September 13, 2025
एजेन्सी – मार्टिन जुबिमेन्दीले पहिलो पटक प्रिमियर लिगमा गोल गर्ने क्रममा २ गोल गरेपछि आज प्रिमियर लिगमा आर्सनलले नटिङ्घम फरेस्टलाई ३-० ले पराजित गरेको छ । आर्सनलविरुद्ध फरेस्टका नयाँ प्रशिक्षक एन्ज पोस्टेकोग्लुको पहिलो खेल हार सकियो।३२ औँ मिनेटमा जुबिमेन्दीले खेलको सुरुवाति गोल गरे। दोस्रो हाफ सुरु भएको ४७ सेकेन्डमै एबेरेची इजेले तयार पारेको बलमा भिक्टर […]
September 13, 2025
एजेन्सी – फिल साल्टले इंग्ल्यान्डका लागि सबैभन्दा छिटो टि ट्वान्टी शतक प्रहार गरेपछि घरेलु टोलीले २ विकेटको क्षतिमा ३ सय ४ रन बनाएको छ। योसँगै इंग्ल्यान्डले दक्षिण अफ्रिकामाथि १ सय ४६ रनको शानदार जित निकाल्दै सिरिज १-१ को बराबरी गर्यो। ओल्ड ट्राफर्डमा साल्टले मात्र ३९ बलमा शतक पूरा गर्दै लियम लिभिङ्स्टोनले सन् २०२१ मा पाकिस्तानविरुद्ध […]
September 13, 2025
एजेन्सी – पाकिस्तानले जितबाट एसिया कपको सुरुवात गरेको छ। दुबईमा शुक्रवार पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गर्यो। मोहम्मद हारिसले ४३ बलमा ६६ रन बनाएपछि २ पटकको च्याम्पियन पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रनको योगफल बनायो। त्यसपछि ओमानलाई १६.४ ओभरमा ६७ रनमा अलआउट गरायो। पाकिस्तानले सहज जित भने पाएन । तर यो […]
September 13, 2025
ब्लग सुबास हुमागाईं, काठमाडौं नेपालको राजनीतिक जगत पछिल्लो झन्डै एक साता मानौं आँधीबेहरीबाट गुज्रियो। जेन–जी पुस्ता ( सन् १९९७-२०१२ को बिचमा जन्मेका) ले सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलनले देशलाई संक्रमणकालीन अवस्थाबाट अन्तरिम सरकारतर्फ धकेल्यो । यसैको परिणामस्वरूप, शुक्रवार राति नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको छ । यो केवल राजनीतिक घटनाक्रम मात्र होइन, सामाजिक […]
September 12, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडका गोलकिपर आन्द्रे ओनाना सिजनको बाँकी समयका लागि टर्की क्लब ट्राब्जोन्स्पोरमा लोनमा गएका छन्। युनाइटेडमा पहिलो ३ प्रिमियर लिग खेल नखेलेका २९ वर्षीय ओनानाले यो सिजन केवल काराबाओ कपमा ग्रिम्स्बीविरुद्ध खेलेका थिए। युनाइटेडले उनलाई सन् २०२३ मा इन्टर मिलानबाट ४७.२ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । युनाइटेडबाट १ सय २ खेल खेलेका […]
September 12, 2025
एजेन्सी – बंगलादेशले जितका साथ एसिया कपको सुरुवात गरेको छ। कप्तान लिटन दासले ३३ बलमै अर्धशतक प्रहार गरेपछि बिहीवार बंगलादेशले हङकङलाई ७ विकेटले हरायो।पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । जवाफमा दासले ३९ बलमा ५९ रन बनाउँदै बंगलादेशलाई १४ बल बाँकी छँदै लक्ष्यमा पुर्याए।अबुधाबीमा टस जितेर पहिले […]
September 11, 2025
एजेन्सी – वर्षाले प्रभावित पहिलो टि ट्वान्टी खेलमा इंग्ल्यान्ड दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको छ। कार्डिफमा ढिला सुरुवातका कारण खेल ९ ओभरमा सीमित भएको थियो। दक्षिण अफ्रिकाले ७.५ ओभरमै ५ विकेट गुमाएर ९७ बनायो । तर त्यसपछि फेरि पानी पर्न आयो। इंग्ल्यान्डलाई संशोधित लक्ष्यका रुपमा ५ ओभरमा ६९ रन दिइयो। सुरुदेखि आक्रामक हुन […]
September 11, 2025
एजेन्सी – साविक विजेता भारतले हितका साथ एसिया कपको यात्रा सुरु गरेको छ। दुबईमा जारी एसिया कपको आफ्नो पहिलो खेलमा भारतले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५७ रनमै अलआउट गर्दै ९ विकेटको जित निकाल्यो । युएईले २ विकेटको नोक्सानीमा ४७ रन जोडेर राम्रो सुरुवात गरे पनि ५ ओभरमै बाँकी ८ विकेट गुमाएर ५७ रनमै समेटियो। […]
September 10, 2025
एजेन्सी – विश्व कप छनोटको अन्तिम खेलमा अर्जेन्टिना १-० इक्वेडरसँग पराजित भएको छ। पहिलो हाफमा इक्वेडरले धेरै आक्रमण गर्दा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले दुई पटक उत्कृष्ट बचाउ गरे। लियोनार्दो बालेरदीले पनि पेनाल्टी बक्सबाट बचाउ गरे। तर अर्जेन्टिनाले धेरै अवसर सिर्जना गर्न सकेन। ६५औँ मिनेटमा निकोलास ओटामेन्डीले भ्यालेन्सियालाई पछाडिबाट धकेलेपछि रातो कार्ड पाए। यसका कारण उनले […]
September 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा पराजित भएको छ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज भएको खेलमा नेपाललाई फिलिपिन्सले ४-० ले हराएको छ । समूह ‘के’ मा नेपाल यसअघि पहिलो खेलमा आयोजक ताजिकिस्तानसँग ४-० र दोस्रो खेलमा सिरियासँग ४-२ ले पराजित भएको थियो ।