default_image

June 5, 2025

रेकर्डसहित सदभावले जिते गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य रेकर्ड स्कोरमा ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि पहिलो पटक जितेका छन्। नेपालकै राहुल विश्वकर्मालाई बिहीवार १० स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै सदभाव च्याम्पियन बने। गोकर्ण गल्फ क्लबमा सदभावले आज २-अन्डर ७० खेल्दै समग्रमा २०-अन्डर १ सय ९६ को स्कोर खडा गरे। उनले ५४-होलको १८-अन्डरको […]

June 5, 2025

बाँसबारीलाई चेयरम्यान कप चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- बाँसबारी माविले काठमाडौं महानगरपालिका वडा नं ४ ले आयोजना गरेको चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ । बालुवाटारमा बिहीवार सम्पन्न प्रतियोगितामा सर्वाधिक ७६ अंक जोड्दै बाँसबारी च्याम्पियन बनेको हो । हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्यापिड चेसका ६ स्पर्धामा २० विद्यालयका ३ सय १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए […]

June 5, 2025

कविराजको ६ विकेटमा कोशीको जित

काठमाडौं (हाम्रो खेलकुद) – कविराज खत्रीको ६ विकेटको सहयोगमा कोशी प्रदेशले टिबी साह मेमोरियल राष्ट्रिय यु-१६ प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार कोशीले लुम्बिनी प्रदेशलाई २१ रनले हरायो । १ सय ८२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३४.३ ओभरमा अल आउट हुँदै १ सय ६० रन समेटियो । लुम्बिनीका […]

June 5, 2025

हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसल असारमा

काठमाडौं (हाम्रो खेलकुद) – सायम कलेजको आयोजनामा हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता असार ११ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २४ देखि ३२ छात्र टिमको सहभागिता अपेक्षा गरिएको सायमका प्रिन्सिपल अशोकराज पाण्डेले विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । स्नातक तह सेमेस्टर प्रणालीका कलेजले प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगिताको मुख्य […]

June 5, 2025

रोशनको अलराउण्ड प्रदर्शनमा कर्णालीको जित

काठमाडौं (हाम्रो खेलकुद) – रोशन शाहीको अलराउण्ड प्रदर्शनमा कर्णालीले बिहीवार टिबी साह मेमोरियल राष्ट्रिय यु१६ प्रतियोगितामा बागमती प्रदेशलाई पराजित गरेको छ । तेस्रो खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा कर्णालीले बागमतीलाई ३ विकेटले हराएको हो । २ सय ३९ रनको लक्ष्य कर्णालीले ३९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । कर्णालीको जितमा महत्वपूर्ण भूमिका निर्वाह […]

June 5, 2025

प्याट्रिक नेपाल आइपुगे, महिला टोलीको जिम्मेवारी दिइने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी बेल्जियन प्रशिक्षक प्याट्रिक डी वाइल्डलाई दिइने लगभग निश्चित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको एन्फा स्रोतले जानकारी दिएको छ । प्याट्रिक बिहीवार बिहान नेपाल आइपुगेका छन् । प्याट्रिक यसअघि नेपाल सुपर लिग (एनएसएल) मा […]

June 5, 2025

आरसिबीको विजयोत्सवमा त्यो दुःखद घटना

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) जितेपछि विजयोत्सव मनाउनुपर्ने क्रममा ११ जनाको मृत्यु भएको छ। बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियम नजिकै बुधवार भागदौडमा ११ जनाको मृत्यु भएको थियो। अन्य धेरै मानिस घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले घटनाको कारण पत्ता लगाउन छानबिनको आदेश दिएका छन्। […]

June 5, 2025

रोनाल्डोको गोलमा पोर्चुगल फाइनलमा

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल जर्मनीलाई २-१ ले पराजित गरी नेशन्स लिगको फाइनलमा पुगेको छ । ४० वर्षीय रोनाल्डोले नुनो मेन्डेसको लो पासलाई ६८औं मिनेटमा गोलमा गरे । त्यहि गोल निर्णायक बन्यो। त्यो उनको १ सय ३७औं अन्तर्राष्ट्रिय गोल हो। पोर्चुगल फाइनलमा फ्रान्स वा स्पेनमध्ये एकसँग फाइनल खेल्नेछ। रोनाल्डोले गरेको गोलभन्दा पाँच मिनेटअघि […]

June 5, 2025

हङकङको सामना गर्न नेपाल तयार

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध खेलको तयारीका लागि नेपाली टोली अहिले हङकङमा छ । नेपालले विहीबार साँझ ५:४५ बजे मैत्रीपूर्ण खेलमा हङकङसँग खेल्दैछ । मुख्य प्रशिक्षक म्याट रसले खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा टोली खेलका लागि तयार रहेको बताएका छन् । रसले हङकङलाई नजिकबाट नियालेको र विपक्षीको अवस्था राम्रो भएपनि […]

June 4, 2025

आरिफलाई ‘प्लेयर अफ द म्याच’ अवार्ड

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालका ब्याटर आरिफ शेख ‘प्लेयर अफ द म्याच’ भएका छन् । आरिफले नेदरल्याण्ड्सविरुद्धको खेलमा ८९ बलमा ७८ रन बनाएका थिए । आरिफले ७ चौका र २ छक्का प्रहार गरेका थिए । आरिफले ओडिआई करियरको आठौं अर्धशतक प्रहार गर्दै नेपाललाई जित दिलाउन महत्त्वपूर्ण भुमिका खेलेका थिए […]

Success

Thank you for your time.