default_image

popular

September 3, 2025

अफगानिस्तानले पाकिस्तानलाई हरायो

एजेन्सी – इब्राहिम ज़द्रान र सिदिकुल्लाह अतलले लगातार अर्धशतक प्रहार गरेपछि अफगानिस्तानले मंगलवार टि ट्वान्टी त्रिकोणात्मक सिरिजमा १८ रनले हराएको छ। सारजाहमा कप्तान रशिद खान, मोहम्मद नबी,फजाहल फारुकी र डेब्यु गरेका बाँया हातका स्पिनर नूर अहमदले समान २ विकेट लिएपछि पाकिस्तान ९ विकेटको नोक्सानीमा १ सय ५१ रनमा सीमित भयो। ज़द्रान (६५) र अतल (६४) […]

September 3, 2025

दक्षिण अफ्रिकीसँग इंग्ल्याण्डको हार

एजेन्सी – पहिलो ओडिआईमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। लिड्समा मंगलवार भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड २४.३ ओभरमै १ सय ३१ रनमा अलआउट भयो। स्पिनर केशव महराजले २२ रन खर्चेर ४ विकेट र वियान मुल्डरले ३ विकेट लिए। नन्द्रे बर्गरले सुरुवाती सफलता दिलाउँदै […]

September 2, 2025

संकटा राष्ट्रिय महिला लिगमा छनोट

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लब एन्फा राष्ट्रिय महिला लिगको लागि छनोट हुने पहिलो टोली बनेको छ। पूर्णिमा राईको ह्याट्रिकमा संकटाले आज एनबिएम पोखरा गर्ल्स एफसीलाई ६-१ ले हराउँदै एक खेल अगाडि नै छनोट भएको हो। च्यासल खेल मैदानमा आज भएको खेल एकपक्षीय बन्यो। खेलको पाँचौं मिनेटमा नै सेनु परियारको गोलमा संकटाले सुरुवाती अग्रता बनायो। १८ […]

September 2, 2025

अलग खेलका ५ खेलाडी काठमान्डु गोर्खाजको ‘गुडविल एम्बासडर’

काठमाडौं (हाम्रो खेलकुद ) – काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि नेपाली खेलकुदका शीर्षस्त ५ खेलाडीलाई आफ्नो ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको छ । क्रिकेटमा युवालाई प्रेरित गर्ने उद्देश्यले फरक खेलका खेलाडीलाई एम्बासडर बनाएको गोर्खाजले जनाएको छ । करातेका मन्डेकाजी श्रेष्ठ, फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र […]

September 2, 2025

नेपालगन्जमा यु १४ फुटबल हुने

नेपालगन्ज‌ (हाम्रो खेलकुद)- बाँके जिल्ला फुटबल संघको आयोजनामा यु १४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता शनिवार सुरु हुने भएको छ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगितामा बाँके जिल्लमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुको सहभागिता रहनेछ । विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल […]

September 2, 2025

लेस्टरका पूर्व स्टार भार्डी क्रेमोनेजेमा आबद्ध

एजेन्सी – लेस्टर सिटी र इंग्ल्यान्डका पूर्व स्ट्राइकर जेमी भार्डीले इटालियन सिरि ए क्लब क्रेमोनेजेसँग निशुल्क ट्रान्सफरमा सम्झौता गरेका छन्। ३८ वर्षे भार्डीले एक वर्षको सम्झौता गरेका छन् । नयाँ बढुवा भएको क्लब क्रेमोनेजेस्ले रेलिगेसनबाट बच्न सके उनीसँग थप एक वर्षको सम्झौता गर्ने विकल्प रहनेछ। भार्डी सन् २०१२ मा लेस्टर सिटीमा सामेल भएका थिए। गत […]

September 1, 2025

झापा महिला गोल्डकपको सदस्यता संख्या २ सय नाघ्यो

हिमाल खरेल,बिर्तामोड आगामी कात्तिक तेस्रो साता सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपमा सदस्यता लिनेको संख्या २ सय नाघेको छ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिए । गोल्डकपले भदौबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत १० हजार शुल्क तिरेर सदस्य बन्नेको संख्या २ […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

September 1, 2025

श्रेष्ठ र राजकर्णिकार ओसिएको निलम्बनमा

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र नेपाल घोडचढी संघका अध्यक्ष रवि राज कर्णिकारलाई दुई वर्षका लागि निलम्बन गरेको छ । अगष्ट २८ मा बसेको ओसिए कार्यकारी बोर्डको बैठकमाइथिक्स कमिटीको सिफारिसमा श्रेष्ठ र राजकर्णिकारलाई ओसिए सम्बन्धित सबै गतिविधिबाट दुई वर्षको लागि निलम्बन गर्ने निर्णय गरेको […]

September 1, 2025

सिएटल साउन्डर्सलाई लिग्स कप, मेस्सीसम्मिलित मियामी पराजित

एजेन्सी – सिएटल साउन्डर्सले इन्टर मियामीलाई ३-० ले हराउँदै २०२५ लिग्स कपको उपाधि जितेको छ। सिएटलको लुमेन फिल्डमा भएको फाइनलमा लियोनेल मेस्सीको ४७औं करिअर उपाधि जित्ने प्रयास असफल रहे। सिएटलका ओसाजे डे रोजारियोले २६औं मिनेटमा पहिलो गोल गरे। ८४औं मिनेटमा एलेक्स रोदानले पेनाल्टीमार्फत गोल थपे भने ८९औं मिनेटमा पॉल रोथरकले तेस्रो गोल गर्दै जित पक्का […]

Success

Thank you for your time.