default_image

भलिबल

September 5, 2025

ललितपुर क्विन्सको उत्कृष्ट सुरुवात

पोखरा (हाम्रो खेलकुद)- ललितपुरले क्विन्सले एभरेष्ट भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणमा उत्कृष्ट सुरुवात गरेको छ। आज भएको खेलमा साविक विजेता ललितपुरले मधेश युनाइटेडलाई ३-० ले सोझो सेटमा हरायो। पोखराको कभर्ड हलमा भएको खेलमा मधेश विरुद्ध ललितपुरले सहज जित निकाल्ने क्रममा खेलमा पकड बनायो। पहिलो सेट २५-१७ ले जित्यो। १-० ले पछि परेको मधेशले दोस्रो […]

September 5, 2025

साविक विजेता कर्णालीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता कर्णाली यश्विजले एभरेष्ट भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। पोखराको कभर्ड हलमा आज भएको उद्घाटन खेलमा कर्णालीले पोखरा निन्जाजलाई ३-० ले सोझो सेटमा पराजित गर्यो। पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। कर्णालीलाई पनि सेट हुन समय लाग्यो। जहाँ २५-२१ ले पहिलो सेट जित्दै १-० को अग्रता बनायो । […]

August 25, 2025

लुम्बिनी लाभाजको ट्यालेन्ट हन्टबाट जानकी छनोट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लाभाजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को लागि भैरहवामा आज भएको ट्यालेन्ट हन्टबाट जानकी केसी छनोट भएकी छिन्। टोलीका मुख्य प्रशिक्षक भरत यादव, कप्तान अरुणा शाही, एभरेष्ट भलिबल क्लबका प्रशिक्षक अर्जुन घिमिरे सहितको प्राविधिक टोलीले अन्तिम चरणका १२ खेलाडीबाट जानकीलाई छनोट गर्ने निर्णय गरेको हो बताइएको छ। लुम्बिनी लाभाजले पत्रकार सम्मेलनमार्फत […]

August 24, 2025

थाइल्याण्डकी दारिन ललितपुर क्विन्समा आबद्ध 

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणका लागि थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई आबद्ध गरेको छ । अर्को साता सुरु हुने इडब्लुभीका लागि ललितपुर क्विन्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा दारिनलाई अनुबन्ध गरेको आइतवार सामाजिक सञ्जाल मार्फत जनायो । ललितपुरले यस अगिनै थाइल्याण्डकै वारन्या श्रिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध […]

August 23, 2025

ललितपुर क्विन्सलाई आइजिआईको प्रायोजन

काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई आईएमई जनरल इन्स्युरेन्स लिमिटेड (आइजिआई) ले प्रायोजन गरेको छ। काठमाडौँ स्थित आइजिआईको प्रधान कार्यालयमा ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आइजिआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेश भक्त बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार ललितपुरले आफ्नो म्याच जर्सीमा आईजीआईको लोगो समावेश गर्ने छ […]

August 21, 2025

लुम्बिनी लाभाजले भैरहवामा ट्रफी टुर र ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लभी) को फ्रेन्चाईज टोली लुम्बिनी लाभाजले भैरहवामा ट्रफी टुर र ट्यालेन्ट हन्ट गर्ने भएको छ । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टोली लाभाजले भदौ ९ गते रुपन्देहीको भैरहवामा ‘ट्रफि टुर’ र ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गर्ने भएको हो । लाभाजका अनुसार मायादेवी मन्दिर परिसरमा ट्रफी अनावरण गरी लुम्बिनी प्रदेशका […]

August 19, 2025

ललितपुर क्विन्सको मुख्य प्रायोजक रुप्से होलिडेज  

ललितपुर (हाम्रो खेलकुद) – ट्राभल एण्ड टुर क्षेत्रको अग्रपङ्तिमा रहेको रुप्से होलिडेजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सलाई मुख्य प्रायोजन गर्ने भएको छ । पहिलो संस्करण देखिनै ललितपुरलाई प्रायोजन गर्दै आएका रुप्से होलिडेजले दोस्रो संस्करणको लागि मंगलवार सम्झौता नवीकरण गरेको हो । ललितपुर क्विन्सको कार्यालयमा भएको कार्यक्रममा क्विन्सका महाप्रबन्धक उत्सव शाक्य र रुप्से […]

August 19, 2025

नेदरल्याण्ड्सकी भिनस्ट्रा मधेश युनाईटेडमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- मधेश युनाइटेडले एभरेष्ट गहिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका पहिलो विदेशी खेलाडीका रुपमा नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रा लाई अनुबन्धन गरेको छ। १ सय ८८ सेन्टिमिटर अग्लो कदकी भिनस्ट्रा आउट साईड हिटर हुन्। उनले सन् २०२१ र २२ सिजनदेखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा-डेस्टोका लागि खेल्दै आएकी‌ छिन् । २०२४ मा उनले […]

August 18, 2025

ललितपुर क्विन्सको गुडविल एम्बेसडर आयशाको निरन्तरता   

ललितपुर (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सले दक्षिण एसियाली खेलकुद (साग) को ३ वटा स्वर्ण पदक विजेता आयशा शाक्यलाई  गुडविल एम्बेसडरमा निरन्तरता दिएको छ । ललितपुर क्विन्सको कार्यालयमा सोमवार क्लबका अध्यक्ष रमेश पराजुली र आयशा शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  आयशाले ललितपुर क्विन्ससँग सम्झौता नवीकरण गर्न पाउँदा खुसी लागेको बताइन् । “फेरि पनि ललितपुर क्विन्ससँग सम्झौता गर्न पाउँदा […]

August 18, 2025

इटलीकी ओउमायमा काठमाडौं स्पाइकर्समा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फ्रेन्चाइज टिम काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमायमा कोडिएललाई अनुबन्ध गरेको छ। काठमाडौंले तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेको हो। यसअघि काठमाडौंले बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई टिममा भित्राएको थियो। इटालियन खेलाडी ओउमायमाले मिडल ब्लकर र हिटरको भूमिकामा टिमले अनुबन्धन गरेको हो। तीन […]

Success

Thank you for your time.