default_image

ताजा समाचारहरु

November 1, 2017

ओसाङ,बृजेश र आयुष टेनिसमा जिल्ला च्याम्पियन

दिपक न्यौपाने बुटवल – रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा बुटवलमा प्रथम जिल्ला स्तरीय खुल्ला जुनियर लन टेनिस प्रतियोगितामा यू ८ मा ओसाङ थापा विजयी भएका छन् । एन्फा एकेडेमी बुटवल देबिनगरमा रहेको लन टेनिसकोर्टमा बुधबार ओसाङले फाइनलमा दिपलभ रजालीलाई हराए । निश्चल ज्ञवालीले तेस्रो भए । यू ९ मा बृजेश अर्याल विजयी भए भने […]

November 1, 2017

‘बाप्पे विश्वकै उत्कृष्ट खेलाडी बन्ने क्षमता राख्छन्’– ग्लिक

पेरिस (एजेन्सी)– मोनाकोका खेलाडी कामिल ग्लिकले पूर्व सहयात्री केलियन बाप्पे विश्वकै उत्कृष्ट खेलाडी बन्ने क्षमता राख्ने विश्वास दर्शाउँदै त्यहि अनुरुप उनको खेल जीवन अघि बढाइरहेको बताएका छन् । बाप्पेकै उच्च प्रदर्शनको मद्दतमा गत सिजन मोनाकोले लिग १ को उपाधि जितेको थियो । उनले लिगका २९ खेलमा १५ गोल गरेका थिए । यो सिजन बाप्पले लोनमा […]

November 1, 2017

शिवम् न्यू डायमण्ड क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नैकापको शिवम् न्यू डायमण्ड एकेडेमी राजधानीमा जारी प्रथम प्याब्सन यू–१८ भलिबल अन्तर्गत महिलातर्फको क्वार्टरफाइनलमा पुगेको छ । ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टर नयाँ बसपार्कमा बुधबार दुई राष्ट्रिय खेलाडी प्रतिभा माली र कृपा अधिकारी सम्मिलित न्यू डायमण्डले थ्रीस्टार एकेडेमी २५–४ र २५–८ को सोझो सेटमा हरायो । महिलातर्फकै अर्को खेलमा चितवनको मेधौली […]

November 1, 2017

देशभक्तको जितमा विमल एक्लैको ४ गोल

कोल्हुवा (हाम्रो खेलकुद) –विमल राना एक्लैले चार गोल गरेको खेलमा विजयी हुँदै देशभक्त युवा क्लब तेस्रो राइनो गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । आयोजक नन्द भाउजु उपभोक्ता समितिलाई ५–१ ले हराउँदै देशभक्तले नवलपरासीको कोल्हुवामा जारी प्रतियोगिताको अन्तिम आठको यात्रा तय गरेको हो । खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबबाट व्यवासयिक फुटबल खेल्दै आएका विमल […]

November 1, 2017

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी नेपोलीको सामना गर्दै

नाप्लेस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एफ’ अन्तर्गत आज राति नेपोली र म्यानचेस्टर सिटी भिड्दै छन् । नेपोलीको घरेलु मैदान स्टाडियो सान पाउलोमा खेलिने सो खेल नेपाली समय अनुसार १.३० बजे सुरु हुने छ । घरेलु टोलीका लागि आर्काडुइज मिलिक घाइते छन् भने सिटीका डिफेन्डरद्वय भिन्सेन्ट कम्पनी र बेन्जामिन मेन्डि पनि घाइते रहेका छन् । […]

November 1, 2017

‘खेलाडी जित्दा देश नै जित्छ’ – जोशी

प्रकाश तिमल्सिना काठमाडौं – नेपालमा समूहगत खेलको दाँजोमा व्यक्तिगत खेलमा प्रायोजन गर्ने व्यापारिक संस्था कम छन् । फुटबल, क्रिकेट र पछिल्लो समय भलिबल अन्य खेलको तुलनामा नेपालमा बढी प्रायोजक पाउने खेल हुन् । यी तीन खेलमा दर्शक पनि अरु खेलको भन्दा बढी छन् । ‘मास गेम’ भएकोले त्यसमा प्रायोजन गर्दा एकै पटक धेरैमा प्रचार जाने […]

neymar

November 1, 2017

नेयमार रियल जाने हल्ला फेरि चर्चामा

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) मा पूर्ण रुपमा सन्तुष्ट हुन नसकेका ब्राजिलियन स्टार नेयमार रियल म्याड्रिड जाने योजना बनाइरहेको डन बालेनले समाचार प्रकाशित गरेको छ । त्यहि विषयलाई लिएर नेयमारका बाबुले रियलका अध्यक्ष फ्लोरिटिनो पेरेजलाई भेटेको बताइएको छ । पिएसजीका प्रशिक्षक उनी इमरीसँग पनि नेयमार त्यत्ति प्रभावित नरहेको बताइएको छ । उनको ट्याटिक, खेलाउने […]

November 1, 2017

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र टोटनह्याम भिड्दै

लण्डन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एच’ अन्तर्गत आज साविक विजेता रियल म्याड्रिड र इङ्ग्लिस टोली टोटनह्याम हटस्पर भिड्दै छन् । वेम्ब्ली स्टेडियममा खेलिने सो खेल आज राति १.३० बजे सुरु हुने छ । घरेलु लिगमा रियलले जिरोनाविरुद्ध २-१ को आश्चर्यजनक हार बेहोरेको थियो । त्यस्तै टोटनह्याम पनि यस साता म्यानचेस्टर युनाइटेडसँग १-० ले हारेको थियो […]

barcelona

November 1, 2017

बार्सिलोना रोकियो , पाँच वर्षयता पहिलो पटक गोल गर्न असफल

एथेन्स (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा बार्सिलोनाले ओलम्पियाकस घरेलु मैदानमा गोल रहित बराबरी खेल्दै अंक बाडेको छ । च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोना ५ वर्षमा पहिलो पटक गोल गर्न असमर्थ भएको हो । अघिल्लो पटक बेन्फिकासँग २०१२ मा बार्सिलोनाले समूह चरणमा गोल गर्न सकेकको थिएन । ओलम्पियाकससँगको जितले बार्सिलोनाको अर्को चरणमा स्थान पक्का […]

November 1, 2017

पिएसजी एन्डरलेक्टविरुद्ध विजयी, डिफेन्डर कुर्जावाको ह्याट्रिक

पेरिस (एजेन्सी) – गए राति च्याम्पियन्स लिगको समूह ‘बि’ को खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले एन्डरलेक्टलाई ५-० ले हराएको छ । पिएसजीको जितमा डिफेन्डर लेभिन कुर्जावाले ह्याट्रिक गर्दै च्याम्पियन्स लिगमा नयाँ इतिहास रचेका छन् । खेलको ३० औँ मिनेटमा किलियन बाप्पेको पासमा मार्को भेराट्टिले गोल गर्दै पिएसजीको गोलको खाता खोलेका थिए । त्यस्तै पहिलो […]

Success

Thank you for your time.