May 8, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत धर्मशालामा भइरहेको दिल्ली क्यापिटल्स र पन्जाब सुपर किङ्सबीचको खेल रद्द भएको छ । प्राविधिक समस्याका कारण मैदानको फ्लडलाइट चल्न नसक्दा खेल रद्द गर्नुपरेको भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले जनाएको हो । १० ओभर १ बल को खेल सकिएपछि फ्लड लाइटको पावर सप्लाई नहुँदा मात्र एउटा फ्लड लाइट मात्र […]
May 8, 2025
रविन्द्र वाईबा, हेटौंडा एपिएफले मकवानपुर महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा बिहीवार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३-१ ले हराउँदै एपिएफले उपाधि हात पारेको हो । निर्धारित खेल समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । दुवै टोलीले गोल गर्ने अवसरहरु पाएपनी गोल भने गर्न सकेनन् […]
May 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २० औं साधारण सभाले निरन्जन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । आज भएको चुनावी साधारण सभामा अध्यक्षको पदमाअधिकारीले प्रकाश तिमिल्सिनालाई पराजित गरे । महासचिवमा अन्जन खड्का निर्वाचित भए । उनले राजु घिसिङलाई हराए । अनिल मल्ल ठकुरी सचिव बने । उनले गोबिन्द […]
May 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले शुक्रवार महिला टि ट्वान्टी विश्वकप २०२६ को छनोट स्वरुप हुने एसिया छनोटको प्रतियोगिता खेल्दैछ । थाइल्यान्डमा हुने एसिया छनोटमा नेपालका अलावा आयोजक थाइलयान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईको सहभागिता रहेको छ । नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा […]
May 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै आर्मीले ७५ हजार रुपैयाँ प्राप्त गर्यो ललितपुरस्थित च्यासल फुटबल मैदानमा बुधबार सम्पन्न फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई २–० ले हराउँदै उपाधि उचालेको हो । आर्मीको जितमा राजेन्द्र कार्की र अम्बरबहादुर गुरुङले गोल गरे । दुवै हाफमा समान एक […]
May 8, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी )ले आर्सनललाई २-१ ले हराउँदै युइएफले च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ । पेरिसको पार्क दे प्रिन्स रंगशालामा भएको खेलमा जित निकालेपछि समग्रमा ३–१ को अग्रतासहित पिएसजी अघि बढेको छ । खेलको पहिलो हाफमा पिएसजीका मिडफिल्डका फाबियान रूइजले एक जबरजस्त भली प्रहारमार्फत गोल गर्दै अग्रता दिलाए । त्यो […]
May 7, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्स लिगको पुछारमा रहेको चेन्नई सुपर किङ्ससँग पराजित भएको छ। चेन्नईले २ बल अगाडि २ विकेटको जित दर्ज गर्यो। यो हारमा कोलकाताको प्ले अफ संभावना अब गणितीय आधारमा मात्र बाकी रहेको छ। जितको लागि १ सय ८० रनको चुनौती चेन्नईले १९.४ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा […]
May 7, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई जितको लागि १ सय ८० रनको चुनौती दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । कप्तान अजिन्क्या रहानेले सर्वाधिक ४८ रन जोडे । ३३ बल खेल्दै ४ चौका र २ […]
May 7, 2025
रविन्द्र वाईबा, हेटौंडा मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदैछ । दुई टोली १३ दिनमा तेस्रो पटक फाइनल खल्दैछन् । वैशाख १२ गते लुम्बिनी कप र वैशाख २० गते बागमती मुख्यमन्त्री कपको फाइनलमा खेलेका थिए । दुवै फाइनलमा एपिएफ विजयी भएको थियो । प्रतियोगिताको फाइनलमा पुगेका दुई […]
May 7, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सहिद स्मारक बी डिभिजन लिगमा झापा एफसी जित हात पार्न सफल भएको छ। झापाले बाँसबारी क्लबलाई २-० ले हरायो। एन्फा कम्प्लेक्समा आज भएको खेलको सुरुवातमा नै झापाले अग्रता बनायो। नवौं मिनेटमा शेर बहादुर धिमालले गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। बाँसबारी दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन्। खेलको ९० […]