August 1, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको पाँचौ तथा अन्तिम टेस्टमा भारतले सामान्य सुरुवात गरेको छ । ओभलमा जारी खेलमा घरेलु टोलीले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको भारतले सामान्य सुरुवात गरेको हो । वर्षाका कारण खेल पटक पटक रोकिएपछि पहिलो दिन ६४ ओभरको मात्र खेल सम्भव भएको थियो । पहिलो दिन बिहिवारको खेल सकिँदा भारतले […]
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा कुल २७ करोड ६८ लाख रुपैयाँ कारोबार भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमितिको बिहिवार बसेको बैठकमा एनपिएलको आयव्यय विवरण प्रस्तुत गरिएको थियो । एनपिएलबाट २ करोड ४६ लाख लाख रुपैयाँ बचत गरेको क्यानले जारी विज्ञप्तिमा उल्लेख छ। सो विवरण अनुसार एनपिएल आयोजनाको लागि […]
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भारोत्तोलन संघको चुनावी साधारण सभाले कानन चौधरीको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति बिहीवार निर्विरोध चयन गरेको छ । यसअघि तदर्थ समितिमा चौधरी संयोजक थिए । उपाध्यक्षमा विजेन्द्रविक्रम शाह, रुद्रबहादुर न्यौपाने, तिलकबहादुर राउत क्षेत्री, गणेशबहादुर चन्द र अनिलकुमार मिश्र, महासचिवमा विपेन्द्र महर्जन, सचिवमा रामेश्वर श्रेष्ठ, सह–सचिव प्रदीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा अशोक शाही […]
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको महिला/पुरुष दुवै दक्षिण एसियाबाट विश्व टिम टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिवार सम्पन्न प्रतियोगिता राउन्ड रोविन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भएका हुन् । महिला र पुरुषतर्फ समान ५ राष्ट्र सहभागी थिए । महिला पुरुष दुवैमा भारतले उही प्रतिद्वन्द्वी माल्दिभ्स, नेपाल, श्रीलंलका […]
July 31, 2025
बिर्तामोड (हाम्रो खेलकुद)- झापामा नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक झापा महिला गोल्डकपले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।‘नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता बनाउनका लागि आयोजना हुन लागेको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताबारे सुनाउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौँ’, […]
July 31, 2025
दिपक बोहरापथरी ११ फुटबल क्लबले दोस्रो शनिश्चरे गोल्ड कप फुटबल प्रतियोगिता कात्तिक आयोजना गर्ने भएको छ। क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति घोषणा गर्नुका साथै आयव्यय विवरण सार्वजनिक गरेको छ। क्लबको शिखरचोकस्थित कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष सुमन बिकले गत आर्थिक वर्षमा १७ लाख ८५ हजार ८ सय ४० रुपैयाँ आम्दानी भएको र १४ लाख ८१ हजार […]
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले फिफाको ‘फुटबल फर स्कुल्स’ कार्यक्रमको उद्घाटन गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आज दशरथ रंगशालामा आयोजित कार्यक्रममा कोस्तुभ एकेडेमीका शिक्षक तथा विद्यार्थीलाई बल हस्तान्तरण गर्दै उनले कार्यक्रमको औपचारिक उद्घाटन गरे। अन्तर्राष्ट्रिय अभियानको रुपमा सञ्चालन हुँदै आएको यो कार्यक्रम नेपाली फुटबलका लागि ठूलो अवसर भएको प्रधानमन्त्री ओलीले […]
July 31, 2025
एजेन्सी – इङ्ग्ल्याण्ड भ्रमणमा रहेको भारतले फेरी टस हारेको छ । भारतले घरेलु टोलीविरुद्धको पाँचौ टेस्टमा पनि टस हारेको हो । यसअघि भएका चारै टेस्ट खेलमा पनि भारतले टस हारेको थियो । ओभलमा टस जितेर घरेलु टोलीका कप्तान ओली पोपले बलिङ रोजेका हुन् । टस हारेको भारतले ब्याटिङको निम्तो पाएको छ । दुवै टोलीले पाँचौ […]
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेश साफ यु १७ च्याम्पियनसिप २०२५ को एकै समूहमा परेका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, बंगलादेश र आयोजक श्रीलंका समूह ‘ए’ रहेको छ । समूह ‘बि’ मा भने भारत सहित भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । खेल तालिका अनुसार […]
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले टि ट्वान्टी महिला विश्व कपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहिवार विश्वकपको ग्लोबल छनोट २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा आयोजना हुने बताएको छ । ग्लोबल छनोटमा नेपालसहित १० टोलीको सहभागिता रहने छ । सहभागी टाेलीलाई दुई समूहमा विभाजन गरिनेछ […]