5 years ago
April 9, 2020
कप्तान कथन
– सागर थापा, पूर्वकप्तान – नेपाली राष्ट्रिय फुटबल टोली
म सानैदेखि बलसँग रमाउन थालेँ । मलाई खेल्नुपर्थ्यो चाहे जस्तो अवस्थामा होस् । सानैदेखि टोल तथा स्कुलमा हुने प्रतिस्पर्धामा हाम्रो टोलीले जित्थ्यो । त्यो जितले खेल्ने हौसला बढायो । अघि बढेँ । राष्ट्रिय टोलीमा परेपछि त झन जिम्मेवारी थपियो ।
हुन त म फुटबलसँग परिचित भएदेखि नै स्ट्राइकर हुँ । स्ट्राइकरको रुपमा स्कुलमा हुँदा धेरै खेल खेलियो । हाम्रो टोलीले जहिले जित्थ्यो । तर एक दिन खेल्ने बेलामा टोलीमा डिफेन्सको कमी भयो । स्कुलमा एकजना सर हुनुहुथ्यो सेमल पाल, उहाँ मेरो गुरु, मार्गदर्शक सबै उहाँ नै । फुटबल उहाँलाई हेर्न निकै मन पर्ने, मलाई खेल्न । पाल सरले नै मलाई डिफेन्समा खेल्न आग्रह गर्नु भयो । मैले त्यो दिन राम्रो खेलेँ । त्यस दिन डिफेन्समा खेलेपछि खेलेको खेल्यै भएँ । त्यसपछि सधैँ डिफेन्स ।
मन त स्ट्राइकर बन्ने थियो । तर पाल सरले तिम्रो डिफेन्स राम्रो छ, राष्ट्रिय टोलीमा पर्नका लागि पनि यसैले सहयोग गर्छ । स्ट्राइकर भए त राष्ट्रिय टोलीका लागि धेरै वर्ष पर्खिनु पर्छ भन्नु भयो । मलाई टोलीमा पर्नु थियो । खेल्नु थियो । डिफेन्समै खेलेँ । नभन्दै १० कक्षामा पढ्ने बेलामै म राष्ट्रिय टोलीमा परेँ ।
त्यसपछि राष्ट्रिय टोलीबाट खेल्ने कुनै अवसर चुकाइनँ । नेतृत्व गर्ने पनि मौका मिल्यो । नेपाली फुटबलमा हामीले खेल्दा राम्रो पनि गरियो । फिफा बरियतामा १३५ औँ स्थानमा पनि पुगियो, जुन अहिलेको भन्दा धेरै माथि हो । दक्षिण एसियामा पहिलो नम्बरमा पनि आयौँ । तर फेरि खस्किने क्रम सुरु भयो वा भनौँ सुधार गरेको स्तरमा रहन सकेनौँ ।
मलाई सम्झना छ, हामी राम्रो अवस्थामा रहेका बेला अफगानिस्तानले फुटबल खेल्न थालेको थियो । उसलाई हामीले सजिलै हराउँथ्यौँ । उसविरुद्ध एक खेलमै ६ गोल पनि हानियो । तर केही पछि उनीहरुले हामीलाई बराबरीमा रोक्न थाले । त्यसपछि त उनीहरु अघि बढे । हामीलाई हराउन थाले । साफ च्याम्पियनसिपमै हराए । हामी झन्–झन् पछाडि धकेलिंदै गयौं ।
अहिले उनीहरु दक्षिण एसियालीस्तरभन्दा माथि गइसके । धेरै वर्ष अघि पुगिसके । हामी भने पछि धकेलिएका छौँ । दक्षिण एसियाका अरु टोलीको अवस्था पनि खासै राम्रो त छैन । भारत, बंगलादेशले पनि खास केही त गर्न सकेका छैनन् । तर अरुको भन्दा पनि हाम्रो टोलीको सम्भावना धेरै छ । तर के ले रोक्छ, रोक्छ । के के मिल्दैन, मिल्दैन । हामी अघि बढ्न लागे जस्तो हुन्छ । फेरि पछि धकेलिन्छौं ।
घरेलु लिगमा पनि खेलियो । तर बाहिर जान वा विदेशी क्लबबाट खेल्न भने त्यति सारो रुचि भएन । जस्तो पायो, त्यस्तोमा जाने कुरा पनि भएन जस्तो लाग्यो । नेपालकै क्लबबाट खेलेँ । अँ, तर एकपटक चाहिँ कोरियाली लिगको क्लबबाट उनीहरुले नै अफर गरेका थिए । थेजन सिटिजन क्लबबाट आएको अफर थियो । दसैँको बेला थियो कागजात मिलाउन भ्याइएन अनि त्यताबाट खेल्ने मौका गुम्यो ।
त्यसबेला अफर राम्रै थियो । तर अफर भन्दा पनि म पछिका आउने खेलाडीलाई बाहिर आफ्नो कला देखाउने बाटो बनाउन सकिन्छ कि भन्ने चाहिँ लागेको थियो । तर त्यस्तै भयो । यतै रमाउन थालियो । स्वदेशमै रमाइयो । अब चाहिँ नेपाली टोली फिफा बरियतामा माथि उक्लिँदै गएको र घरेलु प्रतिस्पर्धा नियमित भएको हेर्ने मन छ । फुटबलमा आएका राम्रा नराम्रा सबै उतारचढावले जीवनलाई भिन्न बनाइरह्यो । फुटबलमा अझै केही गर्ने मन छ ।
साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।
गणेश थापा – ‘फुटबलप्रति कुनै गुनासो छैन’
बाबुराम पुन – ‘मनबाट देशको माया कहिल्यै टाढा गएन’
अच्युतकृष्ण खरेल- ‘जति खेलियो कप्तानी नै गरियो’
राजुकाजी शाक्य – ‘रगत मै बगेको छ, फुटबल’
दीपक अमात्य – ‘जहाँ बसे पनि चिन्ता नेपाली फुटबलकै’
उपेन्द्रमान सिंह – ‘फुटबल बाहेक केही जानिन’
बालगोपाल महर्जन – ‘खेलाडी जीवनभन्दा प्रशिक्षक बन्न कठिन’
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]