default_image

पौडी

December 7, 2020

पौडी प्रशिक्षक कार्कीलाई बिदाई तथा सम्मान

हाम्रो खेलकुद) – पौडीका बरिष्ठ प्रशिक्षक इश्वर कार्कीलाई बिदाई तथा सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्मा लामो समयसम्म कार्यरत रही उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाई तथा सम्मान गरिएको हो । कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिक, पौडीपोखरीका प्रमुख टार्जन सुब्बा, राष्ट्रिय टिम तयारीका प्रमुख […]

October 6, 2020

नयना र विकासको ‘आइसोलेसन’ अनुभव

प्रकाश तिमल्सिना, काठमाडौं नयना शाक्य र विकास शाहीको जोडी नेपाली खेलकुदमा बिरलै भेटिने जोडीमा पर्दछ । बास्केटबल खेलाडी रहँदा भेट भएको यो जोडीको विवाह र त्यसपछि २ छोरा छन् । नयनाको सुरुवाती खेल पौडी हो । आ-आफ्नो खेलतर्फ राष्ट्रिय टोलीको प्रशिक्षक रहेका यी जोडीको लागि पछिल्लो दुई साता नै कष्टकर रहयो । कोरोना संक्रमणका कारण […]

September 15, 2020

ओलम्पियन नयनाका दम्पती र छोरालाई कोरोना संक्रमण

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन पौडीवाज नयना शाक्यसँगै उनको परिवारलाई नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयनाले मंगलबार सामाजिक सञ्जाल फेसबुकबाट आफु र परिवारलाई कोरोनाको संक्रमण देखिएको लेखेकी छन् । नयनासँगै उनका पति पूर्व बास्केटबल खेलाडी बिकास शाही र छोरा इभानलाई कोरोना देखिएको हो । आफ्नो घरमा रहेको एक स्टोरका सञ्चालकलाई कोरोना देखिएपछि […]

August 1, 2020

स्विमिङ लेभल वान कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्स शनिबारदेखि सुरु भएको छ । प्रशिक्षकहरुमा वैज्ञानिक प्रशिक्षण विधधिर पौडी सम्वन्धी प्राविधिक ज्ञान प्रदान गर्दै पौडी खेलाडीहरुमा प्रभावकारी ज्ञान प्रदान गर्ने उद्धेश्यले कोर्स सञ्चालन गरिएको नेपाल ट्राइयाथलन संघले जनाएको छ । कोर्सले प्रशिक्षकहरुमा प्रशिक्षण सम्वन्धी उच्च […]

July 30, 2020

स्विमिङ लेभल वान कोर्स हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्स शनिबारदेखि हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने अनलाइन कोर्समा पौडी सम्वन्धी प्राविधिक ज्ञान प्रदान गरिने छ । सिंगापुरका प्रशिक्षक युगिन लिले अनलाइनमार्फत प्रशिक्षण प्रदान गर्नेछन् । लि वल्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन् […]

April 21, 2020

कोरोनालाई हराएको गौरिकाको परिवार

प्रकाश तिमल्सिना ,काठमाडौं पौडी खेलाडी गौरिका सिंहले कलिलो उमेरमा नै नेपाली खेलकुदमा इतिहास बनाइसकेकी छिन् । चार वर्ष अघि रियो ओलम्पिकमा भाग लिदा उनी सबैभन्दा सानो उमेरको खेलाडी थिइन् । जसले नेपालले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको थियो । त्यो भन्दा ठूलो उपलब्धि उनले मंसिरमा स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा […]

December 20, 2019

गौरिका र श्रृखंला सद्भावना दुत नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण पदक विजेता पौडी खेलाडी गौरिका सिंह र पूर्व मिस नेपाल श्रृखंला खतिवडा प्रदेश ३ को सद्भावना दुत नियुक्त भएका छन् । भ्रमण वर्ष २०२० का लागि प्रदेश सरकारले गौरिका र श्रृखंलासँग शुक्रबार सद्भावना दुत नियुक्त गरेको हो । १७ वर्षे […]

December 8, 2019

गौरिकालाई तेस्रो स्वर्ण !

काठमाडौं (हाम्रो खेलकुद) – पौडीबाज गौरिका सिंहले नेपालका लागि दक्षिण एसियाली खेलकुद (साग) मा नयाँ इतिहास रच्दै सागको एकै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमान कायम गरेकी छिन् । सातदोबाटोस्थित इन्डोर स्विमिङ हलमा गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेन्डमा पूरा गर्दै भारतकी सिवांगी सिंहलाई पछि […]

December 7, 2019

गौरिका र लियोनल मेस्सी उस्तै !

क्रियटिभ भ्वाइस टीएस ठकुरी विश्व फुटबलका सर्वप्रिय अर्जेन्टिनाका लियोनल मेस्सी र हाम्रै कीर्तिमानी पौडीवाज गौरिका सिंहबीच एउटा समानता छ । दुवैलाई सम्बन्धित देशका अधिकांश खेलकर्मी र समर्थकहरु उनीहरुको राष्ट्रियतामाथि शंका गर्छन् । अर्जेन्टिनीले मेस्सीलाई गर्नेजस्तै व्यवहार गौरिकाले पनि नेपालमा भोग्नुपरेको छ । बेलायतमा जन्मेर उतै हुर्किएकी र उतै बसोबास गर्दै आएकी गौरिकालाई धेरै खेलकर्मी र […]

December 6, 2019

गौरिकालाई दोस्रो स्वर्ण !

काठमाडौं (हाम्रो खेलकुद) – पौडीकी गौरिका सिंहले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) मा व्यक्तिगत दोस्रो स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी मन्ना पटेल २ मिनेट २०.७१ सेकेन्डमा दूरी […]

Success

Thank you for your time.