपाधिनजिक पुगेका छन् । ललितपुरको च्यासल फुटबल मैदानमा शनिवार आर्मीले बागमती प्रदेशलाई ८–० गोलअन्तरले हराउँदै दोस्रो जित निकाल्यो । आर्मीको जितमा कमला चन्द, निलिमा पाण्डे र दमारा भट्टले समान २ गोल गरे । सुनिता नेगी र सीतामाया बलले समान १ […]

May 3, 2025

देवश्रीलाई गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- देवश्री रानाले ज्ञान मेमोरियल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेकी छन्। रोयल नेपाल गल्फ क्लबमा आज भएको प्रतियोगितामादेवश्रीले ४४ अंक बनाउँदै उपाधि जितिन्। उपाधिसँगै उनले ‘मोस्ट बर्डी’ को पुरस्कार पनि हात पारिन्। उनले कुल तीन बर्डी प्रहार गरेकी थिइन्। ३९ अंकसहित राष्ट्रिय टोलीकी खेलाडी सम्झना खत्री दोस्रो भइन्। उनले ‘लङ्गेस्ट ड्राइभ’ को उपाधि […]

May 3, 2025

आरभ र स्वस्तिकालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- आरभ सम्राट हाडा र स्वस्तिका विष्टले ११ औं संस्करणको सिटिजन्स बैंक टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष सिंग्लसतर्फ आज भएको फाइनलमा निशान श्रेष्ठलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे। आरभको समग्रमा यो तेश्रो सिनियर सिंगल्स उपाधि हो । यसअघि उनले गणेशमान सिंह टेनिस र माछापुच्छ्रे टेनिसको उपाधि जितेका थिए […]

May 1, 2025

हिमालयन जाभा बास्केटबल लिग-  कीर्तिपुर र सामाखुशीबीच उद्धाटन खेल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ । बैशाख २० गते देखि सुरु हुने लिगको बुधवार खेलतालिका सार्वजनिक भएको छ । तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि […]

May 1, 2025

राष्ट्रिय हक्की- कोशी र गण्डकी विजयी

काठमाडौं (हाम्रो खेलकुद)- कोशी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीवार पुरुषतर्फ कोशीले र महिलामा गण्डकीले जित निकालेका हुन् । पुरुषमा कोशीले गण्डकी प्रदेशमाथि ५-३ गोलअन्तरको जित दर्ता गर्यो । कोशीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र […]

Success

Thank you for your time.