default_image

भलिबल

November 1, 2025

एरिका नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छिन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले एरिकालाई सम्मान गरेका हुन् । मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा स्वर्ण पदक जितेकोमा हौसला स्वरुप एरिकालाई ५० हजार‌ रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो । एरिका डब्लुकेएफ सिरिज वानमा पदक […]

October 26, 2025

काभा कपमा नेपालको अर्को हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशमा जारी काभा कप‌ फर मेन्स भलिबल च्याम्पियनसिपमा अर्को हार बेहोरेको छ। ढाकामा आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। नेपाल कुनै पनि समय खेलमा फर्कन सकेन । अफगानिस्तानले नेपाललाई २५-१८,२५-१७,२५-२१ ले हराएको हो । चौथो खेलमा नेपालको यो तेस्रो हार हो । हरिहजुर थापाको कप्तानीमा रहेको […]

October 24, 2025

काभा कपमा नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशमा जारी काभा कप‌ फर मेन्स भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ। आज हरिहजुर थापाको कप्तानीमा रहेको नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै पहिलो जित हासिल गरको हो।‌ प्रतियोगितामा पहिलो खेल जित्ने क्रममा नेपाल २५-२१,२५-२३, २५-१८ ले विजयी भयो। नेपाल भलिबल संघका सदस्य प्रविण श्रेष्ठका अनुसार आजको खेलमा धनबहादुर भट्ट प्लेयर […]

October 22, 2025

माल्दिभ्समा कामनाको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्टले माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन कायम राखेकी छिन्। कामना माल्दिभ्सकै नैफारु चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गरिरहेकी छन्। पहिलो खेलमा नैफारूले २५-१२, २५-०२ र २५-२१ को सोझो सेटमा ३-० को जित निकाल्दै विजयी सुरुवात गरेको थियो। दोस्रो खेलमा भने टिमले निकै मिहिनेत […]

October 17, 2025

हरिहजुर नै पुरुष भलिबल टोलीको कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – सेटर हरिहजुर थापाले पुनः नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको कप्तानीकाे जिम्मेवारी पाएका छन् । नेपाल भलिबल संघको ५८औं कार्यसमितिको बैठक र मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकको सिफारिसमा हरिहजुरलाई नै कप्तानको जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ । हरिहजुर सन् २०२३ को जुनमा नेपाली पुरुष भलिबल टोलीको १०औं कप्तान बनेका थिए । […]

October 12, 2025

कर्मचारी टोलीलाई मुनाल भलिबल कप

काठमाडौं (हाम्रो खेलकुद)- कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको मैत्रीपूर्ण ‘मुनाल भलिबल कप’ को उपाधि कर्मचारी टिमले जितेको छ। शनिबार भएको फाइनल खेलमा कर्मचारी टिमले भेट्रान ए टिमलाई पराजित गर्दै प्रतियोगिताको पहिलो संस्करणको उपाधि जितेको हो। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने पिपर फेजेन्ट कन्जर्भेशन ल्याण्डस्केपमा आयोजना गरिएको यो प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत जैविक विविधता संरक्षण र स्थानीय समुदायबीच एकताको […]

October 11, 2025

नेसन्स कपका लागि भलिबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघले बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप २०२५ को लागि राष्ट्रिय भलिबल टोलीको घोषणा गरेको छ। संघको ५७औं कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय टोली छनोटको जिम्मेवारी प्रशिक्षकलाई दिने निर्णय अनुसार १४ सदस्यीय टोलीको घोषणा गरिएको हो। संघले असोज २ गतेदेखि प्रशिक्षणमा रहेका खेलाडी मध्येबाट अन्तिम चरणको छनोट असोज २३ र २४ […]

October 7, 2025

न्यु डायमण्डलाई बेलायतबाट आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- बेलायतमा बसोबास गर्ने संखुवासभाली टोलीले न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई आर्थिक सहयोग गरेको छ । माल्टा ५ खाँदवारी संखुवासभा स्थायी ठेगाना भएका र हाल बेलायतमा रहेका मणि कुमार गुरुङ ‘काका’को संयोजकत्वमा संखुवासभाली टोलीले न्यु डायमण्डलाई २ लाख ६० हजार रुपैयाँ सहयोग गरेको हो ‌। राष्ट्रिय खेल भलिबलको राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय स्तरको महिला […]

October 5, 2025

रविन र प्रतिभा सर्वाेत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) का रविन चन्द ठकुरी र म्याग्दी काली युनाइटेडकी प्रतिभा माली छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र रविनले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका प्रतिभा र रविनले समान १ सय अस्ट्रेलियन […]

October 5, 2025

मोना र म्याग्दी काली ढोरपाटन रनिङ कप भलिबल च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी काली युनाइटेड छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबलमा च्याम्पियन बनेका छन् । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाको सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको फाइनलमा रविन चन्दको मोनाले पछिल्लो समय नेपाली घरेलु भलिबलमा […]

Success

Thank you for your time.