default_image

भलिबल

March 7, 2016

राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समिकरण पुरा

काठमाडौं, फागुन २४ मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सोमवार भएको लिग चरणको दुवै खेलमा सफलता हात पादै न्यू–डायमण्ड एकेडेमी र एपीएफ क्लब विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएका छन् । यसै गरि १ खेल जित १ खेलमा हार बेहोरेका पश्चिमाञ्चल र पुलिस पनि उपबिजेताको रुपमा सेमिफाइनलमा प्रवेश […]

February 29, 2016

रेखा प्रधानमन्त्री कप भलिबलको गुडविल एम्बेसडर घोषित

काठमाडौं कलाकार रेखा थापा खेलकुदसँग जोडिएकी छिन् । बाँके जिल्ला भलिबल संघले अर्को महिना आयोजना हुने प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको रेखालाई सोमबार गुडविल एम्बेसडर बनाएपछि उनी खेलकुदसँग जोडिएकी हुन् । सानोमा खेलाडी बन्ने सपना पुरा नभएपनि अहिले प्रधानमन्त्री कप भलिबलमार्फत खेलक्षेत्रसँग जोडिन पाएकोमा रेखाले खुसी व्यक्त गरिन् । खेलकुदसँग मेरो विषय लगाव […]

February 26, 2016

पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

काठमाडौं, फागुन १५ आयोजक त्रिभुवन आर्मी क्लबको ए टिमले ‘प्रधानसेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२’ को उपाधि हात पारेको छ । शुक्रबार लगनखेलस्थित आर्मीको सैनिक तालिम केन्द्रमा भएको खेलमा अर्काे विभागीय क्लब नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । आर्मीकै बी टिमले तेस्रो स्थान हात पा¥यो […]

February 25, 2016

आर्मी र पुलिस उपाधिका लागि खेल्ने

काठमाडौं, फागुन १३ ‘प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२’ को उपाधिको लागि दुई विभागीय आयोजक नेपाल आर्मी र नेपाल प्रहरीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिता अन्र्तगत बिहिबार नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएलाई तथा त्रिभुवन आर्मी क्लब ‘ए’ ले […]

February 24, 2016

सेमिफाइनल समिकरण पुरा

काठमाडौं, फागुन १२ प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । बुधवार भएको लिग खेलबाट सफलता निकाल्दै एपीएफ सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टिम बनेको छ । समूह बीबाट ४ खेलमा ३ सफलता सहित ९ अंक जोड्दै एपीएफ उपबिजेताको रुपमा अन्तिम चारमा प्रवेश हो । सेमिफाइनलमा एपीएफले समूह ए को बिजेता […]

February 24, 2016

सिड्नीमा नेपाली महिला भलिबल प्रतियोगिता हुने

सिड्नी, फागुन १२ अष्ट्रेलियाको सिड्नीमा नेपाली महिला भलिबल प्रतियोगिता हुने भएकोे छ । नेपाली पोेशाकको ब्यवसायी गर्दै आएकी नेपाली महिला नेन्सी पुनको सक्रियता तथा नेपमार्टको आयोजनामा हुने एक दिने प्रतियोगिता आगमी फेब्रुअरी २८ तारिखमा हुनेछ । प्रतियोगितामा ४ टिमको सहभागिता रहने रेफ्री संयोजक खेम पुर्जाले सिड्नीबाट जानकारी गराएका छन् । राउण्ड रबिनका आधारमा सञ्चालन हुने […]

February 23, 2016

आर्मीका दुवै टिम सेमिफाइनलमा भिड्ने

काठमाडौं, फागुन ११ आयोजक आर्मीको ए र बी टिम बीच सेमिफाइनलमा भिड्ने पक्का भएको छ । मंगलवार भएको लिग खेलमा आर्मीको बी टिमले पश्चिमाञ्चललाई हराए पछि अन्तिम चारमा प्रवेश गरेको हो । सेमिफाइनल प्रवेशका लागि दुवै टिमले जित्नै पर्ने अवस्थामा आर्मी बीले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा पराजित ग¥यो । आर्मीले पश्चिमाञ्चलमाथि २५–१८, २५–१९ र […]

February 23, 2016

पद्मोदय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं, फागुन ११ पद्मोदय युवा क्लब चितवनको आयोजनामा पद्मोदय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । क्लबले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिता फागुन २३ गतेबाट २६ गतेसम्म पदम पोखरी चितवनमा हुने भएको हो । प्रतियोगितामा नेपालका तीन विभागीय टिम नेपाल आर्मी, एपिएफ रनेपाल प्रहरीको टिमसहित भारतको बीएमडब्लु र स्ट्रेट, बंगलादेशको टाइटन क्लब र […]

February 21, 2016

सुुदूरपश्चिम, पुलिस र आर्मीको विजयी सुरुआत

काठमाडौं, फागुन ९ ‘प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल’ प्रतियोगिताको पहिलो दिन सुुदूरपश्चिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् । प्रतियोगिता अन्र्तगत आइतबार सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा भएको पहिलो खेलमा सुदुरपश्चिमले मध्यपश्चिमलाई पराजित गरेको हो । यस्तै नेपाल प्रहरीले प्रतियोगिताको बलियो मानिएको पश्चिमाञ्चललाई पराजित ग¥यो । त्यस्तै […]

February 7, 2016

स्याङ्जा र नवलपरासी अन्तिम दुईमा

पर्वत २४ माघ   स्याङ्जा र नवलपरासी पश्चिमाञ्चल स्तरीय अन्तर जिल्ला खुल्ला प्रथम ‘नव जागृत कप २०७२’ को उपाधिका लागि भिड्ने भएको छ । आइतबार भएको सेमिफाइनलका खेलमा स्याङ्जाले म्याग्दीलाई तथा नवलपरासीले तनँहुलाई पराजित गर्दै उपाधिको भेट पक्का गरेको हो । तनँहु आइतबारै भएको क्वाटरफाइनलमा कास्कीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । तनँहुले कास्कीलाई […]

Success

Thank you for your time.