default_image

ताजा समाचारहरु

July 28, 2025

युएईलाई हराउँदै युगान्डा च्याम्पियन

एजेन्सी – युगान्डाले घरेलु भूमीमा टि ट्वान्टी आई सिरिज जितेको छ। टि ट्वान्टी आई सिरिजको निर्णायक अन्तिम खेलमा आइतवार युएईलाई ८ रनले पराजित गर्दै युगान्डाले उपाधि जितेको हो । ६ टाेली सम्मिलित टि ट्वान्टी आई सिरिजका खेल डबल राउण्ड रोबिनमा भएकोमा शीर्ष स्थानमा रहँदै युगान्डाले च्याम्पियन बनेको हो । गत साता पहिलो खेलमा पनि घरेलु […]

July 28, 2025

इङ्ग्ल्याण्ड युरो च्याम्पियन

एजेन्सी – इङ्ल्यान्डले महिला युरो २०२५ को उपाधि जितेको छ। स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो। निर्धारित र थप समय पनि १-१ को बराबरीपछि पेनाल्टी सुटआउट भएको थियो। युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन्। उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको […]

July 27, 2025

टुसाल मल्टी भेन्युमा अन्तरविद्यालय पौडी हुने

काठमाडौं (हाम्रो खेलकुद)- टुसाल मल्टी भेन्युको आयोजनामा चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता यसै साता हुने भएको छ । शनिवार हुने प्रतियोगितामा विभिन्न २९ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहने आइतवार आयोजित पत्रकार सम्मेलनमा मल्टी भेन्युका अपरेसन प्रबन्धक विशाल खड्काले जानकारी गराए । विगतका संस्करण सिनियर/जुनियरमा प्रतिस्पर्धा भएकोमा यो संस्करणदेखि विभिन्न उमेरसमूहमा खेल हुनेछ । नेपाल […]

July 27, 2025

पूर्व खेलाडी सुवाल र श्रेष्ठ एनआरएनएमा निर्वाचित

सिड्नी (हाम्रो खेलकुद) – टेबल टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन अजय सुवाल र भलिबल खेलाडी सुनिल श्रेष्ठ गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यमा निर्वाचित भएका छन्। सुवाल पश्चिम अष्ट्रेलियाको युवा सदस्य र श्रेष्ठ न्यु साउथ वेल्स (एनएसडब्लु) को एनसिसीको सदस्यमा निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल २०२५–२०२७ सम्म रहनेछ । सुवालले टिम समावेशीबाट तथा श्रेष्ठले […]

July 27, 2025

एथलेटिक्स संघको निर्वाचन रोक्न माग

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एथलेटिक्स संघ विरुद्ध उच्च अदालत पाटनमा दायर रिटको फैसला र निष्पक्ष छानबिन सकेपछि मात्र निर्वाचन प्रकृया अगाडि बढाउन पर्ने माग सरोकारवालाहरुले राखेका छन्। राजीव विक्रम शाह संयोजक रहेको संघले साउन १४ गतेका‌ लागि निर्वाचनको तयारी गरिरहेको बताइएको छ। यसअघि गठित तदर्थ समितिका सदस्यले आइतवार पत्रकार सम्मेलन गर्दै निर्वाचन स्थगित गर्न माग […]

July 27, 2025

मेस्सीविनाको खेलमा मियामीको बराबरी

एजेन्सी – इन्टर मियामी निलम्बित कप्तान लिओनल मेस्सीविना आइतबार बिहान एफसी सिनसिनाटीसँग गोलरहित बराबरी रोकिएको छ । अल–स्टार खेलमा अनुपस्थित भएपछि मेजर लिग सकर (एमएलएस) मा मेस्सी र जोर्डी अल्बालाई एक खेलको निलम्बन गरिएको थियो । इन्टर मियामीका सह–मालिक जोर्गे मासले शुक्रवार यो निर्णयलाई ‘अत्यन्त कठोर’ भन्दै आलोचना गरेका थिए । उनका अनुसार मेस्सी यो […]

July 27, 2025

अस्ट्रेलियाको चौथो जित

एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको टि ट्वान्टी आई सिरिजको चौथो खेलमा पनि जित हासिल गरेको छ । सेन्ट किट्स एण्ड नेभिसमा आइतवार अस्ट्रेलियाले वेस्ट इण्डिजलाई ३ विकेटले हरायो । ५ टि ट्वान्टी आई सिरिजमा पाहुना टोलीले ४-० को अग्रता बनाएको छ । २ सय ६ रनको लक्ष्य अस्ट्रेलियाले १९.२ ओभरमा ७ विकेट गुमाएर […]

July 27, 2025

अकमलको शतकमा पाकिस्तान च्याम्पियनको जित

एजेन्सी – ओपनर कमरान अकमलको शतकमा पाकिस्तान च्याम्पियन्सले इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्समा लगातार तेस्रो जित निकालेको छ । हेडिङ्लिमा शनिवार पाकिस्तानले वेस्ट इण्डिज च्याम्पियन्सलाई ४९ रनले पराजित गरेको हो । २ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो । वेस्ट इण्डिज […]

July 27, 2025

इङ्ल्याण्डविरुद्धको टेस्टमा भारत पछाडि

एजेन्सी – इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको पाँचौं तथा अन्तिम दिनको खेल बाँकी रहँदा भारत १ सय ३७ ले पछाडि छ। म्यानचेस्टर भारतले दोस्रो इनिङमा २ विकेटको क्षतिमा १ सय ७४ रन बनाउँदा शनिवार चौथो दिनको खेल समाप्त भएको थियो। पहिलो ओभरमा नै २ विकेट गुमाएर संकटमा परेको टोलीका कप्तान शुभमन गिल र केएल राहुलले इनिङ सम्हालेका […]

July 26, 2025

मुलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टेनिस संघको ११ औं विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई ४ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको  छ । मुलको अध्यक्षतामा शनिवार १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ । मुल यसअघि नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक थिए । संयोजकअघि मुल महासचिवको जिम्मेवारीमा थिए । उपाध्यक्षमा दिनेश […]

Success

Thank you for your time.