default_image

अन्य

November 5, 2019

लक्ष्मी बैंक गल्फ शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता शनिबार आयोजना हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा महिला र पुरुष गरि एक सय भन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा उमेर र सिनियर दुवैको अलग अलग प्रतिस्पर्धा हुने छ । उमेर समुहमा यू१७ हुने छ । विजेता, उप विजेता, […]

November 5, 2019

सेन्ट्रल जोनको लागि महिला भलिबल टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले बंगलादेशमा यसै साता सुरु हुने प्रथम एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । सेन्ट्रल जोन शुक्रबार सुरु हुनेछ । थाइल्यान्डमा १९ दिनको प्रशिक्षण र ७ अभ्यास खेलपछि सोमबार स्वदेश फर्किएको भोलिपल्टै संघले सेन्ट्रल जोनका लागि अरुणा शाहीको कप्तानीमा टोलीको […]

November 4, 2019

बक्सिङ खेलाडीका लागि अक्षयकोष स्थापनाको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङका पूर्व पदाधिकारीको पहलमा बक्सिङ खेलाडी अक्षय कोष स्थापना हुने भएको छ । संघका पूर्व पदाधिकारीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का युके च्याप्टरका अध्यक्ष एवंम पूर्व बक्सर सिद्धार्थ विक्रम क्षेत्रीको सम्मानमा सोमबार आयोजित कार्यक्रममा संघका पूर्व महासचिव दीपक गुरुङले बक्सिङ खेलाडीका लागि अक्षय कोष स्थापना गर्ने घोषणा गरे […]

November 4, 2019

एनएनआइपिए युके च्याप्टरका अध्यक्ष क्षेत्री सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघका पूर्व पदाधिकारीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का युके च्याप्टरका अध्यक्ष एवंम पूर्व बक्सर सिद्धार्थ विक्रम क्षेत्रीलाई सोमबार सम्मान गरेका छन् । १३ वर्षदेखि बेलायतमा रहेर पनि नेपाली खेलाडीहरुलाई अप्ठेरो पर्दा सहयोग गर्ने पुण्य कामको नेतृत्व गर्दै आएका क्षेत्रीलाई उनले पुर्याएको योगदानको कदर गर्दै संघका पूर्व पदाधिकारीले […]

November 4, 2019

महिला भलिबल टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा १९ दिनको प्रशिक्षण र ७ अभ्यास खेल खेलेर नेपाली महिला राष्ट्रिय महिला भलिबल टिम आज (सोमबार) स्वदेश फर्कदैछ । २२ सदस्यीय नेपाली टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । नेपाली टोली सेन्ट्रल जोनका लागि बिहीबार बंगलादेश प्रस्थान गर्ने तालिका छ । नेपाली राष्ट्रिय महिला भलिबल टोली अर्को महिना […]

November 3, 2019

अफगानिस्तानले पनि १३ औं साग खेल्ने !

प्रकाश तिमल्सिना,काठमाडौं अफगानिस्तान क्षेत्रिय स्तरको बृहत खेलकुद दक्षिण एसियाली खेलकुद (साग) मा फर्कने भएको छ । त्यसैले अर्को महिना नेपालमा आयोजना हुने १३ औं सागमा पछिल्ला चार संस्करणमा जस्तै आठ राष्ट्रको सहभागिता हुने सम्भावना बढेको छ । तीन वर्षअघि भारतमा भएको १२ औं सागलाई आफ्नो अन्तिम सहभागिता भनेपनि १३ औं सागमा अफगानिस्तान पुनः फर्कन चाहेपछि […]

November 2, 2019

महिला टोली यसै साता बंगलादेश जाने

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भुमिमा आयोजना हुने १३औं साग र प्रथम एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको लागि बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोली सोमबार स्वदेश फर्कने भएको छ । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले महिला टोली सोमबार स्वदेश फर्कने र बंगलादेशमा आयोजना […]

November 2, 2019

सुस्मिता र कल्पनाले एसियन सुटिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दुई खेलाडी सुस्मिता नेपाल र कल्पना परियारले कतारमा आयोजना हुन लागेको १४औं एसियन सुटिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । तीन सदस्यीय नेपाली टोली आइतबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछ । टोकियो ओलम्पिक २०२० को छनोटको रुपमा रहेको च्याम्पियनसिपमा नेपालका सुस्मिता नेपाल र कल्पना परियारले १० मिटर एयर राइफलमा आफ्नो चुनौती […]

November 2, 2019

सागका लागि बिच भलिबल टोलीले श्रीलंकामा प्रशिक्षण गर्ने

काठमाडाैं (हाम्राे खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) काे तयारीमा रहेकाे नेपाली राष्ट्रिय महिल तथा पुरुष बिच भलिबल टिमले श्रीलंकामा बन्द प्रशिक्षण गर्ने भएकाे छ । श्रीलंका भलिबल फेडेरेसनकाे निमन्त्रणामा नेपाली महिला र पुरुष बिच भलिबल टिमले श्रीलंकमामा १० दिन लामाे प्रशिक्षणकाे अवसर पाएकाे हाे । टाेली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ । लीलाई […]

November 1, 2019

लेस्ले फेरि पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि पुरुष राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकमा नेदरल्यान्डका लेस्ले डि जोङलाई नियुक्त गरेको छ । संघका महासचिव जितेन्द्र बहादुर चन्दका अनुसार नतिजाका आधारमा लेस्लेलाई सागसम्मको लागि पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको बताएका छन् । गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा […]

Success

Thank you for your time.