default_image

May 3, 2025

पुलिसलाई उपाधि, दुई पटकको विजेता आर्मी पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। यसअघि लगातार दुई पटकको विजेता त्रिभुवन आर्मी क्लबलाई शनिवार २४ रनले पराजित गर्दै पुलिस पहिलो पटक च्याम्पियन बनेको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा जितको लागि २ सय ४० रनको लक्ष्य पछ्याएको आर्मी ४८ ओभरमा […]

May 3, 2025

पुछारमा रहेको चेन्नईलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरू (आरसिबी) ले चेन्नई सुपर किङ्सलाई जितका लागि २ सय १४ रनको चुनौती दिएको छ। टस जितेर चेन्नईले फिल्डिङ रोजेको थियो। आरसिबीले पहिले ब्याटिङ २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १३ रन बनाएको छ। सुरुवात राम्रो गरेको आरसिबीले पहिलो पावर प्ले‌मा ७२ रन जोड्यो। जाकोब बेथेल […]

May 3, 2025

एपिएफलाई बागमती मुख्यमन्त्री फुटबल उपाधि

बट्टार /नुवाकोट (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै एपिएफले लगातार दोस्रो साता उपाधि जितेको हो। गत साता नेपालगन्जमा भएको लुम्बिनी कपको फाइनलमा पनि एपिएफले पुलिसलाई‌ हराएको थियो। बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको फुटबल मैदानमा भएको खेलको […]

May 3, 2025

दोस्रो चरणमा २५ खेलाडी, कुशल र देव अटाएनन्

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको दि कोर क्याम्पको दोस्रो चरणका लागि २५ खेलाडीको नाम सार्वजनिक गरिएको छ। नेपाली टोलीमा निरन्तर रहँदै आएका कुशल मल्लले यस पटक अन्तिम २५ मा स्थान बनाउन सकेनन्। यस्तै देव खानल पनि दोस्रो चरणमा परेनन्। रोहित पौडेलको कप्तानीमा नेपाली टोली रहनेछ। दि कोर क्याम्पमा ४ टोली […]

May 3, 2025

चेन्नईले टस जित्यो

एजेन्सी – चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। रोयल च्यालेन्जर्स बैंगलुरु‌ (आरसिबी) सँगको खेलमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर फिल्डिङ रोजेका छन्। १० खेलमा १४ अंकसहित आरसिबी तालिकाको तेस्रो स्थानमा छ । पुछारमा रहेको चेन्नईको ४ अंक छ।

May 3, 2025

ममताको ५ गोल‌मा संकटाको सहज जित

रविन्द्र वाईबा, हेटौंडा संकटा क्लबले मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा सहज जित निकालेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा शनिवार भएको खेलमा सिमराको नवजनजागृती युवा क्लबलाई ६-१ गोलले हराउँदै संकटाले सेमिफाइनलको यात्रा तय गरेको छ। संकटालाई जित दिलाउन ममता पुन मगरले उत्कृष्ट प्रदर्शन गरिन् । उनले व्यक्तिगत ५ गोल गरिन् । उनले खेलको पहिलो […]

May 3, 2025

गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ)पोखरामा जारी प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा गण्डकी प्रदेशलाई रोमान्चक खेलमा ३-२ को सेटमा पराजित गर्दै एपिएफले अन्तिम चारमा पुगेको हो। पहिलो सेट १९-२५ ले गुमाएको एपिएफले दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो […]

May 3, 2025

आरभ र स्वस्तिकालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- आरभ सम्राट हाडा र स्वस्तिका विष्टले ११ औं संस्करणको सिटिजन्स बैंक टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष सिंग्लसतर्फ आज भएको फाइनलमा निशान श्रेष्ठलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे। आरभको समग्रमा यो तेश्रो सिनियर सिंगल्स उपाधि हो । यसअघि उनले गणेशमान सिंह टेनिस र माछापुच्छ्रे टेनिसको उपाधि जितेका थिए […]

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

Success

Thank you for your time.