default_image

January 2, 2018

एनओसीको दोहोरो अस्तित्व यथावत रहने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को दोहोरो अस्तित्व यथावत कायम रहने देखिएको छ । सर्वोच्च अदालतले पछिल्लो पटक जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीले दायर गरेको मुद्दा मंगलबार खारेज गरेपछि दोहोरो अस्थित्व यथावत रहने भएको हो । महानगरिय प्रहरी परिसर जावलाखेल लगायत १२ जनालाई विपक्षी […]

hazard chelsea

January 2, 2018

हजार्डको लक्ष्य रियल म्याड्रिड

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडसँग सम्झौताको आशा गर्दै चेल्सीका मिडफिल्डर इडेन हजार्डले चेल्सीको नँया प्रस्ताव अस्वीकार गरेको खुलासा बेल्जियमको पत्रिका ‘ले सोयरु’ले गरेको छ । ले सोयरसँगको अन्तर्वार्तामा हजार्डले रियलसँग सम्झौता गर्ने अपेक्षा सहित चेल्सीको नयाँ प्रस्ताव अस्वीकार गरेको उनको पिताले बताएका छन् । इङ्लिस पत्रिका ‘द सन’ का अनुसार हजार्डले चेल्सीको ३ लाख पाउन्ड […]

January 2, 2018

आयोजक त्रिवेणी र बेसीशहर उपाधिका लागि भिड्ने

लमजुङ/बेशीशहर (हाम्रो खेलकुद)– आयोजक त्रिवणी युवा क्लब र बेसीशहर युथ सोसाइटी लमजुङ २६ औं खुला राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । फाइनलमा पुग्ने दुवै टोली सडन डेथमा विजयी भएका थिए । बेसीशहर सहजीस्थित खेल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणीले सुन्दरबजारलाई सडनडेथमा ७–६ ले पराजित गर्दै उपाधि नजिक पुगेको […]

January 2, 2018

दृष्टिविहीन विश्वकपका लागि नेपाली टोली पाकिस्तान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – दृष्टिविहीन एक दिवसीय विश्वकप क्रिकेटमा सहभागिता जनाउन नेपाली दृष्टिविहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ । तस्बिरहरु : विवेक सुवेदी/ हाम्रो खेलकुद नेपाली दृष्टिविहीन क्रिकेट टोलीलाई खेलुकद राज्यमन्त्री तेजुलाल चौधरीले मंगलबार एक कार्यक्रमका बीच विदाई गरे । नेपाली टिमलाई विदाई गर्दै खेलकुद राज्यमन्त्री चौधरीले टोलीले प्रतियोगितामा उच्च प्रदर्शन गर्दै आफ्नो देशको […]

January 2, 2018

गोल्डेनगेट भेट्रान बास्केटबल बुधबार

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट कलेजको आयोजनामा गोल्डेनगेट भेट्रान बास्केटबल च्याम्पियनसिप बुधबारबाट सुरु हुने भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप हुने जानकारी गराएको हो । प्रतियोगितामा खेलाडीको उमेर ३५ वर्षसम्मको तोकिएको छ । सो च्याम्पियनसिप बुधबारबाट शनिबारसम्म हुनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ […]

January 2, 2018

महिला फुटबलमा पुलिस र मध्यमाञ्चल विजयी

काठमाडौं (हाम्रा खेलकुद) – राखेप च्याम्पियनसिप अन्र्तगतको १६ औं महिला राष्ट्रिय फुटबल फुटबल विभागीय नेपाल पुलिस क्लब र मध्यमाञ्चल विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको पहिलो खेलमा पुलिसले सुदूरपश्चिमाथि २–१ को कठिन जित निकालेको हो । लिगमा पुलिसको यो लगातार दोस्रो जित हो । प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले एक गोलले […]

January 2, 2018

ढोरपाटन भलिबललाई रेडबुलको मुख्य प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन स्पोर्टस क्लबले हरेक वर्ष आयोजना गर्ने महिला भलिबल प्रतियोगितालाई गोर्खा ब्रुअरी अन्र्तगतको रेडबुलले मुख्य प्रायोजन गरेको छ । ढोरपाटन र रेडबुलबीच मंगलबार मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर भएको छ । क्लबका अध्यक्ष मनवीर छन्त्याल र गोर्खा ब्रुअरीका मार्केटिङ म्यानेजर इन्द्र रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता तीन वर्षको रहेको छ […]

January 2, 2018

म्यानचेस्टर सिटी आज वाटफोर्डसँग भिड्दै

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज वाटफोर्डसँग भिड्दै छ । सिटीको घरेलु मैदान एटिहाडमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.४५ बजे सुरु हुने छ । १८ खेल लगातार जितेको म्यानचेस्टर सिटीले पछिल्लो खेल क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै सिजनमा राम्रो सुरुवात गरेको वाटफोर्ड अहिले खराब लयमा […]

January 2, 2018

बुफोनको उत्कृष्ट ५ स्ट्राइकरमा मेस्सी परेनन्

रोम (एजेन्सी)– इटालियन गोलकिपर जियालुइजी बुफोनले आफुले सामाना गरेका शीर्ष ५ स्ट्राइकरमा बार्सिलोनाका महान्न खेलाडी लियोन मेस्सीको नाम लिएनन् । तर, युभेन्ट्सका सुपरस्टार बुफोनले शीर्ष ५ मा टोटेनह्यामका स्ट्राइकर ह्यारी केनको नाम भने लिएका छन् । केनका बारेमा बोल्दै बुफोनले भने, ‘केन अहिले युरोपको उत्कृष्ट स्ट्राइकर हुन् । यसमा कुनै प्रश्न छैन । एउटा खेलाडीका […]

January 2, 2018

नेयमारलाई ‘साम्बा गोल्ड’ अवार्ड

रियो दी जेनेरियो (एजेन्सी) – फुटबल समर्थक , जर्नलिस्ट र पूर्व खेलाडीको मिश्रण रहेको मतका आधारमा नेयमारले २०१७ साम्बा अवार्ड जितेका छन् । यो अवार्ड यूरोपमा खेल्ने ब्राजिलियन खेलाडीहरुले पाउने अवार्ड हो । नेयमारको यो तेस्रो उपाधि हो । लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्होलाई पछि पार्दै नेयमारले यस उपाधि हात पारेका हुन् । कुल भोटको औशतमा नेयमारले २७.७१ प्रतिशत मत पाएका […]

Success

Thank you for your time.