default_image

ताजा समाचारहरु

July 26, 2025

एसिया कप- भारत र पाकिस्तान एकै समूहमा

एजेन्सी – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने एसिया कप २०२५ मा भारत र पाकिस्तान एकै समूहमा परेका छन् । एसिसीले शनिवार जारी गरेको एसिया कपको समूह विभाजनमा भारत र पाकिस्तान समूह ‘ए’ मा परेका छन्। युएईमा सेप्टेम्बर ९ देखि सेप्टेम्बर २८ सम्म हुने पुरुष एसिया कपमाको भारत र पाकिस्तानबीच समूह चरणको खेल सेप्टेम्बर […]

July 26, 2025

इण्डियन च्याम्पियन्सको लगातार दोस्रो हार

एजेन्सी – इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप लिजेन्ड्समा इण्डियन च्याम्पियन्सले लगातार दोस्रो हार बेहोरेको छ । हेडिङ्लीमा शनिवार इण्डियनलाई अस्ट्रेलिया च्याम्पियन्सले ४ विकेटले पराजित गर्यो । पाकिस्तान च्याम्पियन्ससँगको पहिलो खेल खेल्न अस्विकार गरेको इण्डियनले त्यसपछि दुई खेलमा हार बेहोरेको हो । २ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले निर्धारित २० ओभरको १ बल बाँकी रहँदा पूरा गर्यो […]

July 26, 2025

न्युजिल्याण्डलाई उपाधि, दक्षिण अफ्रिका पराजित

एजेन्सी – न्युजिल्याण्डले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज जितेको छ । हरारेमा शनिवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३ रनले हराउँदै ‌न्युजिल्यान्डले उपाधि जितेको हो । यससँगै सिरिजमा न्युजिल्याण्डले शतप्रतिशत जितको नतिजा निकालेको छ । १ सय ८१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रनमा समेटियो । दक्षिण अफ्रिकाका […]

July 26, 2025

मलेसियालाई उपाधि, हङकङ पराजित

एजेन्सी – मलेसियाले एसिया प्यासेफिक क्रिकेट च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। सिंगापुरमा भएको फाइनल हङकङलाई १० विकेटले हराउँदै मलेसियाले उपाधि जितेको हो। वर्षाले प्रभावित खेल ५ ओभरको मात्र भएको थियो । ५३ रनको लक्ष्य मलेसियाले २.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । मलेसियालाई जित दिलाउन ओपनरद्वय कप्तान साइद अजिज र अस्लाम खान अविजित रहे […]

July 26, 2025

एनपिएल २ – खेलाडी अक्सन यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन यसै महिना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै एनपिएलको अक्सन साउन २४ मा हुने जनाएको हो । क्यानका अनुसार असार २८ देखि साउन ६ गतेसम्म ४ सय ५८ खेलाडी अक्सनका लागि […]

July 26, 2025

पाकिस्तान च्याम्पियन्सको जित

एजेन्सी – इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्सले दक्षिण अफ्रिका च्याम्पियन्सलाई ३१ रनले पराजित गरेको छ । लेस्टरमा शुक्रवार १ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रनमा समेटियो । दक्षिण अफ्रिका च्याम्पियन्सका गि मोर्नी भानले २० बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ […]

July 26, 2025

डेबिडको कीर्तिमानी शतकमा अस्ट्रेलियाको जित

एजेन्सी – टिम डेबिडको कीर्तिमानी शतकमा पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजलाई तेस्रो टि ट्वान्टी आईमा पनि हराएको छ । सेन्ट किट्स एण्ड नेभिसमा शनिवार बिहान सकिएको खेलमा अस्ट्रेलियाले ६ विकेटले जित हात पार्यो । अस्ट्रेलियाले ५ टि ट्वान्टी आई सिरिज दुई खेल अगावै ३-० ले जितेको छ । २ सय १५ रनको विशाल लक्ष्य अस्ट्रेलियाले […]

July 26, 2025

रुटको कीर्तिमानी शतकमा इङ्ग्ल्याण्ड अग्रता बढाउँदै

एजेन्सी – जो रुटको कीर्तिमानी शतकको सहयोगमा घरेलु टोली इङ्ग्ल्याण्डले भारतविरुद्ध चौथो टेस्टको पहिलो इनिङमा अग्रता बढाउँदै छ । इङ्ग्ल्याण्डले तेस्रो दिन शुक्रवारको खेल सकिँदा ७ विकेटको क्षतिमा ५ सय ४४ रन बनाएको छ। टोलीले १ सय ८६ रनको अग्रता लिएको छ । घरेलु टोलीका लागि जो रुट १ सय ५० रन बनाएका छन् । […]

July 25, 2025

नेपाली टोलीलाई डाना कपको यु १४ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोली डेनमार्कमा जारी डाना कप २०२५ को यु १४ तर्फको उपाधि जितेको छ। एजी टेनका अनिल गुरुङका अनुसार केन्याको टोलीलाई शुक्रवार ३-० ले पराजित गर्दै नेपाली टोली उपाधि नजिक पुगेको हो। फाइनलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले गोल गरेका थिए। […]

July 25, 2025

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा ४ नेपाली पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि ६ सदस्यीय टोली आज प्रस्थान गर्ने छ । प्रतियोगितमा समान २ महिला/पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ४ खेलाडीले समान २ स्पर्धामा भाग लिने छन् । पुरुषमा इर्भिन श्रेष्ठले १ सय र २ सय […]

Success

Thank you for your time.