default_image

January 4, 2018

रोहित पुनः पर्सिजा जाकार्तामा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) — नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्ड रोहित चन्द पुनःले इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तासँगमा आबद्ध भएका छन् । एक वर्ष (सन् २०१८) का लागि रोहित र क्लबबीच आज मात्र सम्झौता भएको उनका दाजु रोविनले जानकारी दिएका छन् । सौम्झौताका लागि रोहित यहि साता इन्डोनेसिया पुगेका थिए । चोटमुक्त भएर लामो समयपछि गत वर्ष […]

January 4, 2018

दृष्टिविहिन क्रिकेटका लागि सहयोग जुटाउदै क्रिकेट समर्थकहरु

काठमाडौँ (हाम्रोखेलकुद)- दृष्टिविहिन एक दिवसिय विश्वकप क्रिकेटमा भाग लिन लाहोरतर्फ बसमा हिडेको नेपाली टोलीलाई प्रतियोगिताबाट फर्कदा बसमा हैन हवाईजहाजमा फर्काउन पर्छ भन्ने मूल नारा सहित नेपाली क्रिकेट समर्थक समाज आर्थिक सहयोग जुटाउन लागि परेको छ। १५ दिनमा २ लाख उठाउने लक्ष्य सहित सुरु गरिएको अभियानमा हिजै मात्र दुइ लाखको हाराहारीमा सहयोगको प्रतिबद्दता आइसकेको समाजका अध्यक्ष भानु सिग्देलले जानकारी […]

Costa

January 4, 2018

एथ्लेटिको फर्किएको पहिलो खेलमा कोस्टाको गोल

म्याड्रिड (एजेन्सी) – चेल्सीबाट एथ्लेटिको म्याड्रिडमा पुन: फर्किएका स्पेनिस स्ट्राइकर डिएगो कोस्टाले पहिलो खेलमा गोल गरेका छन् । चेल्सीले समर विन्डोमा उनलाई बेचे पनि जनवरीको ट्रान्सफर बजार नखुल्दा सम्म उनले स्पेनिस क्लबसँग खेल्न नपाउने थिए ।   एथेलेटिकोबाट पहिलो खेलमा मैदान प्रवेश गरेको ५ मिनेटमा उनले गोल गरेका हुन् । कोपा डेल रेमा लेइडा एस्पोर्ट्युविरुद्दको खेलमा बेञ्चबाट […]

January 4, 2018

रोमाञ्चक खेलमा आर्सनल र चेल्सी रोकिए

लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत साविक विजेता चेल्सी र आर्सनल २-२ को बराबरीमा रोकिएका छन् । खेलको इन्जुरी समयमा आर्सनलले गोल गर्दै १ अंक सुनिश्चित गरेको थियो । पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा दुवै टोलीबाट दुई-दुई गोल भयो । आर्सनलका ज्याक विल्सेरले खेलको ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए […]

January 4, 2018

बार्सिलोनाका डेम्बेले पुनरागमनको तयारीमा

बार्सिलोना(एजेन्सी)– चोटबाट पूर्ण ठिक भएपछि बार्सिलोनाका स्टार उसमाने डेम्बेले अबको खेलमा मैदानमा उत्रने सम्भावना छ । बार्सिलोनाले कोपा डेल रेमा सेल्टा भिगोको सामना गर्ने अनुमान गरिएको छ । बार्सिलोनाले यो सिजनको क्लबको कीर्तिमानी रकममा १ सय ५ मिलियन युरोमा बोरुसिया डर्टमन्डबाट किनेको थियो । युवा स्टारलाई नेयमारको विकल्पको रुपमा भित्राइएको थियो । नेयमार यहि सिजनको […]

January 3, 2018

रेल सेवा रद्द भएपछि नेपाली टोली बस यात्रामा

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोरखपुरबाट अमृतसर जाने रेल सेवा अबरुद्ध भएपछि पाकिस्तानमा आयोजना हुने दृष्टिविहिन एक दिवसिय विश्व कप क्रिकेटमा भाग लिन हिडेको नेपाली टोली गोरखपुरबाट बसमा यात्रा गर्ने भएको छ । भारतीय समय अनुसार आज साँझ ७ः२० बजे गोरखपुरबाट अमृतसर जाने रेल अबरुद्ध भएसँगै केहि घन्टा नेपाली टोली अन्यौलमा परेको थियो । २२ […]

January 3, 2018

पोखरामा ह्यान्ड बल सुरु, आर्मीको दोहोरो जित

पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्र्तगत राष्ट्रिय ह्याण्डबल प्रतियोगिता पोखरामा आज सुरु भएको छ । पोखरा रंगशालामा भएको १८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम पश्चिमाञ्चलले विजयी सुरुवात गरेको छ । पश्चिमाञ्चलले विभागिय टोली नेपाल एपिएफलाई ३०–२२ गोल अन्तरले पराजित गरेको हो । खेलको दुई मिनेटमै एपिएफका गोल रक्षक राम बाबु यादयले […]

January 3, 2018

नेपाली दृष्टिविहिन क्रिकेट टोली गोरखपुरमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोरखपुरबाट अमृतसहर जाने रेल सेवा अबरुद्ध भएपछि पाकिस्तानमा आयोजना हुने दृष्टिविहिन एक दिवसिय विश्व कप क्रिकेटमा भाग लिन हिडेको नेपाली टोली गोरखपुरमै रोखिएको छ । भारतीय समय अनुसार आज साँझ ७ः२० बजे गोरखपुरबाट अमृतसहर जाने रेल अबरुद्ध भएको टोलीसँगै रहेका खेलकुद पत्रकार अनिल मल्ल ठकुरीले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् […]

January 3, 2018

पूर्व प्रशिक्षक थापाले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीन महिना पछि हुने एन्फाको निर्वाचनका लागि थापाले उम्मेदवारी घोषणा गरेका हुन् । आसन्न निर्वाचनका लागि औपचारिक कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन् । अहिल एन्फाको जिल्ला संघहरुको […]

January 3, 2018

बार्सिलोनाका टुरान इङ्लिस् क्लब जान सक्ने सम्भावना

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका ३० वर्षीय मिडफिल्डर आर्डा टुरान यो जनवरी ट्रान्सफरमा बार्सिलोना छाड्ने संकेत देखिएको छ । २०१५ मा एथेलेटिको म्याड्रिडबाट बार्सिलोनासँग आबद्ध भएयता आफुलाई प्रमाणित गर्न असफल टर्कीस मिडफिल्डर नियमित फुटबलको खोजीमा इङ्लिस् प्रिमियर लिगमा आबद्ध हुने सम्भाना रहेको छ । बार्सिलोनाबाट लिगामा ३५ खेल मात्र खेलेका टुरानले यो सिजनमा कुनै पनि खेल खेलेका छैनन् । काटालान पत्रिका […]

Success

Thank you for your time.