default_image

May 5, 2025

हैदराबाद र दिल्लीको खेलमा बर्षा बाधक

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाको कारण रद्द भएको छ। हैदराबादले लाई जितको लागि १ सय ३४ रनको अत्यन्त सहज चुनौती पाएको थियो। वर्षाको कारण हैदराबादले‌ इनिङ्स सुरुवात नै गर्न पाएन । दुवैले एक-एक अंक बाँडेका छन्। यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर हैदराबादले फिल्डिङ रोज्यो। पहिले […]

May 5, 2025

काठमाडौ र ललितपुर महानगरको जित

ललितपुर (हाम्रो खेलकुद)- दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले विजयी सुरुवात गरेका छन् । यस्तै अर्को खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई हराएको छ । वर्षाका कारण गोदावरी १० स्थित गोदावरी बहुउदेश्यीय रंगशालामा आइतबार स्थगित भएको एउटा खेल च्यासल मैदानमा भएको थियो । आज बिहान भएको सो […]

May 5, 2025

सनराइजर्सलाई सहज चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरबादलाई जितको लागि १ सय ३४ रनको अत्यन्त सहज चुनौति दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर सनराइजर्सले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको दील्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रनमा समेटियो। अत्यन्त खराब सुरूवात गरेको दील्लीले पहिलो पावर प्लेको समाप्तीमा २६ […]

May 5, 2025

इरानी टोलीलाई उपाधि, पुलिस पराजित

पोखरा (हाम्रो खेलकुद)- इरानको भलिबल टोलीले प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आज पोखरामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै इरानी टोली‌ च्याम्पियन बनेको हो। पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनलमा इरानी टोलीले पहिलो सेट २५–१८ ले जित्दै एक शुन्यको अग्रता बनायो। दोस्रो सेटमा पुलिसल पुनरागमन […]

May 5, 2025

दर्जन गोलसहित एपिएफ सेमिफाइनलमा

रविन्द्र वाईबा, हेटौंडा एपिएफले मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा बिरगंज युथ स्पोर्ट्स एकेडेमीमाथि एकतर्फी जीत निकालेको छ । सोमवार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको खेलमा एपिएफले वीरगंजलाई १२-० गोल गर्‍यो । पहिलो हाफमा ५ गोल गरेको एपिएफले दोस्रो हाफमा ७ गोल थप्यो । एपिएफको जितमा रश्मि कुमारी घिसिङ नायिका बनिन् । उनले ५ गोल […]

May 5, 2025

अल्ट्रा रनरद्वारा एक्स स्टेपको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै […]

May 5, 2025

आदिलको प्रतिबन्ध फुकुवा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिबन्ध फुकुवा भएको छ । क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो । आदिललाई २०७९ पौषमा भएको नेपाल टि२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध […]

May 5, 2025

अल्ट्रा रनरहरुद्वारा एक्स्टेप आउटलेटको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल […]

May 5, 2025

बायर्नले जित्यो जर्मन बुन्डेसलिगा

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । आइतबार लिगको दोस्रो स्थानमा रहेको बायर लेभरकुसन बराबरीमा रोकिएसँगै बायर्न लिग च्याम्पियन बनेको हो । फ्राइबर्गको मैदानमा लेभरकुसन २-२ को बराबरीमा रोकिएपछि बायर्नको उपाधि पक्का भयो । लेभरकुसनको ३२ खेलमा ६८ अंक छ । बायर्नको ३२ खेलमा ७६ अंक रहेको छ । शनिबारको खेलमा बायर्न […]

May 5, 2025

रियलको जितमा एम्बाप्पेको २ गोल

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेको आइतवार खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ३-२ ले हराएको छ। यो जितपछि ला लिगा शीर्ष टोली बार्सिलोनाले दूरी ४ अंकमा झारेको छ। रियलको ७५ अंक पुगेको छ। अब आइतवार ‘एल क्लासिको’ खेल हुनेछ। कार्लो एन्सेलोटीको टोलीले ३३औं मिनेटमा अग्रता लिएको थियो । जब सर्ट कर्नरपछि बल अरडा गुलरलाई […]

Success

Thank you for your time.