default_image

भलिबल

September 26, 2025

प्रशिक्षक भट्टको बचाउमा भलिबल संघ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघले राष्ट्रिय खेलकुद परिषद्का मुख्य भलिबल प्रशिक्षक जगदिश प्रसाद भट्टको बचाउ गर्दै आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। नेपाली भलिबलका सर्वाधिक सफल प्रशिक्षक भट्टले बुधवार राखेपसँग सम्बन्धित बाहेक भलिबलको सबै भूमिकाबाट अलग हुने निर्णय गरेको सामाजिक सन्जालमार्फत घोषणा गरेका थिए। ‘आगामी दिनमा राखेपको कार्यक्रमबाहेक त्यो पनि जागिरमै रहेसम्म मात्र […]

September 26, 2025

खेलाडी छनोटमा गण्डकी भलिबलको आपत्ति

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको प्रारम्भिक खेलाडी छनोटको विषय प्रति गण्डकी प्रदेश भलिबल संघले आपत्ति जनाएको छ। पछिल्लो प्रदर्शनको आधारमा राष्ट्रिय टोलीको प्रारम्भिक १८ जना खेलाडीको सूची सार्वजनिक हुँदा आफ्नो प्रदेशको एक जना खेलाडी पनि नपरेको विषयमा गण्डकी भलिबलले प्रश्न खडा गरेको छ।‌ आफु‌ खुसी निकटका खेलाडीलाई छनोट गरेको उल्लेख गर्दै त्यहि […]

September 24, 2025

भलिबलबाट प्रशिक्षक भट्टको विश्राम

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली भलिबलका सर्वाधिक सफल प्रशिक्षक जगदीश भट्टले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सम्बन्धित बाहेक भलिबलको सबै भूमिकाबाट अलग हुने निर्णय लिएका छन्। ‘आगामी दिनमा राखेपको कार्यक्रमबाहेक त्यो पनि जागिरमै रहेसम्म मात्र संलग्न रहनेछु। अन्यथा, काम गर्न नसकिने अवस्थामा बसिरहनु भन्दा बाहिरबाटै भलिबल खेललाई सहयोग गर्ने बाटो रोज्नेछु। यसबाहेक अन्य कुनै गतिविधि (छनोट […]

September 14, 2025

अस्ट्रेलियामा सर्वाधिक धनराशिको पुरुष भलिबल अर्काे साता

सिड्नी – अस्ट्रेलियाको मेलबर्नमा सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘आइएक्सेल खुल्ला भलिबल कप २०२५’ अर्काे साता हुने भएको छ । एलिट गोर्खा स्पोट्र्स क्लबको आयोजना तथा आइएक्सेल एजुकेशन, भिषा एण्ड माइग्रेसनको मुख्य प्रायोजनमा अस्ट्रेलियाकै सर्वाधिक धनराशिको एक दिने खुल्ला पुरुष भलिबल कप २० सेप्टेम्वर (असोज ४ गते शनिबार) हुन लागेको हो । एक दिने प्रतियोगिता […]

September 14, 2025

इडब्लुभी रोकिएकै अवस्थाबाट हुने

काठमाडौं (हाम्रो खेलकुद)- स्थगित एभरेष्ट महिला भलिबल लिग ( इडब्लुभी) त्यहिबाट सुरु हुने भएको छ। यद्दपी कहिलेबाट सुरु हुने भन्ने मिति तय भएको छैन। जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि पोखरा भइरहेको इडब्लुभी स्थगित गरिएको थियो।इडब्लुभीकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले आज जारी विज्ञप्तिमा आन्दोलनका क्रममा सहादतप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त […]

September 13, 2025

स्थगित इडब्लुभी सम्पन्न गर्न आयोजकलाई चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करण आयोजकका लागि चुनौतीपूर्ण बनेको छ। देशभर चलेको जेन–जी आन्दोलनका कारण लिग बीचमै स्थगित भएको थियो । लिगका ६ टोलीका लागि‌ आएका ११ देशका १८ विदेशी खेलाडीलाई सुरक्षितरूपमा सम्बन्धित देश फर्काइ सकिएको छ। पोखराबाट सबै टोली र आयोजक फर्किसकेका छन्। तर रोकिएको इडब्लुभी अब […]

September 9, 2025

एभरेष्ट महिला भलिबल लिगमा आजको खेल‌ स्थगित

पोखरा (हाम्रो खेलकुद)- पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) आजको लागि स्थगित भएको छ। देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै पोखरामा सञ्चालन भईरहेको इडब्लुभीका खेल स्थगित गर्ने निर्णय गरिएको आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। जेन जी पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनमा व्यापक दमनका कारण संघीय राजधानी सुरक्षा चुनौती थपिएको छ। भ्रष्टाचारविरुद्ध गरिएको विरोध प्रदर्शनमा […]

September 8, 2025

ललितपुरको तेस्रो जित, लुम्बिनीको फाइनल पुग्ने सम्भावना समाप्त

पोखरा (हाम्रो खेलकुद)- ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार तेस्रो जित हासिल गरेको छ। निरिह लुम्बिनी लाभाजलाई ३-० को सोझो सेटमा माथ दिँदै ललितपुरले ९ अंक जोडेको छ। यो हारमा लुम्बिनीको फाइनलमा पुग्ने संभावना समाप्त भएको छ। पोखराको बहुउद्देश्यीय कभर्ड हलमा ललितपुरले खेलमा एकपक्षीय पकड बनायो। लुम्बिनीले दोस्रो र तेस्रो सेटमा केही […]

September 8, 2025

कर्णालीको लगातार तेस्रो जित

पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा कर्णाली यशविशले लगातार तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमवार कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । कर्णालीले पहिलो सेट २५-२२ ले जित्यो। एक सेट गुनाएको काठमाडौं दोस्रो सेटमा खेलमा फर्कने प्रयासमा थियो। कर्णालीलाई कडा चुनौती पनि दियो। तर दोस्रो […]

September 7, 2025

रोमाञ्चक खेलमा लुम्बिनीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी लाभाजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा पहिलो जित हात पारेको छ। लुम्बिनीले रोमान्चक खेलको चौथो सेटमा म्याच प्वाइन्ट जोगाउँदै पोखरा निन्जाजलाई ३-२ ले माथ दियो।पोखराको भने यो लगातार तेस्रो हार हो। पोखराको बहुउद्देश्यीय कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो। पोखरालाई निरीह बनाउँदै २५-१३ ले पहिलो […]

Success

Thank you for your time.