default_image

popular

September 1, 2025

सिएटल साउन्डर्सलाई लिग्स कप, मेस्सीसम्मिलित मियामी पराजित

एजेन्सी – सिएटल साउन्डर्सले इन्टर मियामीलाई ३-० ले हराउँदै २०२५ लिग्स कपको उपाधि जितेको छ। सिएटलको लुमेन फिल्डमा भएको फाइनलमा लियोनेल मेस्सीको ४७औं करिअर उपाधि जित्ने प्रयास असफल रहे। सिएटलका ओसाजे डे रोजारियोले २६औं मिनेटमा पहिलो गोल गरे। ८४औं मिनेटमा एलेक्स रोदानले पेनाल्टीमार्फत गोल थपे भने ८९औं मिनेटमा पॉल रोथरकले तेस्रो गोल गर्दै जित पक्का […]

September 1, 2025

पिएसजीको लगातार जित

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले टुलुजलाई ६-३ ले पराजित गरेको छ। जोआओ नेभेसले ह्याट्रिक गरे । खेलमा ४ वटा पेनाल्टी दिइयो। २० वर्षीय पोर्चुगिज नेभेसले सातौं मिनेटमा ओभरहेड किकमार्फत पहिलो गोल गरे। दुई मिनेटमै ब्राडली बार्कोलाले दोस्रो गोल थपे। त्यसपछि नेभेसले १४औं मिनेटमा अर्को शानदार ओभरहेड किकबाट टोलीकस लागि तेस्रो […]

September 1, 2025

रोकियो बार्सिलोना

एजेन्सी – ला लिगामा बार्सिलोनाले पहिलोपटक अंक गुमाएको छ। बार्सिलोना आइतबार रायो भालेसानो सँगको खेल १-१ को बराबरीमा रोकिएको हो। खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रविधि काम नगरेपछि निर्णय विवादास्पद बनेको थियो।बार्सिलोनाका १८ वर्षीय लामिन यामालले ४०औं मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए। उनलाई घरेलु डिफेन्डर पेप चाभारियाले लडाइएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो। तर भिएआर नचल्दा […]

September 1, 2025

एएफसी च्याम्पियन्स लिगमा प्रीतिको गोल

काठमाडौं (हाम्रो खेलकुद)- जोर्डनको इतिहाद क्लबले एएफसी महिला च्याम्पियन्स लिग समूह चरणमा मलेसियाको केलान युनाइटेडलाई ४-० गोलअन्तरले हरायो। इतिहादको जितमा नेपाली राष्ट्रिय महिला टोलीकी खेलाडी प्रीति राईले एक गोल गरिन्। समिह ‘सी’ अन्तर्गत समूहको अन्तिम खेलमा एनास अलजामीनको पासमा रुजवान फ्रेजले गोल गरिन्। ३१औं मिनेटमा इतिहादले अग्रता दोब्बर बनायो। केलानकी सालिकाले आत्मघाती गोल गरिन्।‌ ६८औं […]

August 31, 2025

लिभरपुलको लगातार जित, आर्सनल र सिटी पराजित

एजेन्सी – लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा लगातार जित दर्ता गरेको छ। आइतवार एनफिल्डमा भएको खेलमा डोमिनिक स्जोबोजलाइको ८३औं मिनेटको शानदार फ्रि–किक गोलले लिभरपुलले आर्सनललाई १-० ले हरायो। आर्सनलका बुकायो साका चोटका कारण अनुपस्थित रहे भने कप्तान मार्टिन ओडेगार्डले बेन्चबाट खेल सुरु गरे। सुरुवाती चरणमै विलियम सालिबा घाइते भएर मैदान छाड्दा आर्सनल कमजोर बनेको थियो। […]

August 31, 2025

एपिएफको लगातार तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समुह चरणमा नेपालको एपिएफ फुटबल क्लब लगातारको तेस्रो हार सहित बाहिरिएको छ। मारिया डा सिल्भाको ह्याट्रिकमा आज साउदी अरेबियाको अल नासारले ६-१ को हार चखायो। उज्वेकिस्तानको कार्सी स्टेडियममा भएको खेलमा एपिएफको प्रदर्शन आज पनि फितलो रहयो। खेलको चौथो मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउँदै क्लारा लुभाङ्गाले गोल गरिन्। पहिलो […]

August 31, 2025

नेपाल भुटानसँग बराबरीमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाल आयोजक भुटानसँग १- १ गोलको बराबरीमा रोकिएको छ। थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालले १५ औं मिनेटमा अग्रता बनायो। कप्तान भुमिका बुढाथोकीको पासमा बबिता कार्कीले गोल गरिन्। नेपालले १-० को अग्रता बनायो। भुटानकी छिरिङ लाह्मुले फ्री हेडर चुकाइन्। तर पहिलो हाफको इन्ज्युरी समयमा कर्नरमा सोनाम याङचिनले क्लोज […]

August 31, 2025

पहिलो हाफमा नेपाल र भुटान बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा आयोजक भुटान र नेपालबीचको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ। भ थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालले १५ औं मिनेटमा अग्रता बनायो। कप्तान भुमिका बुढाथोकीको पासमा बबिता कार्कीले गोल गरिन्। नेपालले १-० को अग्रता बनायो। भुटानकी छिरिङ लाह्मुले फ्री हेडर चुकाईन्। तर पहिलो हाफको इन्जुरी समयमा कर्नरमा […]

August 31, 2025

सरकारी एनओसीलाई ओसिएको चेतावनी

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ‌ एसिया (ओसिए)ले सरकारी मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई लेटर प्याडमा आफ्नो लोगो प्रयोग नगर्न चेतावनी दिएको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले आज सरकारी मान्यता पाएको एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानलाई पत्र लेख्दै भनेका छन्, ‘यो पत्रमार्फत तपाईंलाई सूचित गर्न चाहन्छौं कि नेपाल ओलम्पिक कमिटीको लेटरहेडमा तपाईंले गरेको […]

August 31, 2025

सेन्ट जेभियर्सलाई ग्लोबल रिच फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- सेन्ट जेभियर्सले ग्लोबल रिचले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय ए लेभल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । धुकु फुटसलमा शनिवार भएको फाइनलमा सेन्ट जेभियर्सले प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूललाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो । निर्धारित ४० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । […]

Success

Thank you for your time.