default_image

ताजा समाचारहरु

November 2, 2017

अन्तर्राष्ट्रिय रिङ रेस्लिङ यसै महिना आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप कात्तिक अन्तिम साता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजना तथा डिस होमको मुख्य प्रायोजनमा च्याम्पियनसिप कात्तिक २५ गते राखेप कभर्ड हलमा तथा कात्तिक २७ गते इटहरीको ठूलो जनता माविमा हुने बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा नेपाल सहित ८ देशका रेस्लरहरुको सहभागिता […]

November 2, 2017

युथ मार्सल आर्टस् मा नेपाली खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियामा आयोजना हुने विश्व युथ मार्सल आर्टस् च्याम्पियनसिपमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । कोरियाको जेन्छुन नगरपालिकाको आयोजनामा शनिबारबाट कात्तिक २४ गते सम्म हुने च्याम्पियनसिपमा नेपालका गौरव गती र क्रिस थापाले भाग लिने नेपाल कुराश संघले जनाएको छ । टोलीका् प्रशिक्षकमा चन्द्र बुढा र व्यवस्थापमा संघका वरिष्ठ उपाध्यक्ष […]

November 2, 2017

अभ्यास खेलमा बंगलादेशसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू–१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोली बंगलादेशसँगको पहिलो अभ्यास खेलमा आज पराजित भएको छ । क्रिरा शिखा प्रतिष्ठान (बिकेएसपी) मैदानमा बिहिबार नेपाली यु–१९ टोलीले ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ५४ रनको लक्ष्य बंगलादेशले ३९ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । घरेलु […]

nepal 19 football

November 2, 2017

यू १९ च्याम्पियनसिप छनोटमा नेपालको अर्को हार

कठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ रंगशालामा आज १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको नेपाल बहराइनसँग ४–० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । यो हारसँगै छनोटको कठिन मानिएको समूह ‘ए’ मा रहेको नेपालको अघिल्लो […]

November 2, 2017

युरोपा लिगमा आर्सनल र रेड स्टार बेल्ग्रेड भिड्दै

लण्डन (एजेन्सी) – युरोपा लिगमा आज राति इङ्ग्लिस टोली आर्सनल रेड स्टार बेल्ग्रेड(सर्भिना ज्भेजडा) को सामना गर्दै छ । नेपाली समय अनुसार रातिको १.५० बजे सुरु हुने यस खेल आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा खेलिने छ । युरोपा लिगको समूह ‘एच’मा आर्सनलको ३ खेलमा तीनै जित रहेको छ भने रेड स्टारको ३ खेलमा ४ अंक […]

nepal women

November 2, 2017

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टिमको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– आइसीसी विश्व टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया क्षेत्रको छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ । छनोट समितिले प्रशिक्षण क्याम्पमा रहेका २२ खेलाडीबाट तीन वैकल्पिक सहित अन्तिम १७ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रारम्भिक चरणमा ४४ खेलाडीलाई डाँकिएको थियो । छनोट समितिमा रहेका आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट […]

default_image

November 2, 2017

“टोटनह्याम सबै पक्षमा हामीभन्दा राम्रो थियो” – जिदान

लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा इङ्ग्लिस टोली टोटनह्याम विरुद्धको ३-१ को हारपछि बोल्दै रियल म्याड्रिडका प्रशिक्षक जिनेदि जिदानले टोटनह्याम सबै पक्षमा आफ्नो टोलीभन्दा राम्रो खेलेको बताए । खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै जिदानले आफु आफ्नो टोलीको प्रदर्शनबाट चिन्तित नरहेको तर घरेलु टोली सबै पक्षमा राम्रो खेलेको बताए । पत्रकार सम्मेलनमा जिदानले आफ्नो टोलीको आलोचना […]

November 2, 2017

नेपोलीविरुद्ध म्यानचेस्टर सिटीको रोमाञ्चक जित

नाप्लेस (एजेन्सी) – च्याम्पियन्स लिग समूह ‘एफ’ अन्तर्गत म्यानचेस्टर सिटीले नेपोलीमाथि ४-२ को रोमाञ्चक जित दर्ता गरेको छ । यस जितमा सर्जियो अगुएरोले गोल गर्दै सिटीका सर्वाधिक गोलकर्ता पनि बने । खेलमा निकै आक्रामक सुरुवात गरेको नेपोलीले २१ औँ मिनेटमै अग्रता  लिन सफल भएको थियो । ड्रायस मर्टेन्सको पासमा लोरेन्जो इन्सिन्याले शान्दार गोल गरेका थिए […]

November 2, 2017

टोटनह्यामसँग साविक विजेता रियल म्याड्रिड पराजित

लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा इङ्लिस टोली टोटनह्यामले रियल म्याड्रिडलाई ३-१ ले हराएको छ । टोटनह्यामको यस ऐतिहासिक जितमा डेले अल्लीले दुई गोल गरेका थिए । खेलको २७ औँ मिनेटमै रियलविरुद्ध टोटनह्याम अग्रता लिन सफल भएको थियो । केरियन ट्रिप्पिएरको पासमा अल्लीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको […]

November 2, 2017

अस्ट्रेलियामा पोखरा भलिबल क्लब च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियामा नेपाली समुदायबीच भएको एनइभिएस भलिबल प्रतियोगिताको उपाधि पोखरा भलिबल क्लबले जितेको छ । ढोरपाटन क्लबलाई २५–१७,२५–२१ र २५–१८ को सोझो सेटमा हराउँदै पोखरा विजयी भएको थियो । आयोजक गल्कोट समाज अस्ट्रेलियाका खेलकुद सचिव जंग कुँवरका अनुसार सिड्नीको मारिकभिलीस्थित पिसिएसी क्लबमा बुधबार भएको प्रतियोगिताको सेमिफाइनलमा ढोरपाटनले आयोजक गल्कोट समाजलाई २५–१८ र २६–२४ […]

Success

Thank you for your time.