July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताको अलराउण्डर वरियता तर्फ दीपेन्द्र एक स्थान सुधार गरेर दोस्रो स्थानमा उक्लिएका हुन् । यसअघि दोस्रो स्थानमा रहेका रोस्टन चेस सात स्थान तल झदै नवौं स्थानमा पुगेपछि […]
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीबाट खेलेका विल सदरल्याण्डले नेपालविरुद्ध खेल्ने भएका छन् । अस्ट्रेलियामा १४ अगस्टबाट सुरु हुने टप इण्ड सिरिजमा नेपालविरुद्ध खेल्ने मेलवर्न रेनेगेड्स एकेडेमी टोलीबाट सदरल्याण्डले खेल्ने भएका हुन् । सदरल्याण्डले अस्ट्रेलियाका लागि दुई ओडिआई खेल खेलिसकेका छन् । अलराउण्डर रहेका सदरल्याण्डले दुई ओडिआई खेलमा १८ रन बनाउँदा २ विकेट […]
July 30, 2025
एजेन्सी – जोआओ फेलिक्सले साउदी प्रो लिगको टोली अल-नासरमा आबद्ध भएका छन् । अल नासरले २५ वर्षीय पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडीलाई टोलीमा आबद्ध गराएको जनाएको छ । गत सिजन मात्र एटलेटिको म्याड्रिडबाट चेल्सीमा आबद्ध भएका थिए । ‘हामी क्लबमा जोआओको प्रयासको लागि धन्यवाद दिन्छौं र भविष्यको लागि शुभकामना दिन्छौं,’ चेल्सीले विज्ञप्तिमार्फत भनेको छ। फेलिक्सले अल-नासरसँग दुई […]
July 30, 2025
एजेन्सी – इण्डियन च्याम्पियन इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा मंगलवार वेस्ट इण्डिज च्याम्पियन्सलाई ५ विकेटले पराजित गर्दै इण्डियन च्याम्पियन्स सेमिफाइनल पुगेको हो । १ सय ४५ रनको लक्ष्य भारतले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सेमिफाइनल पुग्नको लागि १४.१ ओभरमा जित निकाल्नु पर्ने […]
July 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा निन्जाजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मोडल तथा अभिनेत्री सनिशा भट्टराईलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ब्राण्ड एम्बेसेडरको रुपमा पोखरा निन्जाजमा आबद्ध हुन पाउँदा अत्यन्त खुसी र गर्व महसुस भएको उनले बताइन्। प्रगती नाथ पोखराको मार्की खेलाडी रहेकी छिन् । केही साता अघि भएको अक्सनबाट […]
July 29, 2025
एजेन्सी – पाकिस्तान च्याम्पियन्सले इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डमा अर्को जित हासिल गरेको छ । लेस्टरमा मंगलवार पाकिस्तानले लगातार चौथो जित निकाल्ने क्रममा अस्ट्रेलिया च्याम्पियन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो । ७५ रनको सामान्य लक्ष्य पाकिस्तानले ७.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पाकिस्तान च्याम्पियन्सका ओपनरद्वय शर्जिल खान र सहिब मक्सुद अविजित […]
July 29, 2025
भक्तपुर (हाम्रो खेलकुद)- ‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ हुने भएको छ। युवा फुटबल प्रतियोगिताअन्तर्गत एफसी रिएलेको आयोजना हुने प्रतियोगिता रिएले समर लिग साउन २४ गते (अगस्ट २) सुरु हुने भएको हो। प्रतियोगिताका सबै मध्यपुर ठिमीस्थित बोडेको रिएले ग्राउन्डमा सञ्चालन हुनेछ। यस संस्करणमा तीन उमेर समूहमा खेल आयोजना हुने आयोजकले जनाएको छ। जसमा […]
July 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य सिता राना मगर टि ट्वान्टी आईको अलराउण्डर वरीयतामा यथावत रहेकी छिन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयतामा सीताको वरीयता ६९औं स्थानमा यथावत रहेकी हुन् । त्यस्तै अलराउण्डर तर्फ नै कप्तान इन्दु बर्मा, रुविना क्षेत्री र पुजा महतोको वरीयता भने समान १ […]
July 29, 2025
एजेन्सी – अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ५ टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । पाँचौ खेलमा आज ३ विकेटको जित निकालेको अस्ट्रेलियाले ५-० ले जितेको छ। १ सय ७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका मिचेल ओविन १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३७ रन […]
July 29, 2025
बिर्तामोड (हाम्रो खेलकुद)-झापाको बिर्तामोडमा झापा साइक्लिङ क्लब गठन भएको छ । बिर्तामोडमा सोमवार भएको साइकल राइडरहरुको भेलाले क्लब गठन गरेको हो । क्लबको अध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन् । त्यस्तै, समितिको उपाध्यक्षमा प्रज्ज्वल बिमली, सचिवमा हिमाल खरेल, सहसचिवमा पूर्णबहादुर गौली र कोषाध्यक्षमा मलिना शाक्य रहेका छन् । १३ सदस्यीय तदर्थ समितिको सदस्यहरुमा शिरीष रिमाल, […]