May 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगितामा पदक जितेका युवा खेलाडीहरूलाई बधाई दिएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलाडीहरूलाई बधाई दिंदै उच्च मनोबलका साथ मेहनत गर्दै विश्व स्तरीय प्रतियोगितामा पनि पदक जित्न शुभकामना दिए। अखिल नेपाल टेबल टेनिस संघद्वारा २४ देखि २७ अप्रिलसम्म काठमाडौँमा सम्पन्न […]
May 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स संघको स्कुल टु ओलम्पिक कार्यक्रम यो वर्ष पनि सुरु भएको छ। झन्डै ४ वर्ष अघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु भएको थियो। संघले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा ओलम्पियन र अन्य अन्तराष्ट्रिय खेलाडीको उपस्थितिमा शुक्रवार स्कुल टु ओलम्पिक […]
May 15, 2025
रविन्द्र वाईबा, मकवानपुर बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलो पटक प्रदेश स्पोर्टस अवार्ड एन्ड युथ समिट आयोजना गर्दैछ । आइतवार हेटौंडा-४ स्थित हुप्राचौरमा अवार्ड आयोजना हुने बिहीवार हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको बागमती प्रदेशका युवा […]
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले बुधवार संयुक्त रुपमा पुस्तकको विमोचन गरे। राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि देखि २०२४ सम्मको इतिहास […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा अर्को महिना हुने नवौं पिएम कप एनभिए महिला पुरुष भलिबल लिगसँग शिवम् सिमेन्ट जोडिएको छ। लिगमा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ रुपमा जोडिएको भलिबल संघले जनाएको छ। शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल तथा भलिबल संघका महासचिव रोशन श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता रकम खुलाइएको छैन। […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]
May 11, 2025
काठमाडौं, जेठ २७ – नेपाल इ-स्पोर्ट्स संघ (इसान) को आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पब्जी मोबाइल एसियन शोडाउन २०२५ को उपाधि पाकिस्तानले जितेको छ । तीन दिनसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धाको अन्तिम दिन पाँच खेल सम्पन्न हुँदा पाकिस्तानले आफ्नो खेलमा उल्लेखनीय सुधार गर्दै कुल १५ खेलमा १७३ अंक जोड्न सफल भयो । दोस्रो दिनसम्म शीर्ष स्थानमा रहेको […]
May 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय नेपाल पुलिस क्लबका मिडल ब्लकरद्धय सफल विश्वकर्मा र रविन नगरकोटीलाई उपचारको लागि जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल युथ स्पोर्ट्स क्लब जापानले पोखरामा यसै साता सम्पन्न प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिता दौरान घाइते भएका सफल र रविनलाई हौसला स्वरुप आर्थिक […]
May 10, 2025
पोखरा (हाम्रो खेलकुद)- नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रवार पोखरामा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फ भलिबलकै विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । […]
May 9, 2025
ललितपुर (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन्। राष्ट्रिय सहकारी महासंघको आयोजना तथा प्रभु महालक्ष्मी जीवन बिमाको मुख्य प्रायोजन रहेको प्रतिस्पर्धामा रुपेशले ९ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बने। रुपेशले १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बिमा तथा नगद ४० हजार रुपैयाँसहित […]